सबैको आँखा साझा बसमा

basanta acharyaबसन्त आचार्य

 

जसरी सूचना प्रविधिले संसारलाई सानो गाउँमा रूपान्तरण गरेको छ, त्यसैगरी यातायातको सेवाले विश्वलाई साँघुरो बनाउनमा सहयोग पु¥याएको छ ।  आधुनिक सहर र सुविधामा सहरी यातायातलाई सार्वजनिक यातायातकै रूपमा विकसित गर्नुको विकल्प छैन ।  निजी सवारी साधनले आम सहरबासीलाई परिवहनको सहज, सुलभ र सरल सेवा प्रवाह गर्न सक्दैन अर्कोतिर मुनाफाको उद्देश्यले सञ्चालित निजी क्षेत्रका यातायात कम्पनीहरूको ध्यान सेवा प्रवाहभन्दा मुनाफा प्राप्तिमा बढी केन्द्रित हुने कुरामा कुनै शंका छैन ।  यस अर्थ पनि साझा बस सेवा आवश्यक छ ।  
विश्वसनीय यात्रा
नेपालमा साझा यातायात सहकारीबाट पुनः सञ्चालनमा आएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझा बस सेवा उद्घाटनका क्रममा आफूलाई साझा बसको टिकट काटेर यात्रा गर्दा कुनै बेला हवाईजहाज नै चढेझँै आनन्द महसुस भएको सुनाउनु भयो ।  वास्तवमा विगत समयमा छुटेर सुरक्षित ढङ्गले समयमा नै गन्तव्यमा पु¥याउने साझा बस गुड्दा जो कोहीको पनि विश्वास बढेको थियो ।  सरकारी बसको रूपमा आफ्नो ब्रान्ड बनाउन सफल साझा बस विश्वासको धरोहर नै थियो ।  तर यो सेवा बन्द गरियो ।  तर यसका महìव बुझेका नागरिकहरूको पहलमा पुनः सञ्चालनमा आउँदा धेरै नेपालीको मन खुसीले गद्गद् भयो ।  अहिले पनि यो सेवाले साझा बस हरियो बस, साझा बस जनताको बस र साझा बस विश्वासिलो र भरपर्दो यात्रा भन्ने मान्यतालाई स्थापित गराउन खोजेको देखिन्छ ।  
सुरक्षित यात्राको साधन ः
प्रत्येक यात्रुको प्रमुख शुभेच्छा सुरक्षित यात्रा नै हो ।  सुरक्षित यात्राको लागि गुणात्मक सेवा प्रवाह, क्षमता अनुसारको संख्यामा यात्रु र चालु हालतमा रहेको बसको इन्जिन तथा उपकरणहरू चाहिन्छ ।  साझा बस नाफाको उद्देश्यभन्दा पनि सेवाको भावनाले अभिप्रेरित भई सञ्चालित यातायात सेवा भएकोले यसले असुरक्षित यात्रा प्रारम्भ गर्दैन ।  यही अनुभवबाट देखिन्छ, साझा बसमा खटिने जनशक्तिमध्ये चालक, सहचालक तथा अन्य कर्मचारीहरू कुशल, अनुभवी र जिम्मेवार छन् ।  परिणामतः दुर्घटनाको सम्भावना पनि अत्यन्तै न्यून रहेको अनुभव छ ।  सुरक्षित यात्रा एकातिर प्राविधिक पक्षको सबलता हो भने अर्कोतर्फ चोरी, डकैती र लुटपाट जस्ता आपराधिक घटना हुन नदिनुको साथै लैङ्गिक हिंसामुक्त वातावरण र मानवोचित व्यवहार नै  यसका सबल पक्ष हुन् ।  
 सबैको भरोसा ः
सुविधा सम्पन्न व्यक्तिहरू आफ्नै स्रोतबाट निजी सवारी साधन खरिद गरेर पनि यात्रा गर्न सक्दछन् ।  तर गरिब तथा न्यून आय भएका मजदुर, किसान, विपन्न तथा स्रोत साधनमा पहुँच नभएका कमजोर व्यक्तिका लागि सहज पहुँचको साधन नै साझा बस हो ।  वास्तवमा लोककल्याणकारी राज्यले आफ्नो कमजोर नागरिकका लागि सस्तो भाडा दरमा सार्वजनिक यातायातको प्रबन्ध गर्नुपर्दछ ।  विपन्नहरूको हक हित र सुरक्षाका निम्ति राज्यले लगानी गर्नुपर्छ भन्ने मान्यता विश्वव्यापी छ ।  जसरी शिक्षा, स्वास्थ्य, बसोबास, खानेपानी, खाद्य अधिकारलाई प्रवद्र्धन गर्ने गरिन्छ, त्यसैगरी सार्वजनिक यातायातलाई पनि सरकारले प्राथमिकतामा राखी व्यवस्थापन गर्नुपर्दछ ।  सार्वजनिक यातायात मानव अधिकार अन्तर्गतको त्यस्तो महìवपूर्ण अधिकार हो, जुन अन्य अधिकार प्राप्तिका लागि पनि प्रारम्भमै उपलब्ध गराउनुपर्दछ ।  सार्वजनिक यातायातको सहज पहुँच बिना आजको जटिल संरचनायुक्त समाजमा कसैले पनि आफ्नो गतिविधिलाई सक्रिय बनाउन सक्दैन ।  तसर्थ मौलिक हकहरूको सुनिश्चिताको लागि नागरिकहरू एक स्थानबाट अर्को स्थानमा दैनिकजसो नै आवतजावत गर्न अपरिहार्य हुन्छ ।  साझा बस नेपालीमाझ यस्तै प्रकृतिको यातायात सेवा हो जसले विपन्न वर्ग, गरिब र सर्वसाधारणका लागि आस्था, भरोसा, विश्वास र सहज साथीको काम गर्दै आएको छ ।  सबै उमेर, जात, भाषा, धर्म, वर्ग, लिङ्ग, शारीरिक अवस्था (सबल वा दुर्बल) जेसुकै भिन्नता भएका व्यक्तिका लागि समेत सम्मानजनक, सुविधाजनक र सहुलियतपूर्ण यात्राको भरोसा भनेकै साझा बस हो ।  यो सेवा देशव्यापी हुने वातावरण बन्न जरुरी छ ।  
 ठूलो बस ः
नेपाल सरकारको सडक चौडा बनाउने र एउटै यातायातको साधनमा धेरै यात्रु चढ्न पाउने ठूलो बसको अवधारणा साझा बसले साङ्केतिक रूपमा पूरा गरिरहेको छ ।  देशव्यापी सञ्जाल विकास गर्नसके मात्र साँच्चै ‘चौडा सडक ठूलो बस’ को नारा सार्थक भएको मान्न सकिन्छ ।  काठमाडौँ लगायतका देशका मूल सहरहरूमा साना निजी सवारी साधनको संख्यामा भइरहेको तीव्र वृद्धिले गर्दा सहरी यातायात ढिलो, पट्यारलाग्दो र लामलाग्दो बन्दै गइरहेको सन्दर्भमा मेट्रो तथा मिनी रेल, ट्रली बस, साझा बस तथा केबुल कार जस्ता विकल्पहरूमा जानुपर्छ ।  यी विकल्पमध्ये यही साझा बस सेवालाई देशव्यापी बनाउन सरकारी, सहकारी र निजी क्षेत्रको स्रोत साधनलाई अधिकतम उपयोग गरी सञ्जाल विस्तार गर्नुपर्छ ।  
साझाको सञ्जाल ः
साझा यातायात सहकारीको व्यवस्थापनमा परिचालित यो सेवा अन्तर्गत हाल काठमाडौँ उपत्यकाभित्र चारवटा रुटमा ३८ वटा र उपत्यका बाहिर आठवटा बस सञ्चालित छन् ।  जम्मा ४६ वटा बसमध्ये १६ वटा बस साझा यातायातको अचल सम्पत्ति बिक्रीबाट खरिद गरी सञ्चालनमा ल्याइएको हो भने भर्खरै सेवामा ल्याइएका थप ३० वटा बस काठमाडौँ महानगरपालिकाको १० करोड रुपियाँ लगानीबाट ३० वटा  बस सञ्चालनमा ल्याइएका हुन् ।  यसैगरी देशभरका अन्य स्थानीय निकायहरूले समेत आफ्नो क्षमता अनुसार वित्तीय सहभागिता मार्फत साझाको सञ्जाल विस्तार गर्न सकेमा धेरैभन्दा धेरै जनताले सेवा पाउने थिए ।  स्थानीय निकायको अलावा सरकारी निकाय, कार्यालय, बैंक तथा वित्तीय संस्था, अन्य सहकारी संस्था, निजी क्षेत्र र सामुदायिक क्षेत्र, गैरसरकारी सङ्घ संस्था समेतलाई सहभागी गराई देशव्यापी साझा यातायात सहकारीको संरचना विकास गर्दै सडकको क्षमता र अवस्था अनुसार हरियो रङको भरपर्दो र विश्वासिलो साझा बसको सञ्जाल विस्तार भएमा नेपाली जनताको कल्याण हुने देखिन्छ ।  
सिण्डिकेटलाई प्रहार ः
यातायात क्षेत्रमा कानुन विपरीत खुलमखुला सिण्डकेट छ ।  चाडबाडको बेलामा सिण्डिकेटकै कारण थुपै्र सडक दुर्घटना भई सयौँको ज्यान जाने गरेको छ ।  यस अवस्थामा सिण्डिकेट तोड्न सडकभरी हरिया बसको पहुँच अनिवार्य छ ।  प्रशासनले जनताको सुरक्षित र भरपर्दो यातायात सेवा पाउने हकलाई सुनिश्चित गराउन सकेको छैन ।  अब साझा यातायात पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई मधेसदेखि पहाडी हिमाली जिल्लाका कुना कुनासम्म फैलनु पर्छ र यातायात क्षेत्रमा देखिने अराजकता, नैराश्य, अनुशासनहीनता र मुनाफा केन्द्रित सोच बदल्नु पर्दछ ।  सार्वभौम नेपाली जनताले साँच्चै सडक यात्रामा पनि सार्वभौम र सम्मानित नागरिकले पाउने व्यवहार पाउनुपर्छ ।  
अबको सोच ः
साझा बसको पुनर्सञ्चालन र यसको ब्राण्डनेम, विश्वसनीयता, गुणात्मक सेवा र सफल अनुभववाट प्रभावित भई साझा बसकै सेवालाई विस्तार, विकास र आधुनिक बनाउन चालिएको कदम आफैँमा महìवपूर्ण हो ।  सार्वजनिक यातायातलाई विस्तार, व्यवस्थित, सुनिश्चित, सेवामुखी र आधुनिक बनाउन अन्य उपमहानगरपालिका तथा नगरपालिकाहरू समेतले पहल गरेमा त्यहाँ नागरिकले पनि गीत गाउने थिए– हामी पनि हुइँकिउ अब साझा बसमा... ।  सबैको आँखा साझा बसमा रहेका बेला यसको विकास र विस्तार गर्न साझा यातायात सहकारीले ढिला गर्नु हँुदैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना