सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव छैन : देउवा

sher-bahadur-deubaचितवन, पुस १ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा (एमाले)ले प्रस्ताव गरे झैँ सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताउनुभयो ।

तीन दलका बीचमा सुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभयो । मधेसवादी दलहरु संविधान संशोधन नभई निर्वाचन गर्न हुन्न भनिरहेका छन् नि भन्ने प्रश्नको जवाफमा उहाँले संविधान संशोधन गर्न सत्तारुढ दलहरु तयार भएकाले जसले अवरोध गरेको छ उनीहरुलाई भन्न आग्रह गर्नुभयो ।

संसद्को अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकामा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उहाँको भनाइ थियो । विसं २०७४ माघभित्र कुनै पनि हालतमा तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक सङ्कट आउने हुँदा दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्ने सभापति देउवाले बताउनुभयो ।

संविधान संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै पेस गरिएको देउवाको भनाइ थियो । सत्तारुढ दलहरुले कुनै पनि कुरा लादेर नभएर सहमतिमा जान खोजेको भन्दै उहाँले सबै सकारात्मक भएमात्र संविधान कार्यान्वयन हुने र मुलुकले निकास पाउने बताउनुभयो । रास

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना