' कार्कीविरुद्धको महाभियोग प्रस्तावमा छलफल अब छिट्टै सकिने'

काठमाडौँ, मंसिर ११ गते । सभामुख ओनसरी घर्तीले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरुको सहमति बेगर हामीले अरु विकल्प खोज्न नहुने बताउनुभएको छ ।

onsariरुसी महासङ्घको साताव्यापी भ्रमण पूरा गरेर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “संविधान संशोधनको विषय चलिरहेको छ, दलहरुले जसरी मिलेर संविधान जारी गरे, त्यसरी नै अब आउने राष्ट्रिय मुद्दामा पनि एकै ठाउँमा उभिनुपर्छ ।”

अवश्य पनि दलहरुका बीचमा छलफल र बहस हुन्छ, भिन्नभिन्न विचारको बीचमा प्रतिस्पर्धा हुन दिनुपर्छ, तर निष्कर्ष आउने बेलामा दलहरु एक ठाउँमा उभिनुपर्छ – सभामुख घर्तीले भन्नुभयो ।

संविधान संशोधनको विषयलाई निष्कर्षमा पु¥याउने सन्दर्भमा सबै राजनीतिक दलबीचमा सहमतिभन्दा अर्काे विकल्प छैन, हुनुहुँदैन पनि – उहाँले भन्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा चलिरहेको महाभियोग प्रस्तावसम्बन्धी छलफल अब छिट्टै सकिने र त्यसको लगत्तै समितिमा पठाइने सभामुख घर्तीले बताउनुभयो ।

नेपाल र रुसी महासङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा त्यहाँको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मात्भियन्कोको मैत्रीपूर्ण निमन्त्रणामा सभामुख घर्तीको नेतृत्वमा व्यवस्थापिका–संसद्को एक प्रतिनिधिमण्डल यही मङ्सिर ४ गते त्यसतर्फ गएको थियो ।

सभामुख घर्तीले रुसमा रहँदा त्यहाँको माथिल्लो सदनका अध्यक्ष र तल्लो सदनका उपसभामुखसँग औपचारिक रुपमा भेटवार्ता गर्नुभएको थियो ।

भेटका अवसरमा दुई देशबीच रहँदै आएको राजनीतिक र आर्थिक सम्बन्धका विषयमा विचारविमर्श हुनुका साथै आगामी दिनमा आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्दै लैजाने विषयमा छलफल भएको सभामुख घर्तीले बताउनुभयो ।

सो अवसरमा सभामुख घर्तीले देशको समृद्धिका लागि नेपालको संविधान कार्यान्वयनको स्थितिमा रहेको हुँदा विदेशी लगानीका लागि राम्रो वातावरण बन्दै गएको बारे आफ्ना समकक्षीलाई जानकारी गराउनुभएको थियो ।

नेपाल र रुसबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्न दुवै मुलुकबाट उच्चस्तरको भ्रमणको आदानप्रदानको आवश्यकतामा जोड दिँदै रुसी अधिकारीहरुले संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र रुसले समान धारणा राख्दै आएको हुँदा यसले पनि सम्बन्ध विस्तारमा योगदान पुग्दै आएको बताएका थिए ।

सभामुखका साथ केही सांसद र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई हुनुहुन्थ्यो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना