गोरखापत्र संस्थान सञ्चालक समिति सदस्यमा प्रसाईं

sambhu prasaiकाठमाडौँ, मङ्सिर १५ गते ।  गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा शम्भुकुमार प्रसाईं नियुक्त हुनुभएको छ ।  
नेपाल सरकार मन्त्रीस्तरको निर्णय अनुसार प्रसार्इंलाई गोरखापत्र संस्थान ऐन, २०१९को दफा ८ को उपदफा १ को खण्ड ‘घ’बमोजिम नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।  सो खण्डमा पत्रकारिता प्रकाशन वा साहित्य क्षेत्रमा ख्याती प्राप्त व्यक्तिबाट सदस्य नियुक्त गर्ने कुरा उल्लेख छ ।  उहाँको कार्यकाल चार वर्ष तोकिएको छ ।  
विगत पन्ध्र वर्षदेखि पत्रकारितामा संलग्न प्रसाईंले कानुनमा स्नातकका साथै आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।  ताप्लेजुङ चाँगेका स्थायी निवासी प्रसाईं गोरखापत्र दैनिकमा उपसम्पादकका रूपमा कार्यरत हुनुहुन्छ ।  
ताप्लेजुङबाट पत्रकारिता सुरु गर्नु भएका प्रसाईंले टेलिभिजन तथा रेडियो पत्रकारिताको समेत अनुभव हासिल गर्नुभएको छ ।  उहाँले कानुन व्यवसायीको भूमिकामा समेत अभ्यासरत हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना