पर्वतीय क्षेत्रमा जलवायु परिवर्तन असर

 prakash thapaप्रकाश थापा


हरेक वर्ष डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसको रूपमा मनाउने गरिन्छ ।  सन् २००३ पश्चात् मनाउन लागिएको यस दिवसको मूलभूत उद्देश्य मानव जीवनमा पर्वतीय क्षेत्रको महìवबारे जनचेतना जगाउनु, यस क्षेत्रको विकासका सम्भावना र चुनौती केलाउनु तथा यस क्षेत्रको जनजीवन र वातावरणमा सकारात्मक परिवर्तन ल्याउनु रहेको छ ।  पर्वतीय क्षेत्रले पृथ्वीको २२ प्रतिशत भूभाग ओगटेको छ भने करिब १३ प्रतिशत जनसङ्ख्या यस क्षेत्रमा रहेका छन् ।  पर्वतीय क्षेत्र आफँैंमा जैविक विविधता र कला संस्कृतिमा भरिपूर्ण छ ।  यस क्षेत्रले प्रत्यक्ष अप्रत्यक्षरूपमा तल्लो तटीय क्षेत्रलाई समेत फाइदा पु¥याइराखेको छ ।  यस क्षेत्र स्वच्छ पानीको प्रमुख स्रोत मात्र नभई विभिन्न जडीबुटीको भण्डार हो ।  विविध खाद्यान्न पनि पर्वतीय क्षेत्रले पु¥याइराखेको छ ।  यही महìवपूर्ण पर्वतीय क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन हरेक वर्ष अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने गरिन्छ ।  यस वर्ष पनि अन्तर्राष्ट्रिय पर्वतीय दिवसको नारा ‘पर्वतीय संस्कृतिः विविधता मनाउने र पहिचान बलियो बनाउने’ रहेको छ ।
तर बदलिँदो विश्व परिवेशमा जलवायु परिवर्तनले गर्दा पर्वतीय क्षेत्रको भविष्य जोखिमपूर्ण अवस्थामा छ ।  साधारणरूपमा भन्नुपर्दा जलवायु परिवर्तन भनेको लामो अवधिमा तापक्रम, वर्षा र हावाको अवस्थामा आएको परिवर्तन हो ।  यही बढ्दो जलवायु परिवर्तनले गर्दा विश्वको तापक्रम प्रति वर्ष शून्य दशमलव ००२४ डिग्री सेल्सियसका दरले बढिरहेको छ ।  बढ्दो तापक्रमले गर्दा हिमाली क्षेत्रमा हिउँ पग्लिने दर तीव्र गतिमा छ भने हिमतालहरू फुट्ने जोखिमपूर्ण सम्भावनाहरू पनि धेरै छन् ।  यसैगरी हिमाली भेगमा हिउँ पर्ने क्रममा पनि कमी आइरहेको छ ।
नेपालको तापक्रम प्रति वर्ष शून्य दशमलव ०६ डिग्री सेल्सियसका दरले बढिरहेको छ ।  नेपालमा रहेका दुई हजार ३२३ वटा हिमतालमध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिम खेपिरहेका छन् ।  
वि.सं २०६६ मा हुम्ला जिल्लाको हल्जी क्षेत्रमा ताक्सो हिमताल फुटेर आउँदा बाढीको प्रकोप भएको थियो ।  उता पूर्वी नेपालमा रहेको खुम्बु हिमनदी सन् १९५३ देखि ५ किलोमिटर घटेको सुनिन्छ ।  यस्ता अनेकौँ प्रकोपहरू भावी दिनमा अझ बढी नआउलान् भन्न सकिँदैन ।     
जलवायु परिवर्तनले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा समेत नकारात्मक प्रभाव पारिरहेको छ ।  हिमाली क्षेत्रमा पाइने वनस्पति तथा जीवजन्तुहरू जलवायु परिवर्तनबाट समस्याग्रस्त अवस्थामा छन् ।  मनास्लु क्षेत्रमा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले गरेको प्रारम्भिक अध्ययनअनुसार तालिस पत्र र भोजपत्रको प्राकृतिक बसाइ प्रति वर्ष १ दशमलव ५ मिटरदेखि ३ दशमलव ४ मिटरका दरले माथि सरिरहेको तथ्य पाइएको थियो ।  जलवायु परिवर्तनले वृक्षको वृद्धिमा समेत नकारात्मक परिवर्तन पारिरहेको विभिन्न अध्ययनले देखाइरहेका छन् ।  यसैगरी हिमाली भेगका हिउँ चितुवा, ब्वाँसो, नाउर लगायतका वन्यजन्तुहरूको वासस्थानमा पनि जलवायु परिवर्तनले असर पारिरहेको छ ।
अर्कोतर्फ हिमाली भेगको कृषि तथा पशुपालनमा जलवायु परिवर्तनको असर परेको छ ।  मुस्ताङ जिल्लामा स्याउको उत्पादनमा कमी आइरहेको बेलाबखत सुन्नमा आइरहेको छ ।  खेतीबाली उब्जनीतर्फ पनि हालैका वर्षमा हिमाली क्षेत्रमा व्यापक रूपमा जलवायु परिवर्तनले प्रभाव पारेको छ ।  त्यसैगरी हिमाली चरण क्षेत्रमा जलवायु परिवर्तनको प्रभावले घाँस उत्पादन क्रमिकरूपमा कमी आएका कारण पशुपालन व्यवसाय पनि अफ्ठ्यारो अवस्थामा छ ।  चिसो हावापानीमा राम्रो हुर्कने च्याङ्ग्रामा तापक्रम वृद्धिले गर्दा झाडापखाला लगायतका अनेकाँै रोगहरू देखा परेका समाचार उपल्लो मुस्ताङबाट आउँछन् ।  यसबाहेक चौंँरीमा पनि विविध समस्याहरू देखापर्न थालेका छन् ।  हिमाली भेगको मुख्य पेसा पशुपालनमा दिनानुदिन नकारात्मक असर बढिरहेको छ ।  मुस्ताङमा हिउँ थोरै पानी धेरै पर्न थालेका कारण हिजोआज माटोले बनेका परम्परागत घरहरू छिटो भत्किन थालेका छन् ।  यही कारण स्थानीय बासिन्दा यस्ता समस्याबाट जोगिन जस्तापाताको छाना छाउने गरी फरक ढाँचामा घर बनाउन थालेका छन् ।  हिमाली भेगका पाइने जडीबुटी यार्सागुम्बाको सङ्कलनमा कमी हुनु पनि जलवायु परिवर्तन हो भन्ने आवाज सुनिन थालेका छन् ।
पर्वतीय क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा पनि जलवायु परिवर्तनले नकारात्मक असर पारिरहेको छ ।  जलवायु परिवर्तनको प्रभावले कतै हिमाली भेगको पर्यटन पनि प्रभावमा पर्ने त होइन भन्ने प्रश्न सिर्जना भएको छ ।  हिउँले वर्षभरि ढाक्ने हिमालहरूबाट हिउँ पग्लिएर चट्टान कालो देखिन सुरु भइसकेको छ ।  यो सङ्केत अवश्य पनि पर्वतीय क्षेत्रका लागि शुभ होइन ।
पर्वतीय क्षेत्र सम्पर्ण पृथ्वीको छानो हो ।  जसरी घरको छानो ढले घरको अस्तित्व रहँदैन, त्यसरी नै हाम्रो पृथ्वी पनि पर्वतीय क्षेत्रविना अस्तित्वमा रहन सक्दैन ।  पर्वतीय क्षेत्र आफैंँमा कला संस्कृति, जैविक विविधता र सौन्दर्यको खानी हो ।  पर्वतीय क्षेत्रले तल्लो तटीय क्षेत्रलाई दिने वातावरणीय सेवा अत्यन्त महìवपूर्ण छ ।  यो क्षेत्रमा आउने सानो परिवर्तनले तल्लो तटीय क्षेत्रलाई नराम्ररी असर गर्न सक्छ ।  
पर्वतीय क्षेत्र संरक्षण भए सम्पूर्ण प्राणी जगत्ले खाद्यान्नदेखि प्रकृतिका अन्य अनुपम उपहार प्राप्त गर्ने छन् ।  त्यसैले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको नकारात्मक प्रभाव कम गर्ने र परिवर्तित अवस्थामा अनुकूलित हुने बेला आइसकेको छ ।  एकातर्फ कार्वन उत्सर्जनमा कमी ल्याउँदै वनजङ्गलको संरक्षण गरी बढ्दो उष्णीकरणलाई कम गर्न सारा विश्व जुट्नुपर्छ भने अर्कातर्फ सुमादय अनुकूलनका कार्यक्रमहरू अगाडि सार्दै जानुपर्छ ।  पर्वतीय क्षेत्रको संरक्षण, विकास तथा प्रवद्र्धनमा सारा विश्वको आँखा जानुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना