नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा देवकोटा विजयी

kedar prasad devkotaनेपालगञ्ज, पुस १ गते  । नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी भएका छन् । नेपालगन्जमा गत २७ गतेदेखि सुरु भएको भएको अधिवेशनबाट निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरेलाई २४ मतले पछि पार्दै देवकोटा आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । देवकोटाले ३७१ मत ल्याए भने उनका प्रत्यासी घिमिरेले ३४७ मतमै चित्त बुझाउनु प¥यो ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा लेखनाथ कोइराला अत्याधिक मत अन्तरले निर्वाचित भएका छन् । उनले २१० मत अन्तरले विजयी हुँदा ४१७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी ईश्वरीप्रसाद ढकालले २९७ मत ल्याएका छन् । त्यस्तै महिला उपाध्यक्षमा मञ्जु कोइरालालाई हराउँदै भवानी न्यौपाने दाहाल महिला उपाध्यक्षमा चुनिन सफल भईन । कोईराला निवर्तमान केन्द्रीय कमिटीको सदस्य हुन भने दाहाल सचिव हुन । दाहालले ३६१ मत ल्याइन् भने कोइरालाले ३४६ मत पाइन् । त्यसैगरी ४०६ मत ल्याएर रेवन्त गौतम संगठनको महासचिवमा निर्वाचित भएका छन् ।
उनी निवर्तमान केन्द्रीय कमिटीमा महासचिब कै भूमिकामा रहेका थिए उनका निकटतम प्रतिस्पर्धी गंगाबहादुर सुनुवारले ३०५ मत ल्याएका छन् । गौतम अध्यक्षका प्रत्यासी घिमिरेको समुहबाट निर्बाचनमा प्रतिश्पर्दी रहेका थिए । संगठनको उपमहासचिवमा चेतनाथ न्यौपाने र राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । न्यौपानेले ३८९ र श्रेष्ठले ३४४ मत ल्याए । उपमहासचिवका प्रत्यासी भुपेन्द्रकुमार बस्नेत ९३१०० र सीताराम घिमिरे ९३३७० भने पराजित भए । गत मंसिर २७ गते एमाले अध्यक्ष केपी ओलीले उदघाटन गरेको संगठनको अधिवेशनमा नेतृत्वका लागि बुधबार निर्वाचन भएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना