कालीकोटमा कुपोषण भयावह समस्या

काठमाडौँ, पुस २ गते नेपाली युवाको स्वयंसेवी अभियान ‘बेटर नेपाल’ले कालीकोटको कुपोषणग्रस्त राकु गाविसमा यसै हप्ता स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
अभियानले औषधि, खाद्यान्न र लुगाकपडासहित उक्त दुर्गम भेगमा स्वास्थशिविर गरेको हो । काठमाडौँ र नेपालगन्जबाट अभियानका सहसंयोजक रवीन खतिवडाको नेतृत्वमा राहत सामग्री लिएर कालीकोट पुगेको उक्त समूहमा चिकित्साशास्त्रका विद्यार्थी तथा अभियानकर्मी सन्तोषसिंह थापा, कुबेर सोडारी र अनिल खतिवडा सामेल थिए ।
स्थानीय स्वास्थ्यचौकीका अहेवको रोहबरमा सम्पन्न उक्त शिविरमा दुई सय ५० गाउँलेको स्वास्थ परीक्षण गरिनाका साथै करिब ४० परिवारलाई खाद्यान्न र लुगाफाटा वितरण गरिएको थापाले बताउनुभयो ।
उहाँका अनुसार सो ठाउँमा कुपोषण एक भयावह समस्याका रूपमा रहेको तथा दम, पायल्स, छाला रोग, महिलाको तल्लो पेट दुख्ने आदि समस्या गम्भीर छ । जनचेतनाको कमी हुनु, छोराको आसमा छोरी जन्माइरहनु, अत्यधिक धूमपान गर्नु आदि ती समस्याको जड भएको पाइएको अभियानका सल्लाहकार महेश पौड्यालले जानकारी दिनुभयो ।
कालीकोटमा व्याप्त कुपोषण र स्वास्थ्यका अन्य समस्याको स्थायी समाधानका लागि ‘मिसन बेटर कालीकोट’ कार्यक्रम सञ्चालन भइरहेको बताउँदै सहसंयोजक खतिवडाले अब पटक पटक कालीकोट गई अझ ठूलो परिमाणमा राहत सामग्री वितरण गरिने जानकारी दिनुभयो ।
शिविर सम्पन्न गरेर काठमाडौँ फर्कने क्रममा समूहले सुर्खेतको वीरेन्द्रनगर तथा दाङ्को तुलसीपुरमा पनि जनचेतनामूलक शिविर र युवाबीच परामर्शका कार्यक्रम सम्पन्न गरेको छ । रासस ।  malnutritution-2

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना