नेपालगंज उपमहानगरपालिका नयाँ भवनमा





नेपालगन्ज, मङ्सिर १४ गते । नगर विकास कोष र जर्मन सरकारको सहयोगमा नेपालगन्ज उपमहानगरपािलका कार्यालयको नवनिर्मित भवन आजदेखि सञ्चालनमा आएको छ ।
करिब रु तीन करोड १२ लाखको लागतमा निर्मित २५ कोठे तीन तले सो भवनको आज यहाँ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव नरसिंह केसीले उद्घाटन गर्दै जनताको काम छिटोछरितो सम्पन्न गर्न नयाँ भवन सोही अनुसार डिजाइन गरिएको छ भन्नुभयो ।

साउथ एसिया डेस्कका प्रतिनिधि ऐन्नेकेट फ्रिकले नवनिर्मित भवनबाट जनताको काममा छरितोपन आउने विश्वास व्यक्त गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना