राप्रपाका जिल्ला अध्यक्षमा आकाश

राजविराज, मङ्सिर २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षमा आकाशकुमार भडखेर यादवलाई चयन गरिएको छ । सप्तरीको जिविस हलमा बसेको पार्टीको एक भेलाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको एकीकरणपछि जिल्लामा रहेका दुवै जिल्ला अध्यक्षबीच आपसी समझदारीमा आकाशकुमार भडखेर यादवलाई अध्यक्ष पदमा चयन गरिएको नवनिर्वाचित अध्यक्ष यादवले जानकारी दिनुभयो ।

राप्रपाका केन्द्रीय पर्यवेक्षक नरेन्द्र चौधरी र हरिनारायण यादवको रोहवरमा दुवै पार्टीका सबै सदस्यसँग सल्लाह र छलफलपछि अध्यक्षमा यादवलाई चयन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका सहअध्यक्षमा उम्मदेश्वरप्रसाद साहलाई चयन गरिएको छ । साह यसअघि राप्रपाका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना