मतपरिणाम स्वीकार गर्न गाम्बियाका राष्ट्रपतिलाई अाग्रह

संयुक्त राष्ट्रसङ्घ, मंसिर २६ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले निर्वाचनको मतपरिणामलाई पूर्ण रुपमा स्विकार्न गाम्बियाका निवर्तमान राष्ट्रपति याहया जम्मेह र सवै राजनीतिक नेताहरुलाई आग्रह गर्नु भएको छ ।
120823073109-gambia-yahya-jammeh-horizontal-large-gallery

उहाँले निर्वाचनबाटै समस्याहरुको समाधान निकाल्न र कानुनी प्रक्रियालाई स्थापित गर्न पनि आह्वान गर्नु भएको छ ।

महासचिव मुनका प्रवक्ताद्धारा जारी वक्तव्यमा गाम्बियाका नेता जम्मेहले गत डिसेम्बर एकका दिन भएको निर्वाचनको मतपरिणाम नस्विकार्ने शुक्रबार बताउनु भएको प्रति मुनले चिन्ता व्यक्त भएको छ ।

गाम्बियाका जनताले निर्वाचन मार्फत व्यक्त गरेको चाहनालाई सम्मान गर्न पनि मुनले आग्रह गर्नु भएको वक्तव्यमा भनिएको छ ।

जम्मेहले निर्वाचन भएको एक हप्तापछि शुक्रबार मत परिणाम नस्विकार्ने बताउदै नयाँ निर्वाचन गर्न माग गर्नुभएको थियो ।

त्यसको भोली पल्ट शनिबार बिहान राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि सार्वभौम जनताको रोजाईलाई नस्विकार्नु जम्मेहको गल्ती हुने टिप्पणी गरेको छ ।

राष्ट्रपतिमा नवनिर्वाचित अदाम बार्रोलाई कुनै शर्त विना कुनै ढिला नगरी शक्ति हस्तान्तरण गर्न पनि परिषद्ले आग्रह गरेको छ ।

अहिले राष्ट्रपतिमा पराजित हुनु भएका जम्मेहले सन् १९९४ देखि सैनिक शासकको रुपमा गाम्बियाको सत्ता सम्हाल्नु भएको थियो ।

अफ्रिका महादेशको सबैभन्दा सानो देश गाम्बियाको जनसङ्ख्या २० लाखभन्दा कम रहेको छ । रासस÷सिन्ह्वा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना