आत्मनिर्भरताका लागि पर्यटन विकास

prem sharma_1प्रा. डा. प्रेम शर्मा


मानिसका ५ ज्ञानेन्द्रियको आकर्षणको व्यापार पर्यटन व्यवसाय हो ।  नेपाल यस दृष्टिकोणले अधिकांश आकर्षणका वस्तु÷गन्तव्य (प्रडक्टस) भेटिने मुलुक हो ।  प्राकृतिक, मानव निर्मित÷सिर्जित, विश्वमै एक मात्र गन्तव्य– सगरमाथा, लुम्बिनी र हिन्दुहरूको आस्थाका केन्द्र (देव धाम) रहेकाले यो देशमा धेरै थरिका पाहुना देश विदेशबाट आउन÷भ्रमण गर्न लायक छ ।  अर्कोतर्फ विश्वबजारमा उदाउँदा सबैभन्दा धेरै जनसङ्ख्या बोकेका मुलुक चीन र भारतको बीचमा अवस्थित नेपालमा, पर्यटन बजारको प्रचुर सम्भावना मात्र नभएर आर्थिक कारोबारका लागि समुद्र पारका मुलुक भौतारिरहनुपर्ने छैन ।  
नेपाल जल सम्पदापछि पर्यटन सम्पदाको अधिकतम प्रयोगबाट धेरै अघि बढ्नसक्ने मुलुक हो ।  देश राजनीतिक स्थायिŒव र कुशल नेतृत्व अभावका कारण हाल केही समय अन्योलमा रहेको छ ।  युवाशक्ति विदेश पलायन, झण्डै २ दशकसम्म आवधिक निर्वाचित जनसरकारको अभाव, विदेशी हस्तक्षेप र अनाचारको शिकारमा राजनीतिक दलहरू फसेका कारण विकास निर्माणमा पछि पर्नु स्वाभाविक हो तर नागरिक स्तरबाट स्वतःस्फूर्त तरिकाबाट यो मुलुकमा धेरै विकास निर्माणका काम भइरहेका छन् ।  तीमध्ये हाल देशभरि नै कच्ची सडक सञ्जालका कारण ७३ जिल्लाका सदरमुकाम राजधानीसँग जोडिन पुगेका छन् ।  त्यसैले नागरिक स्तरबाट धेरै आर्थिक गतिविधिका योजना र कार्यक्रममा प्रचुर लगानीको सम्भावना बढेको छ, जस्तैः जलविद्युत उत्पादन, होटल व्यवसाय सञ्चालन, अस्पताल, विद्यालय÷कलेज निर्माण एवं सञ्चालन आदि ।  यसै क्रममा हाल आन्तरिक पर्यटनको प्रवाह अथाहा रूपमा बढेको छ ।  यस वर्ष नेपाल घुमफिर गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ४० लाख पुग्नु सुखद समाचार हो ।  चन्द्रागिरीको केवलकारदेखि रारादह, मुक्तिनाथ, पाथीभरा, कैलाली टीकापुर, सुनकोशी नदी क्रीडा, स्वर्गद्वारी, जनकपुरधामलगायत थारू, गुरुङ, मगर, दराई होमस्टे खचाखच भरिन थालेका छन् ।  देशैभरि होमस्टेहरू (४÷५ सय जति) सञ्चालनमा छन् ।  यातायात व्यवसायी, साना ठूला होटल÷लज व्यवसायी, तरकारी, फलपूmल उत्पादक, कोसेली उत्पादकलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष धेरै नागरिक लाभान्वित छन् ।  
कर्णालीमा मोटर बाटो पुगेका कारण (डोल्पा र हुम्ला सदरमुकामबाहेक) जुम्ली, मुगेली र कालीकोटेहरू आन्तरिक पर्यटकबाट धेरै लाभान्वित छन् ।  २०४९ सालको रासन–प्रति व्यक्ति खाना) रु.८०÷– वृद्धि भएर रु.१०० पुगेको छ, जुन समय मुग्लिनमा रु.३०÷– थियो र हाल त्यहाँ, रु.२५०÷– हुन पुगेको छ ।  यो अनुभव यसै वर्ष २ पटक रारा भ्रमण गर्दा प्राप्त भएको हो ।  २०४९ मा प्रथम पटक मुगु पुगिएको थियो ।  अर्थात् विकासको गति कर्णालीमा कति मन्द रहेछ पत्ता यसबाट लाग्छ ।  जेहोस््, यो क्षेत्रका बासिन्दामा चेतना बढेको छ ।  यातायातको सुगमताले मुस्ताङका स्याउभन्दा जुम्लाको स्याउको बजार भाउ राम्रो छ ।  सुर्खेतबाट जुम्ला खलङ्गा सदरमुकामसम्म र काठमाडौँदेखि सल्लेरी, फाप्लु सोलुसम्म कालोपत्रे सडक सुविधाले आवत–जावतको सुगमता बढेको छ ।  हिजोको कर्णालीका महिलाको कालो कपडाको गुन्यो–चोली पहिरन झिलिमिली कुर्तासुरवालले रूपान्तर (विस्थापित) गर्दै छ ।  चाइनिज हरियो जुत्ताको सट्टा स्वदेशी म्याजिक र हात्तीछाप जुत्ताले बजार पाएका छन् ।  हिजो नेपाल र कर्णाली अति दुर्गम थियो, आज क्रमशः सुगम र सहज हुँदै गएको छ ।  एउटा कुनाको नेपालीले अर्को कुनाको नेपालीलाई नजिकबाट चिन्ने अवसर पाएको छ ।  खुसीको खबर छ ।  कर्णाली अञ्चल (१६% कुल नेपालको भूभाग) साँच्चै घुमफिर गर्न लायकको भएको छ ।  चाहे हुम्लाको सदरमुकाम उत्रेर मानसरोवर कैलाश पुग्नुस्, चाहे ताल्चा एयरपोट वा गुच्ची चौर प्रवेश गरेर गमगढी–राराताल जानुस् वा कालीकोटका सदरमुकाम मान्म पुगेर नाग्म बास बस्नुस् वा जुम्ला खलङ्गा उत्रनुस् वा सिंजा उपत्यका भ्रमण गर्नुस्, नेपाल र नेपालीलाई चिन्ने अवसर प्राप्त हुनेछ ।  यातायातको सुविधा, खानपिनको सुविधा, बासको राम्रो प्रबन्धले चिन्ता गर्ने ठाउँ कतै छैन ।  किन भारत वा समुद्रपार जाने रहर गर्नुहुन्छ ? आज काठमाडौँवासीले गोरखा मनकामना, ककनी, त्रिशूली, सुनकोशी, भोटेकोशीको मात्रै किन इच्छा गर्नु हुन्छ ? अति सस्तो दरमा खानपान गरेर यी ठाउँ घुम्ने प्रयास गर्नुस र अरूलाई पनि घुमाउनुस् ।  चितवनको सौराहमा हात्ती चढेर जङ्गल सफारी, पोखराको प्याराग्लाइडिङ जिपलाइन, अल्ट्रालाइट, लमजुङका गुरुङ÷घले होमस्टे र तनहुँका गुरुङ, मगर, दराई, तराईका थारू होमस्टेका मिठा परिकार, संस्कृति र आतिथ्य प्राप्त गरी ती ठाउँबाट उत्तरतर्फका हिमशिखरको अवलोकन गर्नुस्् ।  
नवलपरासीको अमलटारी होमस्टे, पाल्पाको होराजन, मदनपोखरा, काठमाडौंँ मच्छेगाउँको होमस्टे नेपाल, बर्दिया ठाकुरद्वार डल्लाको होमस्टे र राष्ट्रिय निकुञ्ज, कैलालीको टीकापुर पार्क (नेपालको सबैभन्दा ठूलो १६ बिगाहामा फैलिएको), त्यही ठाउँमा रहेको कालु हमालको बनाना रिसोर्ट एवं कर्णाली रिभर आइल्याण्डबीच रेष्टुरा, धनगढी भादाको थारू होमस्टे, कञ्चनपुर शुक्ला फाँटा निकुञ्ज र राना थारू होमस्टे र खण्तड निकुञ्जहरूको वर्णन गरेर साध्य हुँदैन तर त्यहाँ भेटिने रोमाञ्चकारी वस्तु (जैविक एवं प्राकृतिक सम्पदा तथा सांस्कृतिक र मानवीय आतिथ्य)को अवलोकन र रसास्वाद गर्ने कल्पना मात्रै होइन बुझ्ने, भ्रमण गर्ने जमर्को गर्नु जरुरी छ ।  यी ठाउँमा के भेटिन्छन् र ५ ज्ञानेन्द्रियमध्ये त्यहाँ कतिको सन्तुष्टिको व्यापार हुन्छ ।  प्रथमतः प्राकृतिक, पर्यावरणीय, जैविक र मानव संस्कृतिले अचम्भित बनाउँछ ।  दोस्रो, आत्मिक आतिथ्यले भावविभोर पार्छ, तेस्रो नयाँ परिकार र खानपानले भान्छामा नयाँ व्यञ्जनले प्रवेश पाउँदछ ।  ती ठाउँमा जङ्गल सफारी, विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटाको भ्रमणले प्रकृतिका जीवित प्राणी (बाह्रसिंगे, हरिण, गैंडा, नीलगाई, कृष्णसार)को आत्मीयता र प्रकृतिप्रेमी बनाउँछ, थारू नाचगान र खानपानले नेपालका अन्य जनजातिका संस्कृति र सम्पदा झन् कस्ता होलान् भन्ने कौतूहल÷खुल्दुली जगाउँछ ।  
पर्यटक बन्नु र पर्यटन व्यवसाय चलाउनु आर्थिक कारोबार र मनको तिर्सना, तिर्खा र इच्छा मेटाउने राम्रो अवसर हो ।  पर्यटन व्यवसायले व्यक्तिको सोच, व्यवहार र जीवन पद्धतिमा कायापलट गराउँछ ।  त्यसैले यो पेसा र विधा मानिसको आस्तित्व रहँदासम्म निरन्तर चलिरहन्छ ।  त्यसैले त धनी मुलुकका मानिस घुमघाम गर्ने गर्छन् ।  आज विश्वका अधिकांश देशको राष्ट्रिय आय आर्जनको स्रोत पर्यटन रहेको छ ।  चाहे धार्मिक, शैक्षिक, व्यापारिक तथा साहसी कार्यक्रम हुन््, ती सबैको माध्यम पर्यटन व्यवसायमा असर पार्ने रहन्छ ।  साउदी अरेवियाको मक्कामदिना, इजराइलको जेरुसलम, नेपालको पशुपति, मुक्तिनाथ लुम्बिनी, श्रीलङ्का र माल्दिप्सको मत्स्य खानपान (सीफुड) एवं नरिवल र समुद्रमा सर्फिङ, हङकङ, बैङ्कक, न्यूयोर्क, संघाई टोकियो, अफ्रिकी मुलुकको जङ्गल सफारी, आदिले के दिइरहेका छन् ? राज्य र पर्यटन व्यवसायीहरूले बुझ्ने कुरा हो ।  फर्केर सोच्न बाध्य गराउँछ ।  नेपाल बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकोले पर्यटन उद्यमको उत्तम गन्तव्य हो ।  त्यसैले सरोकारवाला सरकार, व्यवसायी र पर्यटकलाई आकर्षण गराउने वस्तु (प्रडक्ट्स) को त्रिकोणात्मक सम्बन्ध र समन्वय यस व्यवसायभित्र हुनु आवश्यक छ ।  सूचना र प्रविधिको विकासले विश्व एक भूमण्डीय घरमा सीमित हुन पुगेको छ ।  अन्तर्राष्ट्रिय स्तरमा नेपालका सम्पदाको बजारीकरण हुन सकेको छैन ।  
नेपालमा पर्यटन विकास जरुरी छ ।  पर्यटन प्रवद्र्धनबाट आत्मनिर्भरताको यात्रा तय गर्न मद्दत पुग्नेछ ।  यस यथार्थलाई बुझ्नु र बुझाउन आवश्यक छ ।  नेपाल र नेपालीलाई चिनौंँ, नेपाल भ्रमण गरौँ यो सन्देश फैलाउनु आवश्यक छ ।  तसर्थ ‘घुमफिर वर्ष २०७३’ सफल पार्ने काममा सबै पक्ष गम्भीर एवं सक्रिय हुनुपर्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना