आत्मनिर्भरताका लागि घरेलु उद्योग

pradipप्रदीप न्यौपाने


 

आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको भूमिका महìवपूर्ण छ ।  घरेलु उद्योगको विकासका लागि सरकार र स्वयं स्थानीय स्तरमा उद्यमीले देखाएको भूमिका निकै सकरात्मक छ ।  त्यसको योगदानले गर्दा आज आर्थिक विकासमा यस क्षेत्रले खेलेको योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा हुने गरेको छ ।  जसले नेपालले औद्योगिक विकासमा गरेको प्रगतिका साथै स्वदेशमा स्थापित उद्यमीहरूले उत्पादन गरेका उत्पादित वस्तु, सेवाको बारेमा नेपाली जनताले सहजरूपमा थाहाँ पाउने गरेका छन् ।  यतिमात्र होइन नेपाली उद्यमीले उत्पादन गरेका सामानले आन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार सहजरूपमा लिँदै आएका छन् ।  मुलुकमा सञ्चालन भएका ठूला उद्योगको विकास गर्न लघु, घरेलु तथा साना उद्यमीको भूमिकालाई अतुलनीय मान्नै पर्छ ।  उद्यमीले उत्पादन गरेका कच्चा पदार्थ वा उत्पादन गरेका सामानले ठूलो बजार लिन नसके पनि त्यस्ता सामानले ठूला उद्योग सञ्चालन गर्न महìवपूर्ण योगदान पु¥याएका छन् ।  ठूला उद्योगका लागि आवश्यक कच्चा पदार्थ साना उद्यमीले उत्पादन गरेका हुन्छन् ।  उद्योग सञ्चालन गर्नु मात्र ठूलो कुरा होइन ।  यसलाई जीवन्त गराउनु ठूलो कुरा हो ।  थोरै लगानीमा राम्रो उद्योग सञ्चालन गर्दै धेरै आम्दानी गर्न सकिने भएकाले गर्दा यस क्षेत्रको विकास हुने क्रम पछिल्लो समय बढ्दो छ ।  
हालै नेपालमा भारतले लगाएको नाकाबन्दीबाट पनि लघु, घरेलु तथा साना उद्योग सञ्चालन गर्नुपर्ने चेतना नेपालीमा बढेको छ ।  उद्योग सञ्चालन गर्दै कसरी आत्मनिर्भर तथा स्वावलम्बी बन्न सकिन्छ भन्नेतर्फ नेपाली अगाडि बढेका छन् ।  अहिले हामी आत्मनिर्भर होइन, पर निर्भर भएका छाँै ।  अब, परनिर्भर होइन आत्मनिर्भर हुनेतर्फ अगाडि बढ्नुकोे विकल्प छैन् ।  यसका लागि प्रत्येक नेपालीले घरघरमा कुटील(साना) उद्योग सञ्चालन गर्न आवश्यक छ ।  साना उद्योगको माध्यमबाट एकातर्फ राम्रो आम्दानी गर्न सकिन्छ भने अर्कोतर्फ रोजगारीको अवसर प्रयाप्त हुनेछ ।  पढ्न सकिन अब के गर्ने भनेर चिन्ता लिन पर्दैन ।  किन कि लघु, घरेलु तथा साना उद्योग सञ्चालन गर्ने हो भने आम्दानी गर्दै रोजगारी सिर्जना गर्न सकिन्छ ।  उद्योग सञ्चालन गर्न चाहने व्यक्तिलाई सरकारले नै सीपमूलक तालिम दिने र आवश्यकताअनुसार प्रविधिसमेत दिने गर्छ ।  उद्योग चलाउनेका लागि प्रविधिमा केवल चालिस प्रतिशत मात्र लगानी गरेमा प्रयाप्त हुन्छ ।  किन कि साठी प्रतिशत सरकारले नै लगानी गर्छ ।  यसले गर्दा उद्योग गर्नेलाई थप हौसला मिलेको छ ।  घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गतका जिल्लामा उद्योगको सङ्ख्या ४४ हजार ६३९ रहेका छन् ।  उद्योगमा ३० हजार ७३४ महिला र एक लाख ४१ हजार ५३२ पुरुषले रोजगारी पाएका छन् ।  लघु, घरेलु तथा साना उद्योगहरू धेरै सङ्ख्यामा रहेका कारण त्यस्ता उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा परिवारका सदस्यले पनि काम गर्दै आएका छन् ।  घरेलु उद्योगका लागि धेरै स्थान आवश्यक पर्दैन ।  यस्ता उद्योग घरको काम सकेर फुर्सदको समयमा पनि सञ्चालन गर्न सकिन्छ ।  यस्ता उद्योगमा काम गर्ने व्यक्तिले अनिवार्यरूपमा शिक्षा लिनुपर्छ भन्ने होइन तर सीप भने आवश्यक हुन्छ ।  सीप, दक्षताको आधारमा नै उद्योगलाई अगाडि बढाउदा नै यस्ता उद्योगले जीवन्तता पाउने निश्चित हुन्छ ।  घरमै बसेर तान बुन्नु, अगरबत्ती, अल्लो प्रशोधन तथा धागो कताई, अदुवा प्रशोधन, ढाका कपडा बुनाई, उनीराडी पाँखी बुनाई, रेशा हस्तकला, काष्ठ हस्तकला, अचार, झोला बुनाई, महिला ब्युटिसियन, सिलाइ कटाइ, बेकरी, माटाका भाँडा निर्माण लगायतका दर्जनाँै काम सहजरूपमा गर्न सकिन्छ ।  
अब के गर्ने भनेर चिन्ता गर्ने महिलाका लागि उद्यम गरेर आत्मनिर्भर र स्वाबलम्बी पेसा अलवम्बन गरेपछि परिवर्तन गरेका उदारण धेरै छन् ।  घरेलु कार्यालयबाट ब्युटिसियन तालिम लिएपछि व्यवसाय सञ्चालन गर्दै राम्रो आम्दानी गर्न सफल भएकोे ताप्लेजुङ सदरमुकाममा ब्युटिसियन उद्योग सञ्चालन गर्दै आएकी लिलामायाँ सुनुवारको छ ।  विगतमा आफूसँग सीप नहुँदा गाउँमा दुई हजार पनि ऋण नपाएको र घर परिवारबाटै समेत अपहेलित हुनुपर्ने अवस्थालाई सीप सिकेपछि परिवर्तन हुँदै आयआर्जन गरी जीवन नै परिवर्तन भएको उदाहरणको रूपमा हामीले लिलामायालाई लिन सक्छौँ ।  देशमा यतिबेला आत्मनिर्भर, स्वाबलम्बी कसरी हुन सकिन्छ भनेर एकातर्फ चर्चा चल्नु, अर्कोतर्फ आम्दानी गर्न विदेश नै जानुपर्छ वा ठूलो व्यवसाय नै चलाउनुपर्छ भन्ने मान्यतालाई घरेलु उद्योग चलाएका सफल महिला उद्यमीबाट पनि पाठ सिक्न आवश्यक देखिन्छ ।  सहरका ठूला घर हुन वा दुरदराजमा रहेका साना झुप्रा नै किन नहुन, जहाँ पनि उद्योग चलाएर सिकेको सीपलाई व्यवहारमा परिणत गर्ने हो भने त्यसलाई पैसामा सहज रूपमा रूपान्तरण गर्न सकिन्छ ।  अब एक पटक हामी नेपालीले रोजगारी पाइएन भनेर निराश हुँदै विदेश जानुभन्दा अगाडिसीप सिक्ने र व्यवसाय गर्ने अभियानलाई अगाडि बढाउनै पर्छ ।  सीपलाई पैसामा रूपान्तरण गर्दा एकातर्फ आम्दानी गर्न सकिने, अर्कोतर्फ आत्मनिर्भरता तर्फ देश अगाडि बढ्ने निश्चित देखिन्छ ।  
स्थानीय स्रोत साधनको प्रयोग गरी घरमै बसेर उत्पादन गर्न पाइने, सहज बिक्री वितरण र त्यसबाट हुने मनग्य आम्दानीले धेरैलाई यस क्षेत्रमा लाग्न विशेष प्रेरणा सिर्जना गर्न आवश्यक छ ।  मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको उद्योग क्षेत्रले मुलुकलाई हर क्षेत्रमा अगाडि बढाउन सघाउँदै आएको छ ।  शिक्षालाई वैज्ञानिक, बजारमुखी र रोजगारोन्मुख बनाउछ ।  हरेक क्षेत्रमा नयाँ प्रविधि अवलम्बन गर्न सहयोग पु¥याउँछ ।  उद्योगले राष्ट्रिय आवश्यकताअनुसार वस्तु तथा उत्पादन गर्ने गर्छ ।  जनतालाई दैनिक आवश्यकता पूरा गर्न ठूलो सहयोग पु¥याउने गर्छ ।  कच्चा पदार्थको उत्पादन, प्रशोधन, तयारी वस्तुको उत्पादन र वितरण प्रणालीलाई परिचालन गरी ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको छ ।  औद्योगिक विकासले गति लिएपछि हाम्रा उत्पादनहरू आन्तरिक बजारमा मात्र सीमित नरही मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न सकेमा अन्तर्राष्ट्रिय बजार पनि ओगट्न सक्छन् ।  आन्तरिक उत्पादनलाई बाह्य बजारमा बिक्री वितरण गर्न सकेमा मनग्य आम्दानीसमेत गर्न सकिन्छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना