दश जना राज्यमन्त्री थपिएपछि ४१ जनाकाे मन्त्रिपरिषद्

काठमाडौँ, मंसिर १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा नेपाली काँगेसका तर्फबाट १० जना राज्यमन्त्री थप्नुुभएको छ । राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद् ४१ जनाकाे पुगेकाे छ। प्रधानमन्त्रीसहित दुइ जना उपप्रधानमन्त्री २४ जना मन्त्री र १४ जना राज्यमन्त्री पुगेका छन्।

व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दल नेकाको साथ र सहयोगमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको थियो । करिब चार महिना पुग्न लाग्दा प्रम दाहालले राज्यमन्त्री थप्नुभएको छ ।
Rss_Images_1480509307742_RS_KTM_161130161130_5291
नेकाले सम्हालेका दश मन्त्रालयमा नै राज्यमन्त्री थप गरिएको हो । प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्रीहरुलाई आज प्रधानमन्त्रीको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ख्वाउनुभयो ।

शपथ लिनुुहुनेमा राज्यमन्त्रीमा दीपक खड्का (खानेपानी तथा सरसफाइ मन्त्रालय), कञ्चनवादे श्रेष्ठ(उद्योग मन्त्रालय), सुरेन्द्रराज आचार्य(सिँचाइ मन्त्रालय), मिठू मल्ल (सहरी विकास मन्त्रालय), दिलीप खवास गच्छदार (श्रम तथा रोजगार मन्त्रालय), सीताराम महतो (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय) हुनुुहन्छ ।

त्यसैगरी दीर्घराज भाट (वन तथा भू–संरक्षण मन्त्रालय), सुवर्ण ज्वारचन (वाणिज्य मन्त्रालय), तारामान गुरुङ (स्वास्थ्य मन्त्रालय) तथा इन्द्रबहादुर बाँनिया (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) ले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो ।

नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी हुने राज्यमन्त्रीको नामावली उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिमार्फत मङ्गलबार प्रधानमन्त्री दाहाललाई दिनुभएको थियो ।

शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधि, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता तथा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।

नवनियुक्त राज्यमन्त्रीलाई बधाइ दिँदै प्रधानमन्त्री दाहालले जनताले छिटो परिणाम खोजिरहेकाले यही तथ्यलाई ध्यानमा राखेर कार्य गर्न आग्रह गर्नुभयो । रासस

यस्ताे छ कार्यविभाजन

नेपालको संविधानको धारा २९८ को उपधारा (४), (५) र (६) बमोजिम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ को नेतृत्वमा मिति २०७ ३ / ४ /२ ० मा गठित मन्त्रिपरिषद‌मा देहाय अनुसार नियुक्ति, हेरफेर र कार्य विभाजन भएको जानकारीका लागि अनुरोध गरिन्छ ।

क्र.सं. नाम, थर कार्य विभाजन सम्पर्क नम्वर
कार्यालय निवास
सम्माननीय प्रधानमन्त्री
१. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खानेपानी तथा सरसफाईपशुपंक्षी विकास;
महिला, बालबालिका तथा समाजकल्याण;   विज्ञान तथा प्रविधि
४२११०५५ / ४२११००५ ४४१४६०७
माननीय उपप्रधानमन्त्री
२. श्री विमलेन्द्र निधि गृह ४२११२२९/ ४२११२४७ ५५२७७२५
३. श्री कृष्णबहादुर महरा अर्थ ४२११८०९/ ४२११३९० ५५२६१३५
माननीय मन्त्री
४. श्री अर्जुननरसिंह के.सी. सहरी विकास  ४२११७९२  
५. श्री रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात ४२११६७० / ४२११९४५ ५५२४९६०
६. श्री जनार्दन शर्मा ऊर्जा ४२११५१३ ५५२३४४८
७. डा. प्रकाशशरण महत परराष्ट्र ४२००१९६-७ ४०१८५२६
८. श्री बालकृष्ण खाँण रक्षा ४२११६२७  
९. श्री दीपक बोहरा आपूर्ति  ४२११६०२ ४४३६९६३
१०. श्री सूर्यमान गुरुङ श्रम तथा रोजगार ४२११७९४  
११. श्री गौरीशंकर चौधरी कृषि विकास  ४२११९२९ ५५४७३३८
१२. श्री दलजित श्रीपाइली युवा तथा खेलकुद  ४२००५३९ ५५२४९९५
१३. श्री विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था  ४२११७६० ४४३६८४५
१४. श्री जयदेव जोशी जनसङ्ख्या तथा वातावरण ४२११७३४ ५५२६९७५
१५. श्री हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास ४२००३०७ ५५२६१०५
१६. श्री सुरेन्द्रकुमार कार्की सूचना तथा सञ्चार ४२११५५५ / ४२११७०१ ५५५५८२०
१७. श्री धनिराम पौडेल शिक्षा ४२००३७३  
१८. श्री अजयशंकर नायक कानुन, न्याय, तथा संसदीय मामिला ४२११९७४ ५५२३५४३
१९. श्री केशवकुमार वुढाथोकी सामान्य प्रशासन ४२०००९१  
२०. श्री रोमी गौचन थकाली वाणिज्य ४२०००५४  
२१. श्री सीतादेवी यादव शान्ति तथा पुननिर्माण ४२११०८९  
२२. श्री जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ४२११८७९  
२३. श्री दीपक गिरी सिँचाइ ४२११५२१  
२४. श्री नवीन्द्रराज जोशी उद्योग ४२११६८६  
२५. श्री शंकर भण्डारी वन तथा भू-संरक्षण ४२११६६०  
२६. श्री गगनकुमार थापा स्वास्थ्य ४२६२५३४  
२७. श्री हृदयराम थानी सहकारी तथा गरिबी निवारण ४२०००५५  
माननीय राज्यमन्त्री
२८. श्री श्रीप्रसाद जवेगु सङ्घीय मामिला तथा स्थानीय विकास  ४२००५०४  
२९ . श्री सत्यनारायण भगत ऊर्जा  ४२११५२२ / ४२११५२३  
३० . श्री राधिका तामाङ्ग कृषि विकास  ४२११६३९  
३१ श्री धनमाया वि.क.(खनाल) शिक्षा    
३२ श्री दिर्घ राज भाट वन तथा भू-संरक्षण    
३३ श्री सिताराम महतो भौतिक पूर्वाधार तथा यातायात    
३४ श्री तारामान गुरङ्ग स्वास्थ्य    
३५ श्री सुरेन्द्रराज आचार्य सिँचाइ    
३६ श्री सुवर्ण ज्वारचन वाणिज्य    
३७ श्री इन्द्रबहादुर बानिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन    
३८ श्री दिलिप खवास गच्छदार श्रम तथा रोजगार    
३९ श्री दिपक खड्का खानेपानी तथा सरसफाई    
४० श्री कन्चन चन्द्र बादे उद्योग    
४१ श्री मिठु मल्ल सहरी विकास

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना