ताेडियाे पशुपतिनाथकाे एउटा परम्परा

सरोज आचार्य

काठमाडौँ, मङ्सिर १३ गते ।  पशुपतिनाथको कन्तुरमा चढाइएको वर्ष दिनको भेटी नाथको ढुकुटीमा दाखिला गर्ने परम्परा खण्डित भएको छ । विगतमा भक्तजनले ढुकुटीमा दाखिला होस् भनी कन्तुरमा चढाइएको भेटीबाट सुन खरिद गरी बालाचतुर्दशीका दिन पशुपतिनाथ मन्दिरको पहिलो तलामा रहेको ढुकुटीमा राख्ने गरिन्थ्यो ।

pashupati satbij chhardai_bikash dware

वि.सं २०६८ चैत ६ गते भेटी परिचालनसम्बन्धी नियमावली जारी भएयता भेटी ढुकुटी दाखिला हुन छोडेको हो । लिच्छवी राजा सुपुष्प देवले सुरुमा निर्माण गरेको पशुपतिनाथ मन्दिरको यो ढुकुटीमा २०६८ सालसम्म कति सुन जम्मा भएकाे छ भन्ने अझै यकिन छैन ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार नियमावली जारी भएयता भेटी रकम कोष दाखिला हुने भएकाले हालसम्म सरदर ११ करोड रुपियाँ भेटी कोष दाखिला भएको छ । डा. टण्डनले भन्नुभयो, ‘‘हामीले भेटी मात्र कहाँ लिएका छौँ ? मन्दिरको ढुकुटीमा पनि पठाएका छौँ भनी देखाउन उहिल्यैका पुजारीले केही भेटी रकमबाट सुन किन्ने गरेको बताउँदै नियमावली जारी भएयता यो चलन हराएको जानकारी दिनुभयाे । ढुकुटी र मन्दिरको गजुर मुन्तिरको तलामा के के छ ? भन्ने पनि यकिन छैन । गजुर मुन्तिरको भागमा प्रवेश गर्ने खापा सोही तलामा छ ।’’

रङ्गरोगन गर्ने क्रममा सो तलामा युद्धमा लगाउने फलामे कवच र केही हतियारसम्म देखिएको भन्ने कुरा बाहिर आएको छ । पशुपति गुठी गोश्वारा प्रमुख खीमा ओलीले पनि भेटी ढुकुटी दाखिला परम्परा हाल नभएको जानकारी दिनुभयो, गोश्वाराले तयार गरेको मुचुल्काबाटै भेटी ढुकुटी दाखिला हुन्थ्यो ।

पशुपतिनाथको साथमा रहेको नागमणि, पशुपतिनाथको कवच, नीलमणि र एकमुखे रुद्राक्षलगायत मणिमाणिक्य बालाचर्तुदशीको भोलिपल्ट अर्थात् मङ्गलबार बिहान सर्वसाधारणको अवलोकनका लागि यहाँ प्रदर्शन गरिँदैछ । मन्दिर प्रशासन हेर्ने अधिकृत कमलबहादुर बोगटीका अनुसार प्रदर्शनपछि यी मणिमाणिक्यलाई वर्षदिनका लागि ढुकुटीमा थन्क्याइन्छ । मणिमाणिक्य ढुकुटी दाखिला भएपछि यस वर्षको बालाचतुर्दशी पर्व वर्षदिनका लागि बिसर्जन हुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना