राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

President officeकाठमाडौँ, मङ्सिर १९ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आइतबार छलफलका लागि बोलाउनुभएको छ ।  नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको राष्ट्रपति कार्यालयबाट थाहा भएको हो ।  
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले छलफलका लागि आइतबार ४ बजे अघि शीतलनिवास आउन फोनमार्फत बोलावट भएको राससलाई जानकारी दिनुभयो ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना