प्रहरीले अाफ्ना कर्मचारीलाइ सहुलियत ऋण दिंदै

गोरखापत्र समाचारदाता

काठमाडौं, मङ्सिर १९ गते । नेपाल प्रहरीले प्रहरी कर्मचारीलाई आर्थिक रुपमा सक्षम, समुन्नत तथा आय आर्जनमुखी बनाउन २० करोड रुपियाँ सहुलियत ऋण कर्जाको घोषणा गरेको छ।

myadi police + rajendra

प्रहरी कल्याणकारी महाशाखाले विशेष आर्थिक कल्याणकारी कार्यक्रम अनुरुप कल्याणकारी कोषबाट पहिलो किस्ताका लागि रकम छुट्याएको हो । देश र जनताको सेवा गर्ने क्रममा मुलुकभर छरिएर रहेका प्रहरी कर्मचारीलाई सहुलियत ब्याजमा ऋण प्रदान गरी उनीहरुको घरपरिवार तथा स्वयंलाई न्यून ब्याजदरमा सहुलियत ऋण प्रदान गरिन लागिएको प्रहरी कल्याणकारी कोषले जनाएको छ।

वित्तिय कार्यक्रमले प्रहरी कर्मचारीलाई संगठनप्रति बफादार र इमान्दार बनाउनका साथै अपनत्वको विकास हुने अपेक्षा गरिएको छ। कोषले पहिलो किस्तामा रकम थोरै तर, अपेक्षाकृत प्रहरी कर्मचारीको संख्या धेरै भएकाले दरवन्दी संख्याको आधारमा समानुपातिक तवरले ऋण प्रदान गर्ने जनाएको छ।

यसका लागि प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, पूर्वक्षेत्रीय प्रहरी कार्यालय, मध्यक्षेत्र, पश्चिमक्षेत्र, मध्यपश्चिम र सुदूरपपिश्चमक्षेत्र गरी सात भागमा बाँडेको छ। नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत कर्मचारीका लागि एक करोड ९५ लाख रुपियाँ, महानगरीय प्रहरी (उपत्यका) का लागि तीनकरोड १८ लाख ५० हजार रुपियाँ, पूर्व क्षेत्रका लागि तीनकरोड ५६ हजार रुपियाँ, मध्य क्षेत्रका लागि तीनकरोड ६८ लाख रुपियाँ, पश्चिम क्षेत्रका लागि तीन करोड १० लाख रुपियाँ, मध्यपश्चिमका लागि दुई करोड ७६ लाख रुपियाँ र सुदूरपश्चिम क्षेत्रमा तैनाथ प्रहरी कर्मचारीका लागि एक करोड ६५ लाख रुपियाँ ऋण रकमको भागवण्डा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, नक्सालमा सातहजार ५५, महानगरीय प्रहरीमा ११ हजार पाँचसय ७६, पूर्वक्षेत्रीय प्रहरी कार्यालयमा १२ हजार नौसय ६९, मध्यक्षेत्रमा १३ हजार तीनसय ८१, पश्चिमक्षेत्रमा ११ हजार दुईसय ९५, मध्यपश्चिमक्षेत्रमा १० हजार ६२ र सुदूरपश्चिममा छहजार तीनसय ७१ वटा दरवन्दी रहेका छन्।

ती दरवन्दीमा कार्यरत सामान्य परिचरदेखि उच्च अधिकृतले प्रहरी कल्याणकारी कोषबाट सहुलियत दरमा ऋण प्राप्त गर्न सक्ने छन् । यसरी लिएको ऋण प्रहरी कर्मचारीहरुले व्यापार ब्यवसायका साथै कृषि लगायत विभिन्न सीप मूलक काम तथा आयआर्जन मुलक कार्यमा लगाउन सक्ने छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना