भूकम्पबाट पशुधन, बीउबिजन र खाद्यान्न जोगाउने काइदा

toya gautamतोया गौतम


 

विनाशकारी विपद् मानिसका लागि असाध्यै कठिन र चुनौतीपूर्ण त हुन्छन् नै तर तिनले त्यस्ता विपद्बाट आगामी दिनमा कसरी सुरक्षित रहने भन्ने कुराको खोजी गर्ने अवसर समेत उपलब्ध गराइरहेका हुन्छन् ।  
सन्दर्भ २०७२ सालको महाविनाशकारी भूकम्पकै हो, जसमा आठ हजारभन्दा बढी मानिसको ज्यान गयो, ३० हजारभन्दा बढी मानिस घाइते भए, हजारौँ सार्वजनिक एवं ऐतिहासिक तथा सांस्कृतिक महìवका भवनका साथै मानिसहरू बसोबास गर्ने निजी आवास समेत नोक्सान भए ।  राज्य र दाताहरूको सहयोगको अधिकांश हिस्सा पनि त्यतै लक्षित देखिन्छ तर सो विपद्ले अत्यधिक नेपालीको जीवन र जीविकाको मूल आधारको रूपमा रहेको कृषि क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको कुरा बिर्सन हुन्न ।  कृषि क्षेत्रमा भएको यो क्षति करिब १० अर्ब रुपियाँ बराबरको रहेको, करिब १ लाख ३५ हजार मेट्रिक टन खाद्यान्न नष्ट भएको, १७ हजारभन्दा बढी गाईवस्तु लगायतका ठूला चौपाया, करिब ४१ हजार साना चौपाया र १ लाख ४७ हजारभन्दा बढी कुखुरालगायतका पक्षीहरू नोक्सान भएका विवरणहरू सार्वजनिक भएका छन् ।  किसानले पशुवस्तु राख्नका लागि बनाएका करिब एक लाख गोठ÷खोरहरू नष्ट भएको आँकडा प्रकाशित भएको छ ।  भूकम्पबाट बचेका आफ्ना पशुवस्तुलाई राख्ने गोठहरूका साथै भूकम्पपछि खेतबारीमा फलेको खाद्यान्न राख्ने ठाउँसमेत नपाएर किसानहरूले सास्ती भोग्नुपरेको छ ।  कतिपय ठाउँमा त बीउसमेत पुरिएकाले किसानलाई बाली लगाउनै समस्या भयो ।  
सबैको सहकार्य
माथि उल्लिखित समस्या न्यूनीकरणका लागि मकवानपुरका केही गाउँ भने उदाहरणीय रूपमा अघि बढे ।  त्यहाँ सरकारी तथा गैरसरकारी क्षेत्र र सहयोगदाता एवं स्वयं कृषक र उनीहरूका समूहले आपसमा सहकार्य गर्दै तत्कालको समस्या समाधानका लागि मात्र नभई भविष्यमा पनि पशुवस्तु, उत्पादित अन्न तथा अन्य बाली र बीउबिजनलाई भूकम्पजस्ता विपद्बाट सुरक्षित राख्ने संरचनाहरू निर्माण गरेका छन् ।  भूकम्पबाट बढी क्षति व्यहोरेका र अन्यत्रबाट पर्याप्त सहयोग नपाएका एवं आफैंँ पनि केही योगदान गर्न तम्तयार किसान र उनीहरूका समूहलाई नेपाल सरकारको जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालयको सिफारिसका आधारमा छनोट गरी त्यस्ता प्रयासहरू अगाडि बढाइएका छन् ।  
संयुक्त अधिराज्य बेलायतको डी.एफ.आई.डी÷समर्थले गरेको आर्थिक सहयोगका आधारमा यस्तो सहकार्यको अगुवाई र संयोजन चितवनमा केन्द्रीय कार्यालय रहेको गैरसरकारी संस्था ‘फरवार्ड’ ले गरिरहेको पाइन्छ ।  यसमा जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय एवं यी निकायअन्तर्गत रहेका सेवा केन्द्रका प्राविधिकले नियमित अनुगमन तथा प्राविधिक सरसल्लाह प्रदान गरिरहेका छन् ।  यस्ता संरचना निर्माण नेपाल सरकारका तर्फबाट उपलब्ध गराइएको मापदण्डकै आधारमा गरिएको छ ।  यस काममा किसानले जमिन उपलब्ध गराउने, जमिन सम्याउने, बेराबारा गर्ने, निर्माण कार्यको निरन्तर रेखदेख गर्ने, आवश्यक विद्युत् उपलब्ध गराउने, गिटी वा बालुवामध्ये कुनै एक उपलब्ध गराउने र आवश्यकता अनुसार जनश्रम जुटाउने कार्य गरेका छन् ।  
सामान्यतः कुनै बाध्यताबाहेक एकले अर्कालाई सम्भव भएसम्म उपेक्षा गर्ने, मन नपराउने र आआफ्नै ढङ्गले अघि बढ्ने सरकारी तथा गैरसरकारी क्षेत्र र विदेशी सहयोगदाताको प्रवृत्ति यहाँ नदेखिनु बरू सक्रियतापूर्वक आपसी सहकार्य गर्नु आफैंँमा अरूका लागि पनि अनुकरणीय देखिन्छ ।  नेपाल सरकारको कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झा भन्नुहुन्छ, “यहाँ हामीले सिफारिस गरेकै ठाउँमा, नेपाल सरकारकै मापदण्डअनुसार र सुरु अर्थात् योजना निर्माणभन्दा अगाडिदेखि नै आपसी सहकार्यमा स्थानीय किसानका लागि जुन काम गरिएको छ, त्यो उदाहरणीय छ । ” मकवानपुरका सक्रिय पत्रकार प्रताप विष्टको धारणामा पनि “यो सहकार्य अहिलेसम्म गाउँमा आएर जनताका लागि काम गर्छु भन्नेहरू सबैले सिक्नु र अपनाउनुपर्ने खालकै देखिएको छ । ”  
छ सयवटा नमूना गोठ
यस सहकार्यअन्तर्गत मकवानपुरमा भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएका भैँसे, नामटार, आगरा र पालुङ–टिस्टुङ क्षेत्रमा छ सय जना किसानका घरबारीमा छुट्टाछुट्टै नमुना गोठहरू बनेका छन् ।  बाख्रामात्र पाल्ने किसानका लागि केही साना र गाईवस्तु र बाख्रा दुवै पाल्नेका लागि १४ वटासम्म स्थानीय जातका गाई र केही बाख्रा राख्न सकिने गोठहरू बनाइएका छन् ।  आधुनिक ढङ्गले बनाइएका त्यस्ता गोठहरूबाट भकारो सोहर्न सहज हुने र सजिलैसँग पशुवस्तुको पिसाब सङ्कलन गर्न सकिने तरिका पनि अपनाइएको छ ।  गोठको भुइँलाई सिमेन्ट, बालुवा, गिटीबाट ढलान गरिएको र छानामा जस्तापाता लगाइएको छ भने पिलर र बीमका ठाउँमा फलामे पाइपहरू राखिएका छन् ।  गोठको बेरा बनाउँदा ढुङ्गाको गाह्रो नलगाइ काठ–पात, चित्रा–भकारी आदि प्रयोग गर्न किसानलाई सिफारिस गरिएको छ ।  यी गोठहरू नेपाल सरकारले लागू गरेको ‘महाविनाशकारी भूकम्पले क्षति पु¥याएका क्षेत्रमा पशुका लागि भूकम्प प्रतिरोधी नमुना गोठ÷खोर निर्माणका लागि मापदण्ड –२०७२’ अनुरूप बनाइएका छन् ।  नामटार गाविसका पूर्व अध्यक्ष एवं समाजसेवी कृष्णबहादुर बम्जन भन्नुहुन्छ, “हाम्रो गाउँमा भूकम्प पछाडि आएको पशुधन जोगाउने यो पहिलो तर अब भूकम्प आए पनि केही नहुने धेरै महìवपूर्ण राहत हो ।  यसबाट गोठका लागि सहयोग मात्र होइन, अब स्थानीय जनताले कसरी भूकम्प प्रतिरोधी गोठ बनाउने भन्ने ज्ञान र सीप पनि पाएका छन् । ”
आधुनिक अन्न तथा बीज भण्डार
मकवानपुरकै आगरा गाविसको डाँडाबास र थाहा नगरपालिकाको फुर्केमा यसै कार्यक्रमअन्तर्गत भूकम्पप्रतिरोधी आधुनिक आलु भण्डार गृह निर्माण भएको छ ।  आलुको गुणस्तरीय बीउ जोगाउनका लागि यो भण्डार गृह निकै उपयुक्त छ ।  यस्तो भवनभित्रका ¥याकमा आलुको बीउ राख्नाले मुसा, सेतो पुतलीको लार्भा, ओस, अनावश्यक धूवाँ र तातोपन जस्ता समस्याबाट समेत बचाउन सकिन्छ ।  मकवानपुरका हटिया र छतिवनमा भने धानको बीउ जोगाउने र पदमपोखरीमा मकैको बीउ जोगाउने आधुनिक भण्डार गृहहरू निर्माण गरिएका छन् ।  प्रत्येक भण्डार गृहको क्षमता ५० मेट्रिक टन रहेको छ ।  
स्थानीय कृषक समूहले सञ्चालन गर्ने यी भण्डार गृहहरू विपद्का बेलामा बीउ भण्डारणका लागि मात्र नभई खाद्यान्न भण्डारणका लागि पनि उपयोग गर्न सकिने पदमपोखरीको गुप्तेश्वरी कृषि सहकारी संस्थाकी अध्यक्ष बसुन्धरा लामा बताउनु हुन्छ ।  
सिक्नुपर्ने कुरा
विपद्ले दिएको चुनौतीलाई अवसरका रूपमा बदल्ने उल्लिखित क्रियाकलापहरू निःसन्देह पर्याप्त छैनन् तर विपद्का बेला ग्रामीण क्षेत्रमा पशुधन जोगाउने र खाद्यसुरक्षालाई मद्दत पु¥याउने यी उदाहरणीय प्रयासहरू भने पक्कै हुन् ।  भूकम्पजस्ता विपद्हरू कहीँ पनि र कुनै पनि समयमा आउन सक्छन् तर आइसकेपछि मात्र यस्ता उपायमा ध्यान दिनेभन्दा विपद् आउनु पूर्व नै ध्यान दिएर यस अभ्यासलाई देशका हरेक गाउँघरमा अभियानका रूपमा अघि बढाउनु जरूरी छ ।  कसैले पनि एक्लै सञ्चालन गर्न कठिन हुने यस कामका लागि मकवानपुरका यी केही उदाहरणमा झैं सरकारी तथा गैरसरकारी क्षेत्र, सहयोगी निकायहरू र स्थानीय जनताले काँधमा काँध मिलाएर सहकार्य गर्नुपर्छ ।  यसका लागि योजनाकारले प्रारम्भिक तयारी थालिहाल्नु जरूरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना