पूर्वाधार विकासमा युवाशक्ति परिचालन

hari bdr thapaहरिबहादुर थापा

 

देशको पूर्वाधार विकासका लागि कानुनी तथा नीतिगत औजार, नेतृत्व, संगठन तथा संरचना, स्रोत साधन  नवीन एवं स्थापित विस्तारित स्वीकार्य ज्ञान, विज्ञान, प्रविधि र व्यवस्थापन, सामाजिक अवस्था, राजनीतिक प्रणााली, सांस्कृतिक विविधता, प्राविधिक सम्भाव्यता तथा पर्यावरणीय वातावरण, लगानी तथा प्रतिपmलमुखी आन्तरिक तथा बाह्य पर्यावरण, कुल राष्ट्रिय आवश्यकता र क्षमता तथा भूराजनीतिक अवस्थालाई मुख्य तìवका रूपमा पूर्व तयारी एवं व्यवस्थापन अत्यावश्यक छ ।  यीमध्ये पनि अहिलेसम्म सबैजसोले ध्यान नदिएको र व्यवस्थापन हुन नसकेको स्रोतसाधनमध्ये एक हो– जनशक्ति व्यवस्थापन ।  देशको जनसंख्याको ४०.३५ प्रतिशत ओगट्ने युवाको (१६ देखि ४० वर्ष उमेर समूह) उचित व्यवस्थापन हुन नसकेको कारणले देशका हरेक उत्पादनशील क्षेत्रमा यसको प्रतिकूल असर परेको छ ।  अहिले शिक्षित जनशक्तिको व्यवस्थापन आफैमा चुनौतीपूर्ण हँुदै गइरहेको छ ।  देशका विश्वविद्यालय, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट वर्षेनि लाखौँ जनशक्ति उत्पादन भइरहेका छन् ।  वर्षेनि पाँच लाखभन्दा बढी विद्यार्थीले प्रवेशिका परीक्षामा भाग लिने गरेका छन्, जसमध्ये आधाभन्दा कम मात्र सो तह उत्तीर्ण गरी उच्चशिक्षाका लागि योग्य मानिएका छन् ।  यसरी वर्षेनि प्रवेशिका परीक्षामा अनुत्तीर्ण हुने लगभग तीनलाख विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्यबारे ठोस नीति र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न हामी चुकेका छौँ ।  
ठूलो युवा समूह असंगठित र राज्यबाट लगभग बेखबर छ ।  परम्परागत रूपमा मुख्यपेसा रहेको कृषि समेत आधुनिकीकरण हुन नसकी निर्वाहमुखी भएको छ, औद्योगीकरण हुन सकेको छैन र निजी क्षेत्र समेत व्यावसायिक, व्यवस्थित र भरपर्दो हुन नसकेको स्थिति छ ।  सरकारी एवं सार्वजनिक क्षेत्रको सीमितता, साना तथा घरेलु व्यवसायका लागि आवश्यक न्यूनतम पुँजी र प्राविधिक सीपको अभावको कारणले मुलुकमा रोजगारीका अवसर सिर्जना हुन सकेका छैनन् ।  यी विविध कारणले गर्दा हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने युवाको ठूलो उत्पादनशील समूहलाई राज्यले देशभित्र पहिचान गर्न, उपयोग गर्न, थेग्न एवं आश्वस्त पार्न नसकेको कारणले आज हरेक दिन १५ सयभन्दा बढी युवा अवसर र सीपको अभावमा अदक्ष कामदारका रूपमा कठिन एवं जोखिमपूर्ण कार्यको लागी खाडी लगायतका मुलुकमा न्यून वेतनमा रोजगारीका लागि विदेशिरहेका छन् ।  सन् १९९० पछिको खुला सामाजिक एवं राजनीतिक अवस्था र लगानीमैत्री वातावरणको कारणले देशको शैक्षिक क्षेत्रमा व्यापक विस्तार भए पनि दैनिक सयौ युवा उच्च शिक्षा एवं रोजगारीका लागि विदेशिइरहेका छन् ।  विदेशिएका युवालाई पुनः देशमा फर्केर आउने वातावरण बनाउन नसक्नु विडम्बनाको विषय बनेको छ ।  आधुनिक राज्य प्रणाली तथा मुलुकले अङ्गीकार गरेको खुला र उदार अर्थ व्यवस्था अनुसार श्रम बजारलाई राज्यको एकल प्रयासले मात्र पक्कै व्यवस्थापन गर्न सक्दैन तर युवा जनशक्ति व्यवस्थापनमा राज्यको नेतृत्वदायी र निर्णायक भूमिका विना निजी क्षेत्रले यसमा ठोस योगदान दिन पनि सक्दैन ।
नेपाल सरकारको राष्ट्रिय युवा नीति, २०७२ समेत बदलिँदो राजनीतिक व्यवस्था र संरचना अनुसार परिमार्जन तथा थप स्पष्ट बनाउनु जरुरी छ ।  देशको युवा नीतिले देशको समग्र सामथ्र्य, आवश्यकता, समृद्धि र विकासलाई युवा शक्तिको उपयोगसँग तादात्म्य राख्नुपर्छ, अन्यथा यसको प्रभावकारी कार्यान्वयन गर्न कठिन हुन्छ ।  देशको समृद्धि र पूर्वाधार विकासका लागि हाम्रो स्रोत साधनको उपलब्धता, फराकिलो आर्थिक आधार, सम्भावना र दिगोपनाका आधारमा कृषि, पर्यटन, जलस्रोत जस्ता क्षेत्रमा युवा सहभागिता बढाउन सकेमा यसबाट प्रभावकारी र बहुगुुणामा प्रतिफल प्राप्त हुनसक्छ, तसर्थ उल्लिखित तीन क्षेत्रमा हस्तक्षेपकारी नीति तथा कार्यक्रम राज्यले प्राथमिकताका साथ कार्यान्वयन गर्न सकेमा युवा जनशक्ति व्यवस्थापनमा टेवा पुग्नेछ ।  
कृषि तथा पशुपालन हाम्रो परम्परागत पेसाका रूपमा विकास भएका र हाम्रो जनजीवनसँग अत्यन्त निकट सम्बन्ध राख्ने परम्परागत क्षेत्र हुन् ।  आधुनिक एवं उपभोगमुखी जीवनशैली र पारिवारिक, सामाजिक एवं राज्यको प्राथमिकतामा आएको परिवर्तनको कारणले व्यापक सम्भावना हुँदाहँुदै पनि पछिल्ला दशकमा कृषि प्रतिको मोह घट्दै गएको कारणले निर्यात गर्ने मुलुकबाट हामी आयात गर्ने मुलुकमा दरिन पुग्यौँ ।  कृषि, पशुपालन जस्ता परम्परागत सीप र स्थानीय स्रोतसाधन एवं प्रविधिबाट विकास भएको क्षेत्रमा समेत हामीले यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेनौ ।  फलतः आज नयाँ पुस्ता कृषिकर्मबाट टाढा हुँदै जानुले समग्र देशको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्र पछाडि परी देशको कुल गार्हस्थ उत्पादन एवं आर्थिक विकासमा समेत प्रतिकूल असर परेको छ ।  अबको युवानीति तथा सरकारको कार्यक्रमले शिक्षित एवं अर्धशिक्षित सबै युवालाई कृषि, पशुपालन तथा जडीबुटी जस्तो मूल्यवान् खेतीपातीमा आकर्षण गरी यो क्षेत्रमा व्यापक रोजगारी सिर्जना गर्न सक्नुपर्छ ।  
अहिले जस्तो जलस्रोतलाई जलविद्युत्को आंँखाबाट मात्र हेरिनु भनेको यसको दुरुपयोग र दीर्घकालीन रूपमा अनुत्पादक पनि हो ।  जलस्रोत व्यवस्थापनलाई देशको समग्र पूर्वाधार विकाससँंग आबद्ध गर्नु जरुरी छ ।  हाम्रो जलस्रोत विकासको सभ्भावनाप्रति आँखा चिम्लनुहँुंदैन र मुलुकको आर्थिक समुन्नति एवं दिगो र फराकिलो विकासका लागि कृषि, पर्यटन र जलस्रोत विकास पूर्वसर्त हुन् भन्ने कुरामा समेत विमति नहोला ।  सम्भावनालाई यथार्थमा लैजान सबैभन्दा पहिला यससम्बन्धी भ्रमलाई चिर्दै तथ्याङ्कको विश्लेषण, मार्गदर्शन, कार्यनीति र गन्तव्य स्पष्ट हुनु जरुरी छ ।  नेपालको समग्र पूर्वाधार विकास खानेपानी, सिंचाइ, जलविद्युत््, बाढी व्यवस्थापन जस्ता जलस्रोत विकास आयोजनामा आधारित भएको कुरामा विवादै छैन ।  तसर्थ, पूर्वाधार विकासमा जलस्रोत व्यवस्थापन विकास पूर्वसर्तको रूपमा आएको छ ।  जलस्रोत तथा जलविद्युत् विकासमा युवालाई आकर्षण बढाई ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने कुराम दुईमत हुनै सक्दैन ।  
जलस्रोत विकास आफैमा बहुआयामिक क्षेत्र भएकोले सोही अनुसार यसको प्राविधिक तथा व्यवस्थापकीय क्षमता विकास गरिनुपर्छ ।  प्रशासनिक अल्झन र परम्परागत कर्मचारीतन्त्रको रपm्फुचक्करमा जलस्रोत एवं जलस्रोत विकासलाई फसाइनुहँुंदैन ।  यस प्रकारको कार्यबाट अनुसन्धान एवं प्राज्ञिक क्षेत्रमा रुचि भएका प्राविधिक युवालाई उनीहरूकै रुचि बमोजिम देशमा काम गर्ने वातावरण सिर्जना हुन जान्छ र उनीहरूको कार्यबाट समग्र जलस्रोत क्षेत्रको विकास, आधुनिकीकरण र प्रविधि विस्तारमा सघाउ पुग्नुको साथै विश्वव्यापीकरण हुन जान्छ ।  पानी एक सीमित र जोखिममा रहेको विश्वव्यापी पदार्थ भएकोले वरपरका कुनै पनि पानीका  जस्तै ढुङ्गेधारा, पोखरी, ताल, खोला, मुल, कुवा, कुलाको सदुपयोग र संरक्षण गर्ने कार्यक्रमलाई युवा परिचालन गरी जलस्रोत व्यवस्थापनमा स्थानीय सामथ्र्य विकास गर्न सकिन्छ ।  
जलस्रोत नै हाम्रो मुख्य प्राकृतिक साधन हो र देशको समग्र समुन्नति एवं सर्वाङ्गीण विकास यसैमा आधारित छ भने यसैमा व्यापक स्रोत परिचालन, क्षमता विकास तथा स्पष्ट मार्गचित्र सहित प्राथमिकीकरण गर्न राज्य, समाज र समुदाय पछि पर्नु हँुंदैन ।  यसमा गैरसरकारी सञ्जाल, निजी क्षेत्र तथा शैक्षिक र प्राज्ञिक क्षेत्रले समेत सहयोग र समन्वयका साथै प्राथमिकताका साथ सरकारलाई सघाउने कार्ययोजना कार्यान्वयन गर्दा यस क्षेत्रबाट विभिन्न तहमा रोजगारीका अवसर सिर्जना हुनेछन् ।   
नेपालको विविधतापूर्ण भूगोल, जलवायु तथा मनमोहक प्राकृतिक वातावरण एवं ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरका कारणले मुलुक विश्वका उत्कृष्ट गन्तव्यहरूको सूचीमा परेको हो ।  यसबाहेक रहनसहन, जातीय, धार्मिक, भाषिक एवं सामाजिक रूपमा रहेको एकता, सद्भाव, न्यानो आतिथ्य संस्कृति आदिका कारणले पनि पर्यटन प्रवद्र्धन गर्न नेपालका लागी ठूलो अवसर हो ।  पर्यटन पूर्वाधारको विकास तथा नयाँ पर्यटन गन्तव्यको पहिचान एवं प्रचार, प्रसार गरी यस क्षेत्रको विकास र विस्तारबाट नेपालका हरेक स्थानमा स्थानीय स्तरमा युवा रोजगारी वृद्धि गर्न सकिन्छ ।  
कुनै पनि संगठन वा मुलुकका लागि जनशक्ति व्यवस्थापन आफँैमा चुनौतीपूर्ण कार्य हो ।  जनशक्ति त्यसमा पनि युवा जनशक्ति आधारभूत मुख्य स्रोत भएकोले हाम्रो जस्तो अल्पविकसित मुलुकमा माध्यमिक तहको समेत शिक्षा प्राप्त गर्न असमर्थ, उच्च शिक्षा प्राप्त गर्न असमर्थ, उच्च शिक्षा प्राप्त गरेर पनि बेरोजगार हुन पुगेका, उच्च शिक्षाका नाममा विदेशी मुलुकमा पुगेर नेपालमा आकर्षण गर्न नसकेका तथा रोजगारीको सिलसिलामा खाडी लगायतका मुलुकमा न्यून तलब, सुविधा र कठिन काममा रहेका युवाप्रति ध्यानाकर्षण अपेक्षित छ ।  यस्ता तमाम पक्षलाई ध्यानमा राखी युवानीति, सरकारको कार्यक्रम र प्राथमिकता निर्धारण गरी कार्यान्वयन गर्न सकिएमा नेपालले थोरै समयमै ठूलो फड्को मार्नेछ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना