तीन एसपी र १५ डिएसपीकाे बढुवा सिफारिश

  • गोरखापत्र समाचारदाता

काठमाडौं, पुस २ गते । प्रहरी प्रधान कार्यालयले तीन जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र १५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई एक तहमाथि बढुवाका लागि सिफारिस गरेको छ। शुक्रवार साँझ बसेको प्रहरी प्रधान कार्यालय बढुवा समितिको बैठकले एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) र डिएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको लागि सिफारिसमा पर्ने एसएसपीमा गणेश केसी, केदार भण्डारी र रमेश भट्टराई छन्। स्रोतका अनुसार, केसीलाई रिक्त दरवन्दीमा र अन्य दुई जनालाई विशेष दरवन्दी स्थापना गरी गरी बढुवा गरिन लागिएको हो ।

त्यस्तैं, डिएसपीहरु राजेन्द्रकुमार थापाक्षेत्री, रामकुमार थापा, राजकुमार लम्साल, अनुरागकुमार द्धिवेदी, चन्द्रकुबेर खापुङ, विद्यानन्द माझी, सानुकाजी लामिछाने, विपिन कुमार कर्मचार्य, मधुसुधन लुईटेल, डिल्लीराज पन्त, धु्रवराज राउत, मोहनप्रसाद पोखरेल, राजेन्द्रसिंह खड्का, टिकाबहादुर केसी र योगवहादुर पाल छन् ।

उहाँहरुको बढुवाका विषयमा चित्त नवुझी उजुर वाजुर गर्नेहरुका लागि गृह मन्त्रालयमा बढुवा उपर उजुरी सुन्ने समिति गठन गरिएको छ । सो समितिमा उजुरी नपरेको खण्डमा उहाँहरुलाई हप्ता दिनपछि एक तह माथि स्वत बढुवा गर्ने ब्यवस्था छ ।
    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना