बालविवाह र दाइजो

bindu adhikariबिन्दु अधिकारी ढकाल



बालविवाह विकासोन्मुख देशको ठूलै समस्या हो ।  दक्षिण पूर्वी एसियाका नेपाल लगायत छिमेकी भारत, पाकिस्तान, बङ्गलादेश अफगानिस्तानजस्ता धेरै मुलुकमा यो अहिले पनि कायमै छ ।  आजभन्दा ५० वर्ष अघिसम्म पनि हाम्रो समाजमा बालविवाह छ्यास्छ्यास्ती थियो तर पछिल्लो समय मानिसको चेतनामा भएको वृद्धिले यो दर क्रमश घट्दो छ ।  तैपनि कतिपय समुदायमा यो चलन अद्यापि कायमै छ ।  बालबालिकाहरूको शारीरिक र मानसिक विकास हुन नपाउँदै वैवाहिक बन्धनमा सरिक गर्नु÷गराउनु नै सामान्य अर्थमा बालविवाह हो ।  मुलुकी ऐन अनुसार केटाको उमेर २१ र केटीको उमेर १८ वर्ष नभएसम्म विवाह गर्न पाइन्न ।  गरे÷गराए कानुनबमोजिम अपराध मानिन्छ ।  कानुनअनुसार कतै बालविवाह गरेको वा गराइएको पाइएमा दण्ड जरिवाना सहित कैद सजायसमेत भोग्नुपर्ने कानुनी प्रावधान पनि छ तर कतिपय समुदायमा अहिले पनि यो प्रचलन कायमै छ ।  खासगरी गरिबी, भौगोलिक विकटता, अन्धविश्वास जस्ता कारणले समाजमा बालविवाह पूर्णत रोकिएको छैन ।  संयुक्त राष्ट्रसङ्घीय बालबालिका सम्बन्धी क्षेत्रमा क्रियाशील संस्था युनिसेफको पछिल्लो स्थलगत अध्यानमा बालविवाह गर्ने मुलुकमा दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ ।  यस्तै विश्वका अन्य मुलुकमा भने दशौँ स्थानमा छ ।  अध्यान प्रतिवेदनअनुसार विश्वमै सबैभन्दा बढी बालविवाह हुने मुलुक नाइजेरिया हो ।  
बालविवाहबाट उब्जने समस्या हाम्रो जस्तो समाजमा जकडिएको छ ।  अशिक्षा र गरिबी नै यसको मूल कारण हो ।  अबोध बालबालिका अभिभावकको इच्छा र चाहनाको सिकार हुनुपर्ने नियतिको फल हो बालविवाह ।  कतिपयले त आफ्नो विवाह भएको पछिसम्म पनि चाल पाउँदैनथे ।  साथै बाल विधुवाको कथा यो प्रकरणको सकैभन्दा पीडादायी पक्ष हो ।  समय आधुनिकतातर्फ बढ्दै गइरहेको बेला हाम्रो देशमा बालविवाह गर्ने परम्परा पनि स्वाभाविक रूपमा कम हुँदै गएको छ तर सो परिपाटीको अन्त्य चाहि“ अझसम्म भइसकेको छैन ।  बलमिचाहा समाजमा चेतनाको कमी र देशको भौगोलिक विकटतालाई यसको मुख्य कारक मान्न सकिन्छ ।  बालविवाहका तथ्याङ्क पनि जिल्ला पिछे फरक–फरक छन् ।  
‘जहा“ चेतना पुगेको छ त्यहा“ सतर्कता’ अपनाइएको छ ।  नया“ बनेको नेपालको संविधान २०७२ ले पनि बालविवाहलाई निर्मूल पार्न खोजेको छ ।  नेपालको पूर्वी तराईको सप्तरी जिल्लामा सबैभन्दा बढी अर्थात् ८३ प्रतिशत किशोरीहरूको पन्ध्र वर्ष वा त्योभन्दा पनि कम उमेरमा बिहे हुन्छ ।  सप्तरीपछि रौतहट, कपिलवस्तु, दैलेख, बाजुरा र बझाङसमेतलाई अधिक मात्रमा बालविवाह हुने जिल्लाअन्तर्गत राखिएको छ ।  त्यहा“ क्रमशः ६८ प्रतिशत, ६४ प्रतिशत, ६३ प्रतिशत, ६१ प्रतिशत, ६१ प्रतिशतका दरले बालविवाह हुने गरेको (संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष) युनिसेफको प्रतिवेदनमा उल्लेख भएको छ ।  त्यस्तै अन्य जिल्ला सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, धादिङ, जुम्ला र मकवानपुरमा पनि यो समस्या व्याप्त छ ।  दोलखा, धादिङ र मकवानपुरका अधिकांश चेपाङ बालबालिकाहरूले सानै उमेरमा बिहे गर्ने गरेका छन् भने बाँकी सबै ठाउ“का सबै समुदायले बालविवाहलाई सामाजिक परम्पराकै रूपमा बढवा दिइरहेका छन् ।  समाजको भ्रमपूर्ण मान्यता के छ भने, कम उमेरमा (बाह्र वर्ष पुग्दा नपुग्दा) छोरीको कन्यादान (गोडाको पानी खान पाउनु) पुण्य कमाउन अरू कुनै दानधर्म गर्नु पर्दैन भन्ने पुरानो संस्कार छ ।  छोरा र छोरीमा विभेदले पनि बालविवाहलाई बढवा दिएको छ ।  अहिले पछिल्लो समयमा अभिभाकत्वको कमी कमजोरीले नै किशोरावस्थामा विवाह हुने गरेको छ ।  उनीहरूको शारीरिक तथा मानसिक विकास पूर्ण रूपले भइसकेको हुँदैन ।  खेल्ने खाने उमेरमै किशोरीहरू आमा बनिसकेका हुन्छन् ।  पूर्णरूपमा शारीरिक विकास नभई आमा बनेकाहरूबाट जन्मिएका बच्चासमेत स्वस्थ्य हुँदैनन् ।  पोषणयुक्त खानाको कमीले पनि कतिपय नवजात शिशुहरूमा कुपोषणको लक्ष्ण देखापर्छ ।  अझ कतिपयलाई त थाहा पनि हुँदैन गर्भावश्थामा र सुत्केरी बेलामा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ? नवजात शिशुको स्याहार कसरी गर्ने ? त्यसको परिणाम आमा र शिशु दुवैको ज्यान जोखिममा पर्छ ।  सानै उमेरमा लगातार (बर्सेनि जसो) सुत्केरी भएका महिला कमजोर र ख्याउटे देखिन्छन् ।  साथै रक्तअल्पता, पाठेघर खस्ने, क्यान्सर हुने तथा फिस्टुलाजस्ता घातक रोगहरूका शिकार बन्न पुग्छन् ।
हाम्रो समाजमा जटिल समस्या भएर रहेको अर्को नराम्रो संस्कार दाइजो प्रथा पनि हो ।  यो प्रथा परम्परागत रूपमा समाजमा दिनानुदिन व्यापक भएर गइरहेको छ ।  दाइजो कै कारण तराईका जिल्लामा अधिकांश चेलीहरूले बर्सेनि अकालमै मृत्युवरण गरिरहेका छन् ।  कैयौँ महिला घरेलु हिंसा सहेर बाँच्न बाध्य छन् ।  लाउ“ला र खाउ“लाको उमेर अकालमा ज्यान गुमाउनेहरूका कथा प्रायः दाइजोस“गै जोडिएका छन् ।  समाचार माध्यमबाट सुनिए र देखिए जति धेरैता परिवारकै सदस्यबाट, कतै जिउ“दै जलाइएका छन् ।  कतै झुण्ड्याइएका छन् ।  कतै विष खुवाइन्छ त कतै विष खान बाध्य पारिन्छ ।  यी सबै शृङखलाबद्ध अपराधको कारण हो दाइजो ।  समाजमा व्यापक यो समस्या पढेलेखेको जमातमा समेत पाइनु विडम्बनाको विषय हो ।  खासगरी तराई क्षेत्रमा नै पढेलेखेका छोराछोरीका लागि दाइजो लिने र दिने परम्परा अहिले पनि जरो गाडेर बसेको छ ।  अचम्मको कुरा के पनि छ भने, तराईको परिवेश जति शिक्षित छ दाइजोको कारण त्यति नै घृणित पनि ।  यसले हरेकलाई अनेक सपनामा अर्थात् विलासितामा लालयित बनाएको छ ।  घोषित÷अघोषित दुवै किसिमबाट दाइजो प्रथाले व्यापकता छाइरहेको छ ।  त्यहा“ त छोरीलाई धेरै पढाउन पनि दाइजो कै खतरा ! धेरै पढेकी छोरीको लागि उतिनै पढेको ज्वाई रोज्नु÷खोज्नु परिवारको जिम्मेवारी एकातिर छ भने अर्कोतिर त्यो ज्वाई साथै उसको परिवारलाई खुसी पार्न टन्नै सम्पत्तिको जोहो गर्नुपर्ने बाध्यता ।  सीमित आयस्रोतमा जीवनयापन गर्ने तराईका दर्जनौँ परिवार छोरीको बिहेपछि टाटपल्टेर घरवारविहीन भएका धेरै उदाहरण हाम्रासामु छन् ।  दाइजो उन्मूलन सम्बन्धी सरकारले कानुन नबनाएको होइन तर त्यसको प्रभावकारी कार्यनयन चाहि“ अझसम्म भएको छैन ।
आजका बालबालिका भोलिका भविष्य हुन् ।  आज जग बलियो भयो भने भोलि घर बलियो हुन्छ, त्यसमा दुईमत छैन ।  अतः बालविवाह एवं दाइजोमुक्त नेपालको परिकल्पना सार्थक तुल्याउन सबैभन्दा पहिला कानुनलाई नै बलियो बनाउनुपर्छ ।  विद्यालयमा चेतना जगाउनुपर्छ ।  केन्द्रबाटै अनिवार्य पाठ्यपुस्तकहरूमा सचित्र बदल्नुपर्ने विषयवस्तुका बारेमा व्याख्या गरिनुपर्छ ।  समय सुहाउँदा नाटक तथा गीति नाटकहरू देखाउनुपर्छ ।  विद्यार्थी स्वयंलाई रेडियो नाटक र सन्देशमुलक भनाइमा बोल्ने र भन्ने अवसर प्रदान गर्नुपर्छ ।  सञ्चार माध्यममा व्यापकता छाइरहेको अहिले स्थानीय भाषालाई पनि सञ्चालनमा ल्याएर चेतना जगाउनुपर्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना