सिल्पा तामाङ (मोडल)

silpa tamangडेढ वर्षदेखि मोडलिङमा रमाउँदै आउनुभएकी शिल्पा तामाङले तामाङ चलचित्र ताङ्जिम बोर्जी मा शीर्ष भूमिका निर्वाह गर्नुभएको छ ।  शिल्पाले खाले रुम्बा..., आधा तोला..., सेम्झी म्हेन्दो... लगायत एक दर्जन तामाङ गीत र मेलिना राईको आँसु पुछ्ने रुमाल होइन... लगायत केही गीतमा मोडलिङ गर्नुभएको छ ।  नुवाकोट जिल्ला काउले–४ की शिल्पाको सानैदेखिको रुचि हो, नाच्नु ।  ऐंसेलु माविबाट एसएलसी उत्तीर्णपछि अध्ययनका लागि राजधानी आउनुभएकी शिल्पाले मानविकी विषयमा स्नातक गर्नुभएको छ ।  मिस तामाङ २०१६ मा तृतीय उपविजेता बनेपछि मोडलिङमा बढी सक्रीय हुनुहुन्छ ।  
उहाँ मोर्डन र ब्याले नृत्यमा विशेष रुचि राख्नुहुन्छ ।  भ्रमण, अध्ययन र सायरी लेखनमा रुचि राख्नुहुने शिल्पा समाजिक सञ्जाल फेसबुकको सक्रियताबारे भन्नुहुन्छ–“सेल्फी र स्टाटस पोस्ट गर्न मन लाग्छ ।  देखे, भोगेका विषयलाई पोस्ट गरिहाल्छु । ” मोडलिङलाई सौखको रूपमा लिनुभएकी शिल्पाको रुचि चलचित्रमा पनि छ, राम्रो प्रोजेक्ट पाएमा ।  भन्नुहुन्छ– “रुचि त छ तर राम्रो कथा र निर्माता भेटेमा । ”

मोडल : शिल्पा तामाङ
फोटोग्राफर : रमेश क्षेत्री
स्टुडियो : CS5 महाराजगञ्ज

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना