मोबाइल सेवामा कमजोर गुणस्तर

 dhun bdr bcढुनबहादुर सङ्घर्ष बुढाथोकी



 

विश्वमा मोबाइल सेवा आविस्कार भएको धेरै समय भएको छैन तर सन् २००५ मा ३३ दशमलव ९ प्रतिशत रहेको मोबाइल घनत्व सन् २०१५ मा ९६ दशमलव ८ प्रतिशत पुगेको छ ।  सन् २००५ मा दुई अर्ब २० करोड जनामा सीमित मोबाइल २०१५ मा सात अर्ब आठ करोड मानिसको पहँुचमा पुग्यो ।  जसमा आधा अर्थात् तीन अर्ब ७३ करोड उपभोक्ता एसिया–प्रशान्त क्षेत्रका छन् ।  सन् २०१५ मा विकसित मुलुकमा मोबाइल घनत्व १२० दशमलव ०६ प्रतिशत पुग्दा विकासोन्मुख मुलुकमा भने ९१ दशमलव ८ प्रतिशत मात्र छ ।  सन् २०१५ मा अफ्रिका र एसिया प्रशान्त क्षेत्रमा मोबाइल सेवाको घनत्व क्रमशः ७३ दशमलव ५ र ९१ दशमलव ६ प्रतिशत पुगेको छ ।  अमेरिका, युरोप र खाडी मुलुकमा सन् २०१२ ताका नै मोबाइल घनत्व एक सय प्रतिशत अधिक पुगेको हो ।  विश्वव्यापी रूपमा मोबाइल सेवाको वृद्धिदर नियाल्दा विकासोन्मुख मुलुकमा विकसित मुलुकभन्दा दोब्बर छ ।  विकसित मुलुकमा वृद्धिदर एक दशमलव पाँच प्रतिशत हँुदा विकासोन्मुख मुलुकमा तीन प्रतिशत हाराहारी छ ।  जबकि, ग्लोबल ट्याक्स रिभ्यु रिपोर्ट, २००६÷७ ले १० प्रतिशत मोबाइल घनत्व वृद्धि हुँदा जीडीपी– कुल गार्हस्थ उत्पादन) १ दशमलव २ प्रतिशतले वृद्धि हुने देखाएको छ ।
सूचना प्रविधि एवं दूरसञ्चार क्षेत्रको विकासमा राम्रै पकड जमाइरहेको नेपालमा २०५६ वैशाख २९ मा जिएसएम प्रविधिको मोबाइल सेवा प्रारम्भ भएको हो ।  पहिलो पटक तत्कालीन दूरसञ्चार संस्थानले १० लाख पोष्टपेड मोबाइल भिœयाएको थियो ।  त्यसताका १० लाख लाइन मोबाइल भिœयाउनु आफैँमा जोखिमपूर्ण कदम मानिन्थ्यो ।  किनकि ती जिएसएम पोष्टपेड मोबाइल बोक्न सेटसहित करिब ५० हजार रुपियाँ खर्चिनुपथ्र्याे ।  ‘इनकमिङ कल’ मा महसुल तिर्नुपथ्र्यो ।  अहिले लोकप्रियता कमाइरहेको जिएसएम प्रविधिको प्रिपेड मोबाइल वितरण २०६१ असार १ मा प्रारम्भ भएको हो ।  निजी तहमा जिएसम मोबाइल सेवा तत्कालीन स्पाईस प्रालिद्वारा २०६२ साउनमा सुरुवात गरिएको हो ।  २०६२ मा ‘लिमिट मोबिलिटी’ सेवा मात्र प्रदान गर्न पाउने गरी नेपाल टेलिकमले सिडिएमए सेवा प्रारम्भ गरेकोमा लिमिट मोबिलिटी फुकुवापश्चात् सिडिएमए मोबाइल सुरुवात भयो ।  
    त्यसो त २०६१ ताका प्रिपेड मोबाइलको सीम लिन आधा रातदेखि जाग्राम बस्नुपथ्र्यो ।  अग्रिम रूपमा फाराम दर्ता गर्नुपथ्र्यो ।  टेलिकमका कर्मचारीलाई भनसुन गर्नुपथ्र्यो ।  एक थान प्रिपेड सीमका लागि ११ सय ३५ रुपियाँ चुकाउनुपथ्र्यो ।  प्रतिकल महसुल दर आजको जस्तो सस्तो थिएन तर आज न सीम खरिद गर्न कठिनाइ पर्छ, न त चर्को महसुल नै तिर्नुपर्छ ।  अहिले रु. दुई सय मात्र खर्च गर्न सक्ने उपाभोक्ताले रु. १०० टक भ्यालुसहितको नेपाल टेलिकम प्रदत्त प्रिपेड सीम प्राप्त गर्न सक्छ ।  त्यही सीम कतिपय समयमा विशेष अफरको नाममा वा विशेष सहुलियत स्किममा निःशुल्क पनि वितरण गर्ने गरिएको छ ।  सीम विशेष स्किमको नाममा कृषक, पर्यटक, महिला स्वास्थ्य स्वयम्सेविकालाई निःशुल्क वितरण गरिएको छ ।  रु. तीन सय रेन्टर चार्जसहित रु. एक हजार पाँच सय १० मै पोष्टपेड मोबाइल लिन सकिन्छ ।  अहिले रु. एक हजार मूल्य बराबरको रिचार्ज कार्ड खरिद गर्न सक्ने उपाभोक्तले सात सय ३० दिन अर्थात् दुई वर्ष ‘भ्यालिडडेट’ अवधि रहने गरी मोबाइल सेवा उपभोग गर्न सक्छन् ।  यस हिसाबले मासिक ४१ रुपियाँ ६६ पैसा मात्र खर्च गर्न सक्ने सामथ्र्य भएको जो कोहीले मोबाइल सेवा सहजै उपभोग गर्न सक्छ ।  
जिएसएम प्रिपेड मोबाइल कर बाहेकका पिक आवरमा प्रतिकल एक रुपियाँ ५० पैसा र अफ आवरमा प्रतिकल ५५ पैसा निर्धारण भएको छ ।  एफ एन्ड एफ कल सिडिएमए तथा जिएसएम पोष्टपेड मोबाइलमा पाँच वटा सब्सक्राइबरबीच प्रतिकल ५५ पैसामै र प्रिपेड मोबाइलमा प्रतिकल ७० पैसामा गर्न सकिन्छ ।  थ्रिजी मोबाइलमार्फत प्रतिकल रु २ मै भिडियो कल गर्न सकिन्छ ।  मोबाइल सेवा वितरणकै कारण हातहातमा इन्टरनेटको पहुँच पुगेको छ ।  एक करोड ३७ लाख इन्टरनेट उपभोक्तामध्ये एक करोड ३४ लाख अर्थात् ९७ दशमलव ५ प्रतिशत मोबाइल जिपिआरएस, थ्रिजी, इडिजिई इभिडिओमार्फत इन्टरनेट सेवा उपभोग गर्नु यसैको सबुत हो ।  यही सर्वसुलभताको कारण विश्वमै नेपालको मोबाइल सेवा ८औँ सस्तो कहलाइरहेको छ ।     
मोबाइल सेवामा भ्वाइसकल, एसएमएस, कलफरवार्डिङ, कल वयटिङ, कल होल्डिङ, मल्टिपार्टी कन्फ्रेन्स कल, जिपिआरएस, एमएमएस, सिआरबिटी, पिआरबिटी, ब्याकबेरी, एफएन्ड एफ, इन्टरनेशनल रोमिङ, भ्वाइस मेल, वेभ एसएमएस, सियुजी, मिस्कल कल अलर्ट नोटिफिकेसन लगायत सेवा तथा सुविधा उपलब्ध छन् ।  थ्रिजी मोबाइलमा भिडियोकल, लाइभ टिभि, हाइस्पिड इन्टरनेट (७ दशमलव २ एमबिपिएस), अन डिमान्ड भिडियो, भिडियो चाट, मल्टिमिडिया म्यासेज सुविधा उपलब्ध छ ।  सिडिएमए प्रविधिलाई स्तरोन्नति गरी तेस्रो पुस्ताको (३ जी) आइपिसिडिएम (इभिडिओ) सेवा पस्किएको छ ।  ०७३ पुसदेखि नेपाल टेलिकमले अहिलेसम्मकै उच्च गतिको चौथोपुस्ताको मोबाइल (एलटिई) सुरुवात गर्दैछ ।  टेलिकम र उपभोक्ताको लागि यो सुखद कुरा हो ।  
वास्तवमै मोबाइल सेवा सर्वसुलभ सञ्चार प्रविधिमा भएको चामत्कारिक विकास र सेवा प्रदायकहरू बीचको खुला प्रतिस्पर्धाको कारण सम्भव भएको हो ।  जसको फलस्वरूप मोबाइल सेवा आम मानिसको सामान्यभन्दा सामान्यदेखि लिएर अत्यन्त महŒवपूर्ण कामहरू फत्ते गर्ने सेवक बनेको छ ।  अहिले सर्वसाधरणसमेत आफ्नो आयको २÷३ प्रतिशत हिस्सा दूरसञ्चार सेवामा खर्चिदा उक्त खर्चमा मोबाइल सेवाको हिस्सा सर्वाधिक छ ।  मोबाइल सेवा सर्वसुलभ हुँदा ०७३ असारसम्ममा दुई करोड ८३ लाख जिएसएम मोबाइलसहित कुल मोबाइल प्रयोगकर्ता दुई करोड ९७ लाख पुगेका छन् ।  आ.व. २०७१।७२ मा नेपाल टेलिकमले कुल कार्यसञ्चालन आयको ५३ दशमलव ७ प्रतिशत हिस्सा मोबाइल सेवाबाट आर्जन गरिरहँदा अर्को सेवा प्रदायक ऐनसेलले शतप्रतिशत आय मोबाइल सेवाबाट आर्जन गरेको थियो ।  यस हिसाबले सेवा प्रदायकले बुझाउने राजस्वमा मोबाइल सेवाकै योगदान अधिक रहेको पुष्टि हुन्छ ।  मोबाइल सेवाले सर्वसाधारणको दैनिकीलाई मात्र सेवा गरिरहेको छैन, बरु राज्यको आर्थिक दैनिकीलाई समेत सेवा गरिरहेको देखिन्छ ।      
तथापि, २०६४ जेठ ३ मा दक्षिण एसियामै पहिलो पटक थ्रिजी सेवा भिœयाइएको, ११ सय ३५ पर्ने सीमलाई ९० रुपियाँमा ओरालिएको, मोबाइल घनत्व शतप्रतिशतभन्दा माथि पु¥याइएको भए पनि उपभोक्ताले चाहेको गुणस्तर पस्कन सेवा प्रदायकहरू सफल हुन सकेका छैनन् ।  कुरा गर्दागर्दै बीचमै सेवा विच्छेद हुने, दोहोरो आवाज सुनिने, प्रस्ट वार्तालाप गर्न नसकिने, चाहेको समयमा सम्पर्क नुहने जस्ता समस्या भोग्नु सामान्यजस्तै भएको छ ।  ब्यालेन्स रिचार्ज र स्थानान्तरण नहुने, रकम काटिने तर सेवा प्राप्त नहुने, चाहेको दर अनुसार रिचार्ज गर्न नपाउने जस्ता समस्या बेलाबखतमा भोग्नुपरेको छ ।  उसो त नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सर्भिस एक्सेस डिले अर्थात् ग्राहकले मोबाइलबाट कुरा गर्न अन्तिम बटन थिचे पश्चात् रिङटोन आउन लाग्ने समय १५ सेकेन्डभन्दा कम हुनुपर्ने, कल सेटअप सक्सेस दर अर्थात् १०० कल गर्दा रिङटोन आउने, ब्यस्त भएको जानकारी दिने, मोबाइल स्वीचअफ भएको जानकारी दिने दर ९० प्रतिशतभन्दा अधिक हुनुपर्ने, कल ड्रप रेट अर्थात् के कति कलहरू ग्राहकले गर्दागर्दै बीचमै टुट्ने गर्छन् भन्ने दर ३ प्रतिशतभन्दा कम हुनुपर्ने, पोइन्ट अफ इन्टरकनेक्सन कन्जक्सन अर्थात् एक सेवा प्रदायकबाट अर्को सेवा प्रदायकमा कल गर्दा सामना गर्नुपर्ने सर्किट अभाव दर १ प्रतिशतभन्दा कम हुनुपर्ने, कनेक्सन वीथ गुड भ्वाइस अर्थात् समस्या विनाका कल, वा राम्रोसँग नसुनिने, एकतर्फी सुनिने, कुनै आवाज नआउने, हल्ला सुनिने, तेस्रो मानिसको आवाज आउने, प्रतिध्वनि सुनिने जस्ता समस्या विना हुने कल दर ९० प्रतिशतभन्दा अधिक हुने मापदण्ड निर्धारण गरेको छ तर निर्धारित मापदण्ड अनुरूप सेवा प्रदायक संस्थाहरूले सेवा प्रवाह गर्न नसकिरहेको उपभोक्ताको गुनासो छ ।  यसर्थ सेवाको मात्रा विस्तारभन्दा गुणस्तर सुधारमा सेवा प्रदायकहरू लाग्नु आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना