सिंहले राजिनामा दिएकाे शिक्षणकाे डिनमा अग्रवाल

गोरखापत्र समाचारदाता

Jagadis-Agrawal-294x300काठमाडौं, मंसिर १८ गते । त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नियुक्त गरेको छ । शुक्रबार गठन भएको सर्च कमिटीको सिफारिसमा त्रिवि कार्यकारी परिषदले प्रा.डा अग्रवाललाई  डिन पदमा नियुक्त गरेको हो ।

नियुक्तिपछि गोरखापत्रसंग कुरा गर्दै प्रा.डा अग्रवालले आफू ठूलो चुनौतीका बीच आएको बताउनुभयो । उहाँले भन्नुभयो, गर्न धेरै बाँकी छ, चुनौतीको पहाड छ, सबैको सहकार्यबाटै म अगाडि बढ्नेछु ।

डा. अग्रवालको पदबहाल कार्यक्रम आइतबार हुने छ ।  डा. गोविन्द केसीले वरिष्ठताको आधारमा डिन नियुक्ति हुनुपर्ने माग गर्दै तत्कालीन डिन केपी सिंहलाई परिषदले डिन नियुक्त गरेकै दिनदेखि आमरण अनसन बस्नुभएको थियो ।  अनसनको २० औं डिन डा. केपी सिंहले राजीनामा दिएपछि नयाँ डिन नियुक्तिको सिफारिस गर्न शुक्रबार साँझ डा. कुमुदकुमार काफ्लेको संयोजकत्वमा डिन सर्च कमिटी गठन गरिएको थियो ।

यसअघि शनिबार बिहान स्वास्थ्य मन्त्री गगनकुमार थापाले आमरण अनसनरत डा. गोविन्द केसीसँग अनसन तोड्ने विषयमा भेट गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना