ओझेलमा थानागढी

देवेन्द्र अर्याल ‘आँसु’

 

नेपालको इतिहासमा विभिन्न गढी, किल्ला, कोटहरूको महìवपूर्ण स्थान रहेको पाइन्छ ।  त्यस्तै महìवपूर्ण गढीहरूमध्येको थानागढी पनि एक हो ।  काठमाडौँबाट करिब सात  किलोमिटर पश्चिममा पासाङ ल्हामु लोकमार्ग नजिक जोडिएको गोलढुङ्गा र जितपुरफेदीको सिमानामा पर्ने मुडिखुस्थित थानागढी (गढी थुम्को) उपेक्षित अवस्थामा इतिहासको गाथा सङ्गालेर बसिरहेको पाइन्छ ।  
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणलाई सार्थक बनाउन त्यतिबेला कान्तिपुर  वरपरका राज्यमाथि विजय प्राप्त गर्नु बढी आवश्यक थियो ।  त्यसैले पृथ्वीनारायण शाहको पहिलो लक्ष्य नै यस वरपरका स–साना राज्य कब्जा गर्नु थियो ।  नेपाल राज्यको एकीकरणमा सानो भएर पनि मुड्खु, ल्हुँतिकोट वा बालाजुको महìवपूर्ण स्थान रहेको पाइन्छ ।  पृथ्वीनारायणको विशाल नेपाल एकीकरणको अवस्था ज्यादै सक्रिय रहेको हुँदा गोर्खाली आक्रमणबाट काठमाडौँको  उत्तरभेग पनि  अछुतो रहन सकेन ।  यसै क्रममा मुड्खु, धर्मस्थली तथा बालाजु
(ल्हँुतिकोट) लाई पृथ्वीनारायण शाहले एकीकरणको क्रममा विजय प्राप्त गरेको इतिहासमा पाइन्छ ।   इतिहासविद् बाबुराम आचार्यद्वारा लिखित्
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी नामक कृतिमा समेत मुडिखु गाउँको उल्लेख भएको पाइनुले वास्तवमा नेपालको इतिहासमा मुडिखु ऐतिहासिक गाउँको रूपमा रहेको प्रस्ट हुन्छ ।  
बाबुराम आचार्यद्वारा लिखित श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी नामक पुस्तकमा उल्लेख भए अनुसार, ‘काहुले भञ्ज्याङ्गबाट झरेपछि लिच्छविकालदेखि आवाद भएर रहेको बस्ती धर्मस्थली गाउँ थियो, त्यो दखल गर्न कठिन थिएन ।  त्यसका बगलमा पश्चिमपट्टि खँड्काक्षत्रीहरूको बस्ती भएको मुडिखु गाउँ थियो र त्यहाँका मुख्य भएर रहेका हरि खड्कालाई आफ्ना पक्षमा मिलाउन श्री ५ पृथ्वीनारायण शाहले प्रयत्न गरे
(जनवरी १७६५) ।  त्यो प्रयत्न विफल हँुदा अप्रिलका आरम्भमा श्रीकृष्ण पाठकका नेतृत्वमा गएको गोर्खाली सैनिक दलले मुडिखुठानामा आक्रमण ग¥यो ।  गोर्खालीद्वारा भएको यस आक्रमणलाई खड्काहरूका नेतृत्वमा मुडिखुठानाको रक्षाका लागि रहेको सैनिक दलले खप्न सकेन र सजिलैसित पराजित भयो ।  खड्काहरूका नेता हरि खड्का र निजका छोरासमेत २०–२५ जनाले आत्म समर्पण गरे र यिनका साथ १६४ जना मुडिखुले पक्रिएर नुवाकोटमा कैद गरिए ।  मुडिखुका बारेमा भाषावंशावलीमा समेत,‘‘ त्यहाँ फेरि गोर्षा माहाराजका लस्कर मुडिगु ठाना प्रवेश गरि..’’ भन्ने व्यहोरा उल्लेख भएबाट मुड्खु एउटा प्राचीन ऐतिहासिक ठाउँ भएको सहजै अनुमान गर्न सकिन्छ ।
 परन्तु, श्री ५ पृथ्वीनारायण शाहले नुवाकोटबाट रामकृष्ण कँुवरलाई जेष्ठवदि ७ रोज ७ अर्थात् ११ मे, १७६५ मा लेखेको लालबाकसमा रहेको पत्रको पञ्जिकाको सारांश यो छ, ‘मुडिषु फत्य भयो  र भर माग्या र तिम्रा कविला ल्याउ तब भर दिउँला सरण पनि लिउँला भन्यौ र जना ४० ठानाबाट निकासीकन कविला लिन गयो ।  हरि षड्का छोरा समेत २०÷२५ आया ।  हरि षड्का प्रमुख मुडिषुल्या १६४ वंधी गरी राष्या छौँ । ’ उक्त ऐतिहासिक तथ्य बाबुराम आचार्यको श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी नामक पुस्तकमा प्रकाशित छ ।
यहाँस्थित ऐतिहासिक गढीथुम्कोको  अस्तित्व पनि सङ्कटमा परेको छ  ।  प्रारम्भमा गढी थुम्कोमा ५ वटा थुम्का थिए  तर हाल तीनवटा मात्र रहेका छन् ।  वि.सं. ०४४÷४५ सालतिर गढीको पश्चिमपट्टिको भाग भत्केको बेला पुराना गोली भेट्टिएको स्थानीय जयराम सापकोटा बताउँछन् ।  जितपुरफेदी गाविसका निवर्तमान उपाध्यक्ष अर्जुनप्रसाद  फुयालका अनुसार, हिजोआज गढीथुम्को वरपरको भूभाग दिनप्रतिदिन अतिक्रमणमा परेको छ ।  केहीवर्ष पहिले गढीथुम्कोमा पर्यटकीय महìवको भ्यूटावर निर्माण गरिएको थियो ।  जहाँ दिनहुँ थुप्रै युवायुवती यस भ्युटावरमा चढ्न र दृश्यावलोकन गर्न आउने गर्दछन् ।  सूर्योदय,सूर्यास्तको साथसाथै उपत्यकाको रमणीय दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।  शिवपुरी नागार्जुन राष्ट्रिय  निकुञ्जलगायत नुवाकोट जिल्लाका ककनी, ओखरपौवा,चाउथे, कुमरी तथा धादिङको छत्रेदेउरालीजस्ता ग्रामीण बस्ती पनि यहाँबाट नियाल्न सकिन्छ ।  वनभोजका लागि यो स्थल उपत्यकाको नवीन स्थल बन्न पुगेको छ ।  बिजुली बत्ती, पानी तथा पिकनिक मनाउन आउनेका लागि आवश्यक टहराको समस्याका कारण यो स्थलको जति चर्चा हुनुपर्ने हो त्यतिमात्रामा हुन सकेको छैन ।  सम्बन्धित पक्षबाट यसको आवश्यक संरक्षणमा बेवास्ता हुँदा  यसको महìव घट्ने  पो हो कि भन्ने चिन्ता पनि स्थानीयमा पाइन्छ ।  स्वदेशी तथा विदेशी पर्यटकका लागि एउटा आकर्षक गन्तव्य बन्न पुगेको यस स्थलमा भ्युटावर निर्माण भएपछि पनि आवश्यक रेखदेख तथा संरक्षण नहुँदा यो ऐतिहासिक स्थल ओझेलमा परेको आभास हुन्छ ।  वि.सं.२०७१ कार्तिकमा गढीको उत्तर पट्टिको समथर भागमा खन्दा जमिनमुनि पुरिएर रहेको अवस्थामा ढुङ्गाको जग र  प्राचीन तेली ईटासमेत फेला परेका थिए ।
त्यस्तै, तत्कालीन मुड्खु ठानाका प्रमुख हरि खड्काको ऐतिहासिक पक्ष पनि इतिहाससँगै विलय भएर गएको छ ।  जसलाई इतिहासको एउटा रहस्यका रूपमा लिन सकिन्छ ।  नेपाल एकीकरणको साक्षी मुड्खुस्थित गढीथुम्कोको ऐतिहासिक पक्ष ओझेलमा परेको छ ।  जसको आफ्नै ऐतिहासिक महìव रहेको छ भन्दा अत्युक्ति नहोला ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना