भौगोलिक नक्सा डिजिटलाइज हुने

उपेश महर्जन

काठमाडौँ, मङ्सिर ३० गते ।  नेपालको भौगोलिक नक्सा डिजिटलाइज हुने भएको छ ।  डिजिटलाइज भएपछि नेपालका सिमानामा हुने गतिविधि र अतिक्रमणबारे मुलुकको कुनै पनि स्थानबाट सजिलै थाहा पाउन सकिन्छ ।
गोरखा भूकम्पले क्षति पु¥याएका नापी मापन केन्द्रहरूलाई पुनःस्थापित गर्दा यस्तो प्रविधिका उपकरण जडान हुने नापी विभागले जानकारी दिएको छ ।  अति आधुनिक प्रविधिका ती उपकरण देशभर १५० वटा राखिनेछ ।  ती केन्द्र स्थापनाका लागि करिब दुई अर्ब ६६ करोड रुपियाँ आवश्यक पर्नेछ ।
ती उपकरण कन्टिन्युस अपजरभिङ रिफरेन्स सिस्टम (सीओआरएस) प्रविधिमा आधारित हुनेछन् ।  नेपालको पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म ती उपकरण भूउपग्रहीय दिशानिर्देशीय प्रणाली
(ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम)का आधारमा सञ्चालन हुनेछन् ।  
यो प्रविधिको आधारमा ससाना ‘इलेक्ट्रोनिक रिसिभर’ले आफ्नो स्थान कहाँ हो भनेर जानकारी दिन्छन् ।  समयको सिग्नलसँगै देशान्तर, अक्षांश र उचाइलाई निश्चित रूपमा उक्त रिसिभरले मापन गरिरहेको हुन्छ ।  उक्त रिसिभरले समयको सिग्नलका आधारमा स्थानीय समयलाई मापन गर्नसक्छ । दसगजामा रहेका स्तम्भलाई आधार लिएर ती उपकरण देशका विभिन्न स्थानमा राखिने नापी विभागका महानिर्देशक कृष्ण बीसीले बताउनुभयो ।  Nepal-map
उहाँले भन्नुभयो, “भूकम्पपश्चात् पुनःनिर्माण कार्य र कन्टिन्युस अपजरभिङ रिफरेन्स सिस्टम स्थापना तथा भूउपग्रहीय प्रणालीको प्रभावकारी उपयोगिताले नेपालको सिमानालाई केन्द्रबाटै व्यवस्थित गर्न सकिन्छ । ” भूउपग्रहीय दिशानिर्देशीय प्रणालीका कारण नेपालमा नापीनक्सा बनाउने र सर्भे गर्ने काम अझ व्यवस्थित हुनेछ ।
भूउपग्रहीय दिशानिर्देशीय प्रणालीमा रहेर कन्टिन्युस अपजरभिङ रिफरेन्स सिस्टमले काम गर्ने भएकाले नेपाली सिमाना मात्र होइन, नापीनक्सा एक इन्च पनि तलमाथि नहुने बताइएको छ ।
अमेरिकाको जीपीएस प्रविधि, रुसको ग्लोनास, युरोपको ग्यालिलियो, चीनको बीडीएस, जापानको क्युजेडएसएस, भारतको गगनलगायतका भूउपग्रहलाई समेटेर भूउपग्रहीय दिशानिर्देशीय प्रणाली विकसित पारिएको थियो ।
नापी विभागस्थित खगोल तथा भूमापन महाशाखा प्रमुख नीरज मानन्धरका अनुसार यसै प्रणालीका आधारमा गोरखा महाभूकम्पले काठमाडांँै उपत्यका एक मिटर माथि उठेको र एक दशमलव आठ सेन्टिमिटर दक्षिणपूर्व सरेको पत्ता लागेको हो ।
यो प्रविधिका आधारमा भारतीय उपमहाद्वीपमा रहेको नेपाली भूमि तिब्बती चिनियाँ उपमहाद्वीपभित्र कति सरेको छ भनेर पत्ता लगाउन सकिन्छ ।  जमिनका सतह हलचल भइरहने भएकाले यो प्रविधिले भूकम्पको पूर्वानुमानमा पनि सहयोग गर्नसक्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना