जाडो पनि ‘फेसनेबल सिजन’

winter 1काठमाडौं, मङ्सिर २४ गते ।  फेसन पछ्याउनेहरूका लागि जाडो महिना पनि ‘फेसेनेबल सिजन’कै रूपमा लिइन्छ ।  न्यानो साथै आफूलाई फेसेनेबल देखाउन केही कुरामा भने पक्कै पनि ध्यान दिनुपर्ने हुन्छ ।  अहिलेका युवापुस्ता ग्ल्यामरस र स्यासी लुक देखिन गर्मी मौसम पर्खेर बस्दैनन् ।  पातला र छोटा कपडा मात्र फेसन होइन भन्नेहरू पनि नभएका होइनन् ।  जाडोमा फिटिङ जिन्स, भुवादार ज्याकेट र घुडासम्म आउने बुट लगाएर हिँड्दा पनि युवतीहरू निकै ‘स्टाइलिस्ट’ देखिन्छन् ।
पहिरन अनुसार रङ मिलाएर टोपी, मफ्लर र हातमा पञ्जा लगाउने फेसन पनि चलेको छ ।  कार्यालयहरूमा काम गर्ने युवतीलाई कोट र पाइन्ट सुहाउँदा ।
फेसनको दौडमा युवा पनि मौसमअनुसार कम पाइँदैनन् ।  आकर्षक देखिन उनीहरू स्टाइलिस्ट कोटसँग जिन्स पाइन्ट लगाउन रुचाउँछन् ।  जाडोमा फेसनेबल कोटका साथै भुवादार ज्याकेट, प्यारेलाल पाइन्ट, छालाको ज्याकेट युवाको रोजाइ हुन्छ । wint1r 2
जाडोमा कस्तो पहिरन गर्ने ?
–    जाडोमा विभिन्न डिजाइनका स्टाइलिस कोट वा ज्याकेट लगाउन सकिन्छ ।  ज्याकेटले बाहिरी सुन्दरताका साथै व्यक्तित्वसमेत झल्काउँछ ।
–    दुब्ला मानिसले सकेसम्म फिटिङ पहिरन लगाउँदा सुन्दर देखिन सहयोग पुग्छ ।  गर्मीमा जस्तो डिजाइन जाडोमा लगाउन नसकिए पनि अरूभन्दा फरक लुक्स देखाउन भने सकिन्छ ।
–    जाडोमा विभिन्न डिजाइनका ऊनका टोपी र क्याप लगाउन सकिन्छ ।
–    कोट, ज्याकेट वा हाइनेकमाथि फरक डिजाइनका मफ्लर तथा पन्चुले राम्रो देखिन मद्दत गर्छ ।
–    जिन्स पाइन्ट, चुज पाइन्ट र भेलभेटको लेगिन्समा लामो जुत्ता (लङ बुट), छोटा जुत्ता (सर्ट बुट), वेइज हिल बुट आदि लगाउँदा थप फेसेनेबल देखिन्छ ।  
–    साडी, ब्लाउज, कुर्ता सुरुवालका साथै अन्य पहिरनमा समेत कोट वा स्वेटरको तालमेल मिलाउन सकिन्छ ।
– हाइनेकबाहिर विभिन्न डिजाइनका जम्पर लगाउन सकिन्छ ।  यसले मोटो शरीर भएकाहरूलाई दुब्लो देखाउनसमेत सहयोग पुग्छ ।
फेसनका केही नियम
–    मोटो शरीर भएका महिलाका लागि सिल्क, साटन जस्ता पातला फेब्रिकका कोट उपयुक्त मानिन्छ ।
–    अहिले बजारमा चेक बुट्टा भएका लुगा धेरै आएका छन् ।  यस्ता बुट्टा भएका लुगाले अरूभन्दा फरक देखाउन सहयोग गर्छ ।
–    कालो र सेताको तालमेल (कम्बिनेसन) मिलाउँदा राम्रो देखिन्छ ।  साधारण सेतो सर्टसँग कालो ट्राउजर लगाएमा जाडोका लागि राम्रो हुन्छ ।  जाडोमा पनि रङ्गीन लुगाले अनुहार उज्यालो देखाउँछ ।
–    मोतीका गहना, चप्पल–जुत्ता, कानमा लगाउने गहना, पेटीजस्ता उज्यालो रङका एसेसरिजले स्टाइलिस लुक प्रदान गर्छन् ।
–    फूलबुट्टे प्रिन्टले पनि जाडोमा ताजापन प्रदान गर्छ ।  
–    अहिले जम्पसुट तथा ओभरकोटको पनि फेसन छ ।  अफिस वा डे वेयरका लागि भने प्लेन वा प्रिन्टेड जम्प सुट राम्रो हुन्छ ।
–    अहिलेको युवापुस्ताले रङको तालमेलमा ध्यान दिनेगरेको पाइँदैन भने अहिले फेसनमा पनि रङ्गीन लुगाहरू चलिरहेका छन् ।  
(पाटनढोकास्थित काव्य बुटिकका फेसन डिजाइनर उमा नेम्कुलसँग गरिएको कुराकानीमा आधारित)
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना