संशोधन प्रस्ताव मधेसी मोर्चाले मान्नुपर्ने –अध्यक्ष देउवा

sher-bahadur-deubaवीरगन्ज, मङ्सिर १२ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज संसद्मा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै सभापति देउवाले नेकपा (एमाले)ले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बतउनु भयो । उहाँले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसद्मा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली काँग्रेसको धारणा रहेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली काँग्रेस सकारात्मक रहेको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना