हवाई यातायात र कालोसूचीको प्रसङ्ग

 ninamनिनाम लोवात्ती कुलुङ



 

 हवाई यातायात विश्वका कुनै पनि देशमा विदेशी पर्यटक आगमनका साथै आन्तरिक यात्राका लागि छिटो र छरितो यात्राको एउटा प्रमुख माध्यम भएको छ ।  त्यसमा पनि नेपाल जस्तो भू–परिवेष्ठित र सडक यातायातको सञ्जाल व्यापक नभइसकेको देशका लागि त हवाई यातायात बरदान नै सावित भएको छ ।  भलै सर्वसाधारण नागरिकका लागि हवाई यातायात सर्वसुलभ छैन ।  त्यस्तै नेपाल आउने विदेशी पर्यटकका लागि पनि हवाई यातायात प्रमुख साधन÷माध्यम भएको देखिन्छ ।  किनभने हरेक वर्ष नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी हवाई मार्ग (हवाई यातायातको प्रयोग गरेर) भएर आएको तथ्याङ्क छ ।  अझ केही वर्ष अघिसम्म त यो तथ्याङ्क अरू बढी थियो ।  त्यसो त नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटक भौगेलिक दूरीकै कारणले हवाई मार्ग भएर आउने गरेका छन् ।  कतिसम्म भने दुई विशाल छिमेकी चीन र भारतका पर्यटकसमेत उल्लेख्य सङ्ख्यामा हवाई मार्ग भएर नेपाल आउने गरेको देखिन्छ ।  
 हाम्रो देशमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ ।  त्यही एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि खासमा अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छैन ।  विदेशबाट आउने ठुल्ठूला विमानहरूको भार क्षमता थेग्न सक्दैन भने हालसम्म एकैपटक दोहोरो रूपमा विमान आवतजावत गर्न पनि सक्दैन ।  त्यसमाथि नेपालमा गरिने आन्तरिक उडानका स–साना विमानले पनि एउटै धावनमार्ग र ‘ट्याक्सी वे’ प्रयोग गर्ने गर्छन् तापनि हालसम्म अर्को विकल्प नभएकोले ‘अड्को पड्को तेलको धूप’ भनेझैँ जसोतसो काम चलेकै छ ।  
एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अनेकौँ समस्याबीच पनि हामीले वर्षमा १० लाख विदेशी पर्यटक भिœयाउने सपना देख्न भने छाडेका छैनौँ ! भलै कथंकदाचित सानो÷ठूलो जहाज प्राविधिक कारणले धावनमार्गको बीचमा अड्के÷रहेमा हटाउने हाम्रो आफ्नै ल्याकत र प्राविधिक सरसमान समेत हालसम्म उपलब्ध छैन ।  वि.सं. २०७२ फागुन २० गते टर्कीको राजधानी इस्तानबुलबाट आएको टर्किस विमान सेवाको टिके ७२६ एयरबस ३३० धावनमार्ग (रन वे) मा जोतिन पुग्दा चार दिनसम्म नेपाल आउने र नेपालबाट बाहिर जाने अन्य विदेशी हवाई जहाज समेतको उडान रोकिन पुग्यो भने अन्तमा उक्त जहाज हटाउन भारतीय सेना र भारतीय प्रविधि मगाउनुपरेको थियो ।  त्यस्तै हालै छिमेकी देश भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको क्रममा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगभग एकघण्टा बन्द गर्नुप¥यो ।  ठूला विमान बस्न सक्ने अन्य वैकल्पिक विमानस्थल नहँुदा थाई एयरवेजको जहाज आकाशमै चक्कर लगायो भने अरू विमानहरू आगमन हुने देशबाटै ढिला उडे ।
नेपालमा विदेशी पर्यटकको आगमन बढाउन अन्तर्राष्ट्रिय स्तरकोे विमानस्थल पहिलो र आवश्यक सर्त हो ।  हालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि विस्तार र स्तरोन्नतिको काम पनि ठेकेदारसँगको विवाद, ढिलासुस्ती नगरेको भए सन् २०१६ (चालू वर्ष) मा सकिने थियो ।  सन् २०१८ सम्ममा सक्ने लक्ष्यका साथ त्यही कम्पनीसँग सम्बन्धित पक्षले सम्झौता गर्दा फेरि पनि उक्त कम्पनी (स्पेनिस कम्पनी सान जोसे) ले फेरि पनि निहुँ खोजिरहेको भन्ने समाचार आएको थियो ।  
भैरहवा र पोखरामा पनि अन्तर्राष्ट्रिय स्तरका क्षेत्रीय विमानस्थलहरू बन्ने क्रममा छन् ।  जुन पहिले नै निर्मित क्षेत्रीय स्तरका विमानस्थलहरू हुन् भने निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल भने पूरै नयाँ जगमा बन्ने हो ।  त्यसो त भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै आकस्मिक रूपमा अन्तर्राष्ट्रिय विमानलाई अवतरण गर्न सकिन्छ भन्ने समाचार आएको छ भने सकेसम्म सन् २०१८ मा सक्ने गरी निर्माण कार्य भइरहेको छ ।
पोखराको क्षेत्रीय विमानस्थल पनि सन् २०१८ मा सक्ने योजनासहित वि.सं. २०७२ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीद्वारा उद्घाटन भएको भए पनि निर्माण कार्य भने सुस्त नै देखिन्छ ।  उता निजगढमा बन्ने भनिएको एक मात्र अन्तर्राष्ट्रिय स्तरको र सुविधा सम्पन्न विमानस्लथ कहिले सुरु हुने हो ? केही अत्तोपत्तो छैन ।  जे होस्, माथि उल्लेखित तीन वटै विमानस्थल निर्माण सम्पन्न भएपछि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदाका समस्या व्योहोर्न पर्नेछैन र बर्सेनि ३०÷३५ लाख पर्यटक भिœयाउन कुनै आइतबार पर्खनु पर्दैन ।  
केही समयअघि आएको समाचारअनुसार ‘युरोपियन उड्डयन आयोग’ ले अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन
(आईकाओ) ले केही महिनाअघि नेपालको हवाई क्षेत्र
(आकाश) को बारेमा प्रकाशित खराब प्रतिवेदनको हवाला दिँदै नेपालको हवाई क्षेत्रमा अझै पनि जोखिम कायमै रहेको भनी नेपाललाई कालोसूची (ब्लाक लिस्ट) मा राखेको बतााएको छ ।  हुन त युरोपियन युनियन मातहतमा रहेको ‘युरोपियन उड्डयन आयोग’ ले सन् २०१३ देखि नै नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भनी आ–आफ्नो देश सम्बद्ध नागरिकहरूलाई नेपालको हवाई यातायात (खासगरी आन्तरिक उडानको स–साना हवाई जहाज नचढ्न) प्रयोग नगर्न आग्रह गरेको थियो÷गर्ने गरेको छ ।  त्यस्तै नेपालको एक मात्र वायु सेवा निगम ‘नेपाल वायु सेवा निगम’ (नेवानि) को जहाजलाई पनि युरोपियन आकाशमा उड्न नदिने चेतावनी दिएको थियो ।  वास्तवमा यो (कालोसूचीको) विषयमा नेपाल सरकार लगायत सरोकारवाला निकायले ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भनेर बेवास्ता गर्नेभन्दा पनि दीर्घकालीन समाधन के हो ? त्यतातिर ध्यान दिनुपर्ने देखिन्छ ।  
हुन पनि नेपाल वायु सेवा निगम (नेवानि) को जहाजमा घरिघरि अनेक खाले समस्या आएको देखिन्छ ।  कहिले चक्कामा, कहिले पखेँटामा, कहिले इन्जिनमा, कहिले नोजमा, कहिले कहाँ कहिले कहाँ ? थोरै विमान हुनु र यस्ता समस्या दोहोरिइरहनुले पनि निगमबाट उपलब्ध हवाई सेवा भरपर्दो र विश्वासिलो हुन नसकेको अवस्था छ ।  यो अवस्थाको अन्त्यका र सेवा विस्तारका लागि पनि हालै देशका पर्यटनमन्त्री र अर्थमन्त्री बसेर नेपाल वायु सेवा निगमले किन्न चाहेको दुई ठूला जहाजका लागि चाहिने २५ अर्ब रुपियाँका लागि अर्थ मन्त्रालय जमानी बस्ने समझदारी भएको र नेपाल वायु सेवा निगमलाई दुई ठूला जहाजका किन्नका लागि चाहिने २५ अर्ब रुपियाँ कर्मचारी सञ्चय कोषले ऋण दिने भनिएको समाचार सबै नेपालीका लागि खुसीको कुरो हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना