किराँत राई जातिमा प्रचलित साकेला

bhakta raiडा. भक्तबहादुर राई




किराँत राई जातिको महŒवपूर्ण चाडपर्वमध्ये उँधौली र उँभौली महŒवपूर्ण पर्व हो । मङ्सिरे पूर्णिमाको दिन मनाउने उँधौली तथा वैशाखे पूर्णिमाको दिन मनाउने उँभौली पर्वका बेला गाइने साकेला गीत किराँत राई जातिमा प्रचलित विभिन्न गीतमध्ये महŒवपूर्ण तथा सर्वव्यापी गीत हो । साकेलागीत नृत्यसँगसँगै गाइने हुनाले यसलाई नृत्यगीतका रूपमा पनि लिइन्छ । किराँत राई जातिभित्र विभिन्न प्रकारका भाषिक सम्प्रदायहरू छन् । त्यसैले उँभौली, उँधौलीलाई आ–आफ्ना भाषाअनुसार साकेला, साकेवा, साकेन्वा, दँदेवा, साँब्रे, खाउमो, चण्डीनाच आदि नामबाट सम्बोधन गर्ने गर्छन् । भाषिकरूपमा अलग–अलग यसको नाम भए पनि मूलतः यस पर्वमा पितृ र प्रकृतिको पूजा आराधना गरिन्छ ।
उँधौली र उँभौलीमा नाचगान गर्ने तथा पूजा आराधना गर्ने विधि एउटै हुन्छ तर फरक के हुन्छ भने उँभौलीमा खेतीपाती राम्रो होस् सबैमा शान्ति, समृृद्धि होस्, प्राकृतिक विपत्ति आइ नलागोस् भन्ने कामना गर्दै पूजा अर्चना गरिन्छ भने उँधौलीमा प्रकृति र पितापुर्खाको आशीर्वादले गर्दा अन्नपात राम्ररी उब्जनी भयो भनी उनीहरू (पितृ र प्रकृति) प्रति कृतज्ञता ज्ञापन गर्दै खुसीयाली, उत्सव मनाउने गरिन्छ ।
उत्पत्ति र नामकरण
साकेलागीत साकेला पर्व अर्थात् उँधौली र उँभौलीका बेलामा गाइने गीत भएकोले यस गीतको सम्बन्ध उँधौली÷उँभौली अर्थात् साकेलासँग रहेको छ । त्यसैले यो साकेला पर्व कहिलेदेखि, केका लागि, कसरी, सुरु भयो भन्ने सन्दर्भमा चर्चा गर्नु सान्दर्भिक हुन्छ । यस विषयमा विभिन्न प्रकारका मत मतान्तर छन् । उँधौली उँभौलीका बारेमा कसैले ‘नाईमा’ ले पारुहाङको गर्भबाट छोराहरूको जन्म दिएपछि तिनीहरूको न्वारान गर्न चिपुङ्कावा (गङ्गटो) र तमिमिवासा (धोविनी चरा) लाई कलिया बनाई पठायो र तमिमिवासा पारुहाङ भएको ठाउँमा पुगी सिलिलिपा गरिरहिन् । सिलिको अर्थ भाका टिप्नु र लोपाको अर्थ हल्लिनु वा नाच्नु हुन्छ । यसरी सिलिलोपाको अर्थ भाका टिपी हल्ली–हल्ली नाच्नु हो भन्ने गरेको देखिन्छ । अर्काथरिका अनुसार किराँती राजाले आफ्ना शक्ति प्राप्त गरी गुमेको राज्य फर्काउन पारुहाङ र सुम्निमाको छोरा हेन्कुबुङको प्रतिमा आफ्नी छोरी सोइसोइलालाई बनाउन लगाई पूजा आराधना गर्न थालेदेखि नै उँभौली र उँधौलीको प्रारम्भ भएको भनाइ छ । कसैले सुम्निमाको कान्छा छोरा हुँछाबाट सत्तारूपाको जन्म भई दक्षमरुमतिसँग विवाह भयो । सत्यरूपाको एउटी चेली पनि थिई । उनको विवाह धुमधामसँग सत्यरूपाले गरिदिए । त्यसैबेलादेखि मनोरञ्जन गर्ने उद्देश्यले साकेला गाउन र नाच्न थालिएको हो भन्ने अभिमत रहेको देखिन्छ । कसैले यसको सुरुवात किराँती चेलीहरू तायामा, खियामा र उनका भाइ हेत्छाकुप्पाबाट साकेला नृत्यको प्रारम्भ भएको मानिन्छ ।
संस्कृतिविद् धनबहादुर राईका अनुसार यो कृषि व्यवसायसँग सम्बन्धित पूजा विधि हो । मानव सृष्टि हुनासाथ कृषिमा आबद्ध नभई विकासको हजाराँैं वर्षपछि मात्र मानवले कृषि युगमा फड्को मारेको हो । किराँत राईहरूले उँभौलीमा अन्नबाली राम्रो होस्, प्राकृतिक सन्तुलन कायम होस्, बालीनाली राम्ररी फलेर सबैमा सहकाल प्राप्त होस्, भन्ने कामना स्वरूप पूजा आराधना गर्दछन् भने उँधौलीमा आफूले लगाएको बालीनाली राम्रो भयो अथवा अन्न फलाई दिएकोमा प्रकृति मातालाई कृतज्ञता जाहेर गर्दै खुसीयाली मनाउने गर्दछन् । किराँत राईहरूको उँधौली÷उँभौली पर्व उनीहरूको उत्पत्तिसँगै नभई हजारौँ वर्षपछि जब उनीहरू ढुङ्गे युगबाट कृषियुगमा प्रवेश गरेपछि मात्र यसको आरम्भ भएको हो । प्राचीन मानवको जीविकोपार्जन सिकारबाट मात्र सम्भव हुन छाडेपछि उनीहरूले सामूहिक खेती गर्न थाले । बाँच्ने आधार कृषिलाई राम्ररी उब्जोस् भनी आफ्नो इष्ट देवतालाई पुकार्ने र बालीनाली भिœयाएपछि कृतज्ञतासंँगै मनोरञ्जन गर्दै खुसीयाली मनाउने क्रममा उँधौली र उँभौली (साकेला) को शुभारम्भ भएको हो ।
साकेला पर्व मुख्यरूपमा खोटाङ, भोजपुर, सुनसरी, उदयपुर, मोरङ जिल्लामा धुमधामसँग मनाउने गर्दछन् । धनकुटाका छिन्ताङे, खोकुले, आठपहरिया राईहरूमा सोलुखुम्बु, ओखलढुुङ्गाका वाम्बुले राईहरूमा सङ्खुवासभाका लोहोरुङ राईहरूमा तथा तराईका विभिन्न स्थानमा बसोवास गर्ने किराँत राईहरूमा साकेला मनाउने प्रचलन त्यति देखिँदैन । साकेला पर्वका रूपमा नमनाए पनि कुनै न कुनै रूपमा उनीहरूले उँधौली र उँभौली मनाउने गर्दछन् ।
साकेलागीतका प्रयोक्ता मूलतः किराँत राई जाति हुन् तर किराँत राई जातिभित्र पनि कतिपय राईमा साकेला पर्व मनाउने तथा साकेलागीत गाउने प्रचलन छैन । किराँत राई जातिभित्र खास गरेर वान्तावा, साम्पाङ, चाम्लिङ, पुमा, खालिङ आदि राईहरूले साकेला पर्व धुमधामका साथ मनाउने गर्दछन् तर कतिपय ठाउँमा बसोवास गर्ने राईहरूले भने साकेला पर्व मनाउँदैनन् । राईहरूको घनावस्ती भएका ठाउँमा बसोवास गर्ने गैर राईहरू समेत साकेला पर्वमा भेला हुने, नाचगान गरी रमाइलो गर्ने गर्छन् ।
साकेलागीतको आफ्नै विशेषता छन् । सामूहिक गायन, नुत्य तथा अभिनयसहित गाइनु, सबै उमेर तथा महिला पुरुष सबैले गाइनु, उँधौली र उँभौलीका समयमा मात्र गाइनु, ढोल र झ्याम्टाको तालमा गाइनु, घरघरै डुल्दै हप्तौँसम्म गाइनु, गीत तथा नृत्यकै माध्यमबाट पर्व मनाइनु आदि यस गीतका प्रमुख विशेषता हुन् ।
उँधौली, उँभौलीमा किराँत राई जातिका पूजारीले सर्वप्रथम साकेला थान निर्माण गर्छन् । जुन ठाउँमा पानीको स्रोत अथवा धारा तथा रुख अनिवार्य मानिन्छ । त्यस थानमा मूल पूजारीले विधिपूर्वक साकेला पूजा सकेपछि मात्र अरूले आ–आफ्ना घरमा पितृपूजा गर्ने गर्दछन् । पितृपूजा गर्दा भने विजुवा वा घरका ज्येष्ठ सदस्यले आफ्ना कुलदेवताको पूजा गर्ने गर्दछन् । यसरी पूजाआजा सम्पन्न भएपश्चात् सबै भेला भएर साकेला नाच्ने गर्दछन् । पूजा सम्पन्न भएपछि त्यहीबाट नाच्दै, गाउँदै पूजाथान नजिकै खेतका गरा, बारीका पाटा वा चउर जे छ त्यही सबैजना भेला भएर नाच्ने गर्छन् । नाच्ने मैदानको बीच भागमा सेउली गाडेर त्यसैको वरिपरि गोलाकार रूपमा साकेला नाच्दै गीत गाउने गर्छन् । यसरी नाचको दोस्रो दिनदेखि घरघरमा पालैपालो नाच्दै गाउँदै पन्चमीसम्म नाच्नेक्रममा जुन घरमा नाचिन्छ, त्यो घरधनीले गच्छेअनुसार जाँड, रक्सी, मासु, तीते (कुखुराको भुत्ला डढाएर बनाएको विशेष खाना), फलफूल आदि बाड्ने गर्छन् ।
उँधौली तथा उँभौलीका अवसरमा गाइने साकेलागीत नृत्य तथा अभिनयका साथ प्रस्तुत गरिन्छ । साकेलागीतको आफ्नै प्रकारका लय छन् । यद्यपि मुख्यरूपमा सोइसोइला, स्यामुना, है है ला ला लै लै आदि गायन परम्पराका हिसाबले चर्चित छन् । गीत गाउँदा ढोल, झ्याम्टा, चमर (चौरीको पुछार), तरवार, सेउली, खुर्पा आदि सामग्रीको उपयोग गरिन्छ । ढोल र झ्याम्टाको तालमा पुरुष, महिला, बुढाबुढी, बालबालिका, तन्नेरी सबै उमेरकाहरू गोलाकार उभिएर उत्साहले नाच्ने गर्दछन् । गीत गाउँदा तथा नृत्य गर्दा केटाको तर्फबाट एकजना नृत्य निर्देशक (सिलिमाङ्पा) तथा केटीको तर्फबाट सिलिमाङमा छनोट गरिएको हुन्छ । उनीहरूकै निर्देशनअनुसार नृत्यको सिली (नाच्ने तरिका) फेरिन्छ । साकेला नृत्यमा अनेकौँं प्रकारको सिली (नृत्यको अभिनयात्मक ढाँचा) रहेका हुन्छन् । ती सिलीहरू (अभिनयात्मक नृत्य ढाँचा) फेरि–फेरि नृत्य गर्दै साकेला गीत गाउने गरिन्छ ।
सिलीमा प्रकृति, जीवजन्तु तथा मानिसका जीवनचर्याका अभिनय साकेला नृत्यमा गरिन्छ । साकेलागीत विना नृत्य प्रायः गाइँदैन । ढोल, झ्याम्टाको तालमा हातमा खुर्पा, छिर्लिङ्गे, सेउली, चमर आदि हल्लाउँदै गोलाकाररूपमा नृत्य, अभिनय गर्दै साकेला गीत गाइन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना