बाँकेमा दशैंितहारमा तीन सय कार बिक्री

िसराज खान

नेपालगञ्ज , मङ्सिर २७ गते । प्रदेश नम्बर ५ को प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्र बाँकेमा पछिल्लो समयमा आएर कार खरिद बिक्री निकै उल्लेखनीय रुपमा बढेको छ ।

आरामदायी कारको बिक्रि बढेपछि जिल्लाको नेपालगञ्ज र कोहलपुरमा गाडीका डिलर खुल्ने क्रमपनि बढेको ब्यबसायीहरुले जनाएका छन् । नेपालगञ्जमा सुजुकी, हुन्डाई, फोर्ड, टाटा, महिन्द्रा, भक्सवेगन, ड्याट्सन लगायत कम्पनीका गाडीहरु बिक्रीका हिसाबबाट लोकप्रिय मानिएका छन् ।

 नेपालगञ्जमा संचालनमा रहेको फोर्ड कम्पनीको शो रुम ।

पेट्रोल र डिजलबाट चल्ने गाडीले मध्यम देखि उच्चस्तरका ग्राहकलाई आर्कषित गरिरहेको भेरी अञ्चलका लागि सुजुकी कम्पनीको आधिकारिक विक्रेता रत्न लक्ष्मी इन्टरनेशनलका प्रवन्ध निर्देशक प्रकाश अधिकारीले बताउनुभयाे , विभिन्न कम्पनीले आफ्ना विभिन्न मोडलका गाडी भित्र्याएपछि ग्राहकको रुची बढेको गएको छ ।
अघिल्लो वर्ष नाकाबन्दीका कारण गाडीहरुको बिक्रि निकै कम भएको अधिकारीको भनाई छ तर, यस बर्ष निकै राम्रो बिक्रि भैरहेको छ ।

यस बर्षको दसैं तिहारमा यहाँ सबैभन्दा बढी कारहरु बिक्री भएका छन् । दसैंदेखि तिहारसम्मको अवधिमा करिब तीन सय कार बिक्रि भएको बाँकेका अटो ब्यबसायीहरुले बताएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।

हुन्डाईका गाडी बिक्रि गर्दै आएको हिम अटोका प्रोप्राइटर रविनसन श्रेष्ठले गाडीको विक्री दर गत वर्षभन्दा चार गुणा बढी भएको बताउनु भयाे । दसै, तिहारमा मात्रै ८५ वटा गाडी बिक्रि उहाँको भनाई छ ।
श्रेष्ठका अनुसार हुण्डाइ कम्पनीका क्रेटा, आइ ट्यान्टी एक्टिभ, ग्य्राण्ड आई–टेन मोडलका गाडी ग्राहकले बढी रुचाउने गरेका छन् ।

सुजुकी कम्पनीको आधिकारिक विक्रेता रत्न लक्ष्मी इन्टरनेशनलका प्रवन्ध निर्देशक अधिकारीले दसै तिहारमा ५५ वटा गाडी बिक्रि भएको जानकारी दिनुभयाे ।

यस्तै फोर्ड गाडीको आधिकारिक विक्रेता शुभलाभ इन्टरप्राइजेजका म्यानेजर निरन्जन राजभण्डारीले ग्राहकको अत्यधिक मागका कारण एको स्पोर्टस् गाडीको बुकिङ समेत रोक्नु परेको उल्लेख गरे । पछिल्लो समयमा ग्राहकको रुची गाडीतर्फ केन्द्रित भएकाले विक्री पनि ह्वात्तै बढेको राजभण्डारीले बुझाइ छ ।

यसैगरी भारतीय महिन्द्रा कम्पनीले पनि यस क्षेत्रमा आफ्नो गाडीको बजार बिस्तार गर्दै लगेको छ भने टाटा कम्पनीका विभिन्न मोडलका गाडीको विक्री पनि बढेको बीएन अटोमोबाइलले जनाएको छ । भक्सवेगन कम्पनीका गाडी र स्वीग अटो प्रालिले हालै बजारमा ल्याएको ड्याट्सन कम्पनीका कार पनि यहाँ लोकप्रिय छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना