उन्नतिको पथमा चीनको चमत्कार

shyam krishna bistaप्रा. श्यामकृष्ण विष्ट

आफ्नै छुट्टै विशेषता भएका मुलुकमध्ये जनवादी गणतन्त्र चीन पनि एक हो ।  यहाँका मानिस ज्यादै नै सहयोगी मिलनसार छन् ।  यहाँ धर्मको नाममा कुनै मतभेद छैन ।  यहाँ भगवान् मान्ने चलन छैन र काममा विश्वास गर्छन् ।  मेसिनलाई नै भगवान् मानिन्छ र कर्ममा नै विश्वास गरिन्छ ।  यहाँ धार्मिक हिसाबले ८० प्रतिशत जनता बौद्धमार्गी र २० प्रतिशतभित्र तावोष्ट, फन्फुसियन, क्रिश्चियन, मुस्लिम र यथेष्ट धर्म मान्ने मानिस मिलेर बसोबास गर्छन् ।  सन् २०१३ को जनगणनाअनुसार, चीनको जनसङ्ख्या एक अर्ब ३३ करोड ९६ लाख २४ हजार ८५२ छ ।  चीन विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक हो ।  हालको कुल गार्हस्थ उत्पादन ६८०७.४३ रहेको छ ।
चीनसँग सीमा जोडिएका मुलुकमा नेपाल, भारत, भुटान, म्यानमार, लावोस, दक्षिणतर्फका देश हुन् भने पश्चिमतर्फ भियतनाम, ताजकिस्तान, काजकिस्तान र किर्कीस्तान पर्छन् ।  त्यसैगरी, रसिया र मङ्गोलिया उत्तरतर्फ पर्छन् भने उत्तर कोरिया पूर्वमा छ ।  चीनको सभ्यता झण्डै पाँच हजार वर्ष पुरानो छ ।  इतिहासका अनुसार प्राचीन चीनमा  शिया वंश यहाँको पहिलो वंशको रूपमा पाइन्छ ।  चीनलाई विश्वकै उच्चस्तरीय मानव सभ्यताको केन्द्र मानिन्छ ।  
चीनमा बालकको शारीरिक र मानसिक विकास गर्ने सन्तुलित किसिमको शिक्षा प्रणाली त्यतिबेलाका प्रसिद्ध चाउवेशबाट सुरु भएको हो ।  त्यतिबेला नै विद्यालय र महाविद्यालय खोलिएका थिए ।  यो समय भनेको ४४९ बि.सी. तिर पर्छ ।  विद्यालय र महाविद्यालयमा शारीरिक, शिक्षालाई जोड दिएको पाइन्छ ।  चीनको इतिहासमा चाउवेशको पतनपश्चात् ताङवंशको उदय भएको थियो ।  लगभग इ.सं. ६१८–९०७ सम्म उनले शासन गरेको पाइन्छ ।  त्यतिबेला नै आराम र रक्षाका लागि मार्सल आर्टको विकास भएको थियो ।  हान वंशले शासन गरेको समयमा नै कागजको आविष्कार भयो ।  त्यसै समयमा सम्पूर्ण सामानको आयत निर्यात गर्दै पश्चिमतर्फको सिल्क रोडको माध्यमबाट सामान ल्याउने लैजाने काम हान वंशको पालामा सुरु भएको हो ।  
साउथ इस्ट नानचिङ विश्वविद्यालयका एकजना प्राध्यापकका अनुसार, चीनमा हाल विश्वविद्यालय र कलेजको सङ्ख्या दुई हजार ८४५ (सन् २०१५ को तथ्याङ्क) छ ।  यहाँ स्नातकोत्तर र पी.एच.डी. गरी २३.९ लाख विद्यार्र्थीले अध्ययन गरेका छन् ।  यहाँको अध्यापनको मुख्य विशेषता भनेको नै प्रयोगात्मक हो ।  साउथ इस्ट नानचिङ विश्वविद्यालय चीनको अनुसन्धानको वरीयता क्रममा २० औँ विश्वविद्यालय र विश्वको ५०० औँ विश्वविद्यालयमा पर्छ ।
सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापना भएपछि चीनले आधुनिक खेलकुदमा अत्यधिक छिटो गतिमा विकास ग¥यो ।  चीनमा सम्पूर्ण तल्लो तहदेखि माथिल्लो निकायसम्म शारीरिक शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रममा समावेश छ ।  सन् २००८ मा भएको २९ औँ अन्तर्राष्ट्रिय ओलम्पिक खेलको आयोजना चीनले जिम्मा पायो त्यसबेला रोचक ढङ्गबाट खेल सुरु गरेको रहेछ ।  चीनमा ३, ६, ८ र ९ अङ्कलाई भाग्यमानी अङ्कको रूपमा र चार अङ्कलाई नराम्रो अङ्कको रूपमा लिने लिइन्छ र बाँकी अङ्क सामान्य भन्दा रहेछन् ।  त्यसैअनुसार बेइजिङको ओलम्पिक पार्कमा भएको खेलकुद उद्घाटन पनि सन् २००८, ८ महिना ८ गते, ८ बजेर ८ सेकेण्डमा सुरु गरिएको रहेछ ।  त्यतिबेला वेइजिङमा मुसलधारे पानी परिरहेको थियो र त्यो पानीलाई बन्द पार्न चिनियाँ वैज्ञानिक सफल भएका रहेछन् ।  विश्वमा कहीँ नभएको स्टेडियम स्टिल मात्रै प्रयोग गरी बनाइएको चराको गुढको आकारमा रहेछ ।  अहिले साँझ ६ बजेपछि ओलम्पिक पार्कमा विभिन्न रङ्गको प्रयोग गरी बत्तीहरू बल्छन् र विदेशी पाहुनाहरू आश्चर्य चकित हुन्छन् ।
सनयात्सेनले डिसेम्बर १३, १९३७ मा रिपब्लिक अफ चाइना बनाएका हु्न् ।  १७३७ समयमा जापानले एक्कासि हमला गरी नानचिङमा तीन लाख मानिसको हत्या गरिएको रहेछ ।  त्यहँ ठाउँमा विश्वको ठूलो सङ्ग्रहालय  (म्युजियम) बनेको छ ।  त्यहाँको अवलोकन गर्दा दर्दनाक स्थिति भएको अनुमान गर्न सकिन्छ ।  त्यतिबेलाको नरसंहारको चित्रण अहिले पनि जस्ताको त्यस्तैरूपमा राखिएको छ ।  मानिसहरू मर्दाको अवस्थामा जसरी रहेका थिए अहिले पनि त्यस्तै अवस्थामा राखिएको छ र त्यो सङ्ग्रहालयलाई नान्जिङमसाकार भनिन्छ ।
प्रशासकीय दृष्टिले चीनमा २२ वटा प्रान्त र ५ वटा स्वशासित क्षेत्र छन् ।  चीनका मुख्य सहरमा बेइजिङ (राजधानी), क्वाङचोक, साङ्घाइलाई लिइन्छ ।  यो विश्वको तुलनामा विकसित र धनी सहरभित्र पर्दोरहेछ ।  चीनमा ५६ वटा जाति बसोवास गर्दा गर्छन््, जसमा हान जातिको ९० प्रतिशतभन्दा बढी बाहुल्य छ ।  चीनको मुख्य चार्डपर्वमा चाइनिज नयाँ वर्ष नै हो र यो अङ्ग्रेजी पात्रोअनुसार जनवरीमा पर्छ ।  यसलाई चाइनिज भाषामा छुञ्चीय भनिन्छ ।  चीनका मुख्य सहर यस प्रकार छन् ः
नाचिङ ः
यही सहरमा विश्वको दसौँ अग्लो घर (टावर) छ ।  यसलाई ड्रम टावर भनिन्छ र यो ८९ तल्लाको छ ।  यो ऐतिहासिक ठाउँ हो र यसलाई पुरानो राजधानी मानिन्छ ।  सनयात्सेनको शव समाधिस्थ गरिएको ठाउँ भएकाले पनि यो ठाउँ प्रसिद्ध रहेछ ।  जुन ठाउँलाई चोङसान लिङ्क भनिन्छ ।  त्यस्तैगरी, अर्को ऐतिहासिक स्थानको रूपमा फुचिम्याऊ, बौद्ध मन्दिर (गुम्बा) भएको ठाउँमा मानव निर्मित विशाल ताल छ ।  यो ठाउँ प्राकृतिक हराभराले भरिपूर्ण रहेछ ।  यसको क्षेत्रफल १५ कि.मि. छ ।  यस तालभित्र सामुद्रिक जहाजहरू चल्छन् ।  नानतिङको मुटु भनेर सिन्चरकोलाई भनिँदोरहेछ ।  विश्वको तेस्रो ठूलो नदी एसियाको लामो नदी यान्चे यहीँ छ ।
साङ्घाई
उद्योग वाणिज्य र व्यापारिक दृष्टिकोणले चीनको मुख्य सहरको रूपमा यसलाई हेर्ने गरिएको छ ।  चीनको आकर्षण केन्द्रको रूपमा साङघाई सहर पर्छ ।  यहाँ विश्वका १० वटा अग्ला गगन चुम्बी टावर छन् ।  त्यसमा विश्वकै दोस्रो अग्लो १२८ तल्ला भएको टावर यहीँ छ ।  सिसाको पुलसमेत यही सहरमा छ ।  यसमा १० हजार मानिस एकै पटक आवतजावत गर्न सक्दछन् ।  यहाँ पर्यटकको घुइँचो लाग्ने हुँदा मुख्य पर्यटकीय क्षेत्रको रूपमा यसलाई लिने गरिन्छ ।  विश्वका मुख्य देशमा उत्पादन गरेका सामान साङ्घाई सहरमा पाइन्छ भने यहाँको उत्पादन हरेक सहरमा पठाइन्छ ।  त्यसमा पनि सहरको बीचमा नदी र जहाजबाट आवतजावत गर्न मिल्ने र बेलुकीपख रङ्गीचङ्गी बिजुली बत्तीको आकर्षणले साङ्घाइ सहर हेर्न लायक बन्दो रहेछ ।
बेइजिङ
यो चीनको राजधानी सहर हो ।  विश्वको साताँैं आश्चर्यमध्ये ग्रेटवाल पनि एक हो ।  चीनको ग्रेटवाल २१,१९६ कि.मि. अण्डा आकारबाट निर्माण भएको छ ।  पर्यटकीय दृष्टिकोणले बेइजिङ पुगेका प्रत्येक पर्यटक त्यहाँ जाने र चीनभित्र नै बसोबास गर्ने मानिसहरू हेर्न र ग्रेटवाल चढेर मज्जा मान्ने हुँदा यहाँ मानिसहरूको घुइँचो लाग्छ ।  चन्द्रमाबाट सिधै ग्रेटवाल देख्न सकिन्छ भनिन्छ ।  ठाउँठाउँमा फोटो खिच्ने व्यावसायिक मानिसहरू प्रशस्त बस्छन् भने व्यक्तिगतरूपमा फोटो खिच्नेले भीडभाड हुने गर्छ ।  बेइजिङमा हेर्न लायक ठाउँमा विश्व पार्क, थानानमन, स्वक्यार ओलम्पिक पार्क यही भित्र छन् ।  
चिनियाँहरू ज्यादै इमानदार, कर्तव्यनिष्ठ र विदेशी पाहुनलाई राम्रो दृष्टिकोणले हेर्ने र सहयोग गर्छन् ।  यहाँ शारीरिक शिक्षामा ज्यादै महìव दिइन्छ ।  शारीरिकरूपमा तन्दुरुस्त देखिने यहाँका मानिसहरू साना आँखा, गोरो र मनमोहक लोभलाग्दा नै देखिन्छन् ।  ६५ वर्ष उमेर पुगेपछि वृद्धहरूलाई राज्यले भत्ता दिएर राख्ने रहेछ ।  ठाउँठाउँमा खेल्ने ठाउँ, मनोरञ्जनका साधनहरू राख्ने रहेछन् ।  चीनको मुख्य विशेषताभित्र सार्वजनिक शौचालयहरू पनि पर्छन् ।  यहाँ १–२ मिनेटको अन्तरालमा शौचालय पाइने, धूलोधूवाँ कुनै छैन सरसफाइले के अस्पताल, के बाटो, के सार्वजनिक स्थान सबै ठाउँमा सरसफाइको कमी छैन ।  यातायातका साधनहरू प्रशस्त मात्रामा छन् ।  सहरभरि नै मेट्रो रेल गुड्ने रहेछ २–३ रुपियाँले जहाँ पनि पुग्न सकिने रहेछ ।  धेरै टाढा जानुपर्दा बुलेट ट्रेनको व्यवस्था छ ।  जुन १ घण्टामा ३५०–४०० कि.मि. गुड्छ ।  अन्तर्राष्ट्रिय क्षेत्रमा जानका लागि हवाईमार्ग प्रशस्त छन् ।  यहाँको विशेषता सडकको दायाँबायाँ हरियाली र बीचबीचमा फूलहरूको पार्क प्रशस्त पाइन्छ ।  त्यतिमात्र नभई व्यक्तिहरूले समेत घरमा हरियाली र फूलैफूलले ढकमक्क बनाई राख्ने रहेछन् ।  सार्वजनिक सम्पत्तिलाई व्यक्तिले हानिनोक्सानी नगर्ने हुँदा रमणीय देखिन्छ ।  कानुनी राज्य चीनको मुख्य विशेषता र कानुनलाई उल्लङ्घन गरेमा कडा सजायको नीति भएकाले नै राज्य राम्ररी चलेको रहेछ ।  
चिनियाँहरू खानामा नुडल्सको प्रयोग, झोलिलो खाना, माछा मासु प्रशस्त खाने गर्छन् भने दाल भातको प्रयोग कमै मात्रा हुन्छ ।  त्यतिमात्र होइन खानामा भात मागेमा पैसा लाग्दो रहेनछ ।  चिसो पेय पदार्थ, चिया कफी र सामान्य खानाहरू हिँड्दाहिँड्दै खाने गरिन्छ ।  यहाँका मानिसहरू मोबाइल बढी चलाउने गर्दा रहेछन् ।  चीनमा एक सन्तानको नीति थियो र हाल दुई सन्तानको अवधारणा आएको छ ।  एक व्यक्ति अर्को व्यक्तिसँग खासै सम्पर्क नगर्ने, सबै कुराको बीमा गरिएको छ ।  काममा बढी विश्वास गर्ने चिनियाँ आज विश्वको अर्थतन्त्रभित्र आफूलाई अब्बल दर्जाभित्र राख्न सफल भएका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना