संसाेधन प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेले गर्याे संसद अवराेध

 

Rss_Images_1480583825532_PRO_KTM_161201B

नारायण काफ्ले

काठमाडौं, मङ्सिर १६ गते । सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहित चार दलले संसद् बैठक अवरोध गरेका छन् ।

सरकारको प्रस्ताव राष्ट्रियता, सार्वभौमिकता, मुलुकको अखण्डताविपरीत भएको भन्दै एमालेले प्रस्ताव फिर्ताको माग गरेको छ । प्रस्ताव फिर्ता नभएसम्म सदनको कारवाही चल्न नदिने पनि प्रतिपक्षले अडान लिएको छ ।

प्रतिपक्ष दलहरुले उठेर विरोध गरेपछि सभामुखले संशोधन कार्यसूचीमा नभएको भन्दै आसन ग्रहणका लागि आग्रह गर्नुभएको थियो तर सभामुखको आग्रह अनुसार सांसद्हरुले आसन ग्रहण नगरेपछि बैठक शुक्रबार अपराह्न ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नपाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमानिसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको छलफल प्रभावित भएको छ । संसद्को दैनिक कार्यसूचीमा उक्त प्रस्ताव छलफल हुनेगरी प्रकाशित भएको थियो । यस्तै पहिलो नम्वरमा मन्त्रिपरिषद् विस्तारसम्वन्धी प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची थियो ।

Rss_Images_1480583222374_PRO_KTM_161201_AS

सदनको कारवाही अवरोध हुनुअघि प्रतिपक्ष दल एमालेका उपाध्यक्ष बामदेव गौतमले सरकारले संविधानको धारा २९६ र २७४ को भावनाविपरीत सीमाङ्कन हेरफेरको प्रस्ताव ल्याएको आरोप लगाउनुभयो । गौतमले रुपान्तरित व्यवस्थापिका संसदलाई संविधान संशोधनको अधिकार भए पनि सीमाना हेरफेरको अधिकार नभएको बताउनुभयो ।

संसद्मा उहाँले भन्नुभयो ‘संविधान संशोधन गर्ने अधिकार भए पनि प्रदेशको सीमाङ्कन हेरफेर गर्ने अधिकार छैन । सीमा हेरफेर गर्नु संविधानको धारा २९६ र २७४ को व्यवस्थाविपरीत हुन्छ । सरकारले संवैधानिक व्यवस्था उल्लङ्घनको प्रयास गर्दैछ । अधिकार दुरुपयोग भएको छ ।’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना