साध्वी भट्ट(मोडल)

sadhvi bhattaनेपालमा बाह्र कक्षाको अध्ययन सकिएपछि लखनउ भातखण्डे सङ्गीत विश्वविद्यालयको छात्रवृत्तिमा सङ्गीत पढ्न भारत पुग्नुभएकी साध्वी भट्ट यतिखेर बलिउड चलचित्रमा सङ्घर्षकै चरणमा हुनुहुन्छ ।  अनुपम खेरको एक्टर प्रिपेट्सबाट अभिनयसम्बन्धी प्रशिक्षण लिएपछि साध्वीले तीनवटा फिल्ममा साइन कन्ट्राक्ट गर्नुभएको थियो ।  त्यसमध्ये द ड्रिम जब चलचित्र सार्वजनिक हुँदैछ, जुन चलचित्रमा साध्वीको ‘लिड रोल’ छ ।  चलचित्रमा रहेको सातवटा गीतमध्ये दुईवटामा स्वर दिनुभएको छ ।  रियालिटी सो डीएन्डडीको उत्कृष्ट सयमा पर्न सफल उहाँले ड्रामा समूह नै बनाएर काम गर्नुभएको थियो ।  उहाँको लिड रोल रहने चलचित्र गप्पुगप्पुको काम पनि अगाडि बढिसकेको छ ।  सो चलचित्रलाई मुकेश मिश्राले निर्देशन गर्दै हुनुहुन्छ ।  
हिन्दी वेभ सिरिज ब्याङ्कर्स बखेडामा साध्वीलाई देख्न सकिन्छ ।  मेरी मञ्जिल... बोल गीतमा लीड मोडलको रूपमा काम गर्नुभएको छ ।  स्क्रिन प्ले राइटिङ, गीत लेखन, गायन, ड्रामालगायत सिर्जनात्मक कार्यमा सक्रिय साध्वीको एउटै लक्ष्य छ, फिल्म फिल्म फिल्म ।  भन्नुहुन्छ– “त्यसैका लागि साढे पाँच वर्षको भारत बसाईमा हार्ड वर्क गरेकी छु । ”आमा शुशीला भट्ट र बुबा शिवराज भट्टको साथ सहयोगले नै आफू बलिउडमा टिकिरहेको साध्वी बताउनुहुन्छ ।  आमा शुशीला पनि साहित्यमा रुचि राख्नुहुन्छ ।  भाइ सिद्धार्थ सङ्गीत क्षेत्रमै सक्रिय हुनुहुन्छ ।  पारिवारिक भेटघाटमा केही दिनका लागि काठमाडौँ आइपुग्नुभएकी साध्वी भन्नुहुन्छ–“अवसर पाए नेपाली चलचित्रमा काम गर्न चाहन्छु । ”

मोडल : साध्वी भट्ट
क्यामरा : रमेश क्षेत्री
स्टुडियो : CS5 महाराजगञ्ज

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना