रेवानको अध्यक्षमा पुनः जैसवाल

काठमाडौँ, पुस ३ गते  । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) को केन्द्रीय अध्यक्षमा पुनः प्रमोदकुमार जैसवाल चयन हुनुभएको छ ।  रेवानको २४औँ वार्षिक साधारणसभा तथा केन्द्रीय महाधिवेशनबाट जैसवाल दोस्रो कार्यकालका लागि निर्विरोध चयन हुनुभएको हो ।

अध्यक्षसहित सबै कार्यसमिति निर्विरोध चयन भएको संस्थाले जनाएको छ । रेवानको केन्द्रीय उपाध्यक्षमा अनुपलाल कक्षपति, क्षेत्रीय उपाध्यक्षमा पोखराबाट गोपीबहादुर भट्टराई र चितवनबाट सीताराम कुमाल चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा अरनिको राजभण्डारी, सचिवमा एकराज अधिकारी, कोषाध्यक्षमा सम्भावित श्रेष्ठ र सह कोषाध्यक्षमा शिवकुमार पिया चयन हुनुभएको छ ।

यसैगरी, केन्द्रीय सदस्यमा नृपेश श्रेष्ठ, उद्धव ढकाल, रञ्जनकृष्ण कायस्थ, सङ्घर्ष विष्ट, रेखा खेतान र मोहित वंश आचार्य चुनिनुभएको छ । रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ र रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्ट पदेन केन्द्रीय सदस्य चयन हुनुभएको छ । महाधिवेशनबाट १६ सदस्यीय कार्यसमिति चयन भएको र बाँकी तीन केन्द्रीय सदस्य पछि मनोनित गरिने महासचिव अरनिको राजभण्डारीले जानकारी दिनुभयो ।

यसअघि महाधिवेशनको उद्घाटन गर्दै रेवानका संस्थापक अध्यक्ष एवम् होटल सङ्घ नेपालका पूर्वअध्यक्ष श्याम सुन्दरलाल कक्षपतिले रेवानले सदस्यता वृद्धिसँगै संस्थागत विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले रेवानलाई बलियो संस्थाका रुपमा स्थापित गराउन केन्द्रीय तहका पदाधिकारी लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।

रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्ट, रेवान पोखरा क्षेत्रका उपाध्यक्ष गोपीबहादुर भट्टराईलगायतले रेवानका कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना