डोल्पा : यार्सागुम्बा अनि से–फोक्सुण्डोको दोभान

काठमाडौँ ,पुस ४ गते   ।  क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा जैविक विविधताका दृष्टिले पनि निकै धनी मानिन्छ ।  उच्च हिमाली जिल्लाका रूपमा रहेको डोल्पामा बहुमूल्य यार्सागुम्बादेखि लिएर कस्तूरीलगायतका मृग, नाउर, घोरल, रतुवा, ब्बाँसो, भालु, हिउँ चितुवा, हिमाली काग, ढुकुर, पानी हाँस जस्ता वन्यजन्तुका साथै पक्षी पाइन्छन् ।  भीरमौरीका लागि प्रख्यात डोल्पा हिमाली चौँरीगाई पालन र स्वादिलो स्याउ उत्पादन हुने स्थानका रूपमा पनि परिचित छ ।  
प्राकृतिक सौन्दर्यको अनुपम छटा पाइने डोल्पा जिल्लाका हरेक क्षेत्र संसारमै दुर्लभ र लोपोन्मुख मानिने वन, वनस्पति, वन्यजन्तु, पक्षी, जलचर तथा स्थलचरका लागि बासस्थान भएको विभिन्न अध्ययनले देखाएका छन् ।  यस जिल्लामा पाइने जडीबुटीको त गहन अध्ययन अनुसन्धान पनि हुनसकेको छैन ।
यस जिल्लाका यस्तै विशेषतालाई दृष्टिगत गरी सरकारले यहाँ रहेको से–फोक्सुण्डो ताल र त्यसवरपरको भूगोल समेटेर राष्ट्रिय निकुञ्जको घोषणा गरेको छ ।  निकुञ्जभित्रको प्रमुख आकर्षणको केन्द्रको रूपमा से–फोक्सुण्डो रहेको छ ।  dolpa sea
अङ्ग्रेजी वर्णमालाको ‘वाई’ आकारको यो ताल ६५० मिटर गहिरो छ ।  अग्ला पहाडका बीचमा लम्पसार सुतेको यो ताल ताल मात्र नभएर पानीहाँस, माछा, जलपक्षीको बासस्थान पनि हो भने यहाँका वन्यजन्तु र अन्य चराचरको आहारको स्रोतको स्थल पनि ।  राष्ट्रिय निकुञ्जका अनुसार, उच्च हिमाली क्षेत्रमा पाइने महìवपूर्ण जडीबुटी, वन्यजन्तु, पक्षीलगायतका जैविक विविधता संरक्षणका लागि स्थानीय बासिन्दाको सक्रिय सहभागितामा संरक्षण गर्ने काम भइरहेको छ ।  
विश्वमै दुर्लभ र लोपोन्मुख मानिएको हिउँचितुवा, कस्तुरी मृगका साथै तिब्बती ब्वाँसोका लागि उपयुक्त बासस्थान मानिएकाले यो निकुञ्ज अध्ययन अनुसन्धान गर्नेहरूका लागि राम्रो स्थान मानिन्छ ।
विश्व बजारमा ज्यादै महँगो मूल्यमा बिक्री हुनेगरेको यहाँको यार्सागुम्बा संसारकै उच्च गुणस्तरको मानिन्छ ।  हाल यार्सागुम्बा नेपाललगायत विश्वका २७ देशमा मात्र पाइन्छ ।  नेपालमा ११ प्रजातिका यार्सागुम्बा पाइनेगरेको छ, जसमध्ये डोल्पाको सबैभन्दा ठूलो आकारको हुनेगर्छ ।
सांस्कृतिक हिसाबले बोन्यो बौद्ध धर्मावलम्बी समुदायको एक मात्र बासस्थान यही क्षेत्र भएकाले यो क्षेत्र जैविक विविधताका साथै सांस्कृतिक र धार्मिक केन्द्रका रूपमा पनि महìवपूर्ण मानिएको छ ।  
चोरी शिकारको चुनौती चिर्न निकुञ्ज प्रशासनका क्रियाकलाप केही हदसम्म सार्थक भए पनि सरोकारावाला निकायका प्रयासहरू अझै बढी प्रभावकारीरूपमा सञ्चालन गर्नु जरुरी देखिएको छ ।  



यार्सा सङ्कलनको निहुँमा चोरी शिकार
रामदेव चौधरी
प्रमुख संरक्षण अधिकृत, से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
जैविक विविधताका दृष्टिले से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज निकै महìवपूर्ण मानिन्छ ।  भौगोलिक विकटताका कारणले संरक्षणमा थुप्रै चुनौती छन् ।  हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीमा भएको पछिल्लो संशोधनले निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका वन–जङ्गलमा यार्सागुम्बालगायतका जडीबुटी सङ्कलन गर्ने अनुमतिको व्यवस्था गरेको छ ।  एक महिनाको सङ्कलन पुर्जीमा हजारौँ मानिस एकसाथ वन–जङ्गल पस्दा जैविक विविधतामा चुनौती थपिएका छन् ।  यही निहुँमा चोरी शिकार गर्ने समूहले पासो थाप्ने, चोरी शिकार गर्ने गरेका घटना पाइएका छन् ।  यस्ता गतिविधिले गर्दा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको संरक्षणमा गाह्रो भइरहेको छ ।  से–फोक्सुण्डो ताल मात्र होइन, यहाँका प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकन गर्न बर्सेनि स्वदेशी तथा विदेशी पर्यटकको आगवन भइरहेको छ ।  यसलाई पनि थप व्यवस्थित गर्ने योजना बनिरहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना