बदलिँदो परिवेशमा विस्तारित कूटनीति

Yak rajएकराज पाठक

 

नोभेम्बरको अन्तिम साता परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र न्युजिल्याण्डका विदेशमन्त्री मुर्रे म्याक्कुलीबीच द्विपक्षीय वार्ता भयो ।  दुई देशबीचको यति उच्च कूटनीतिक तहमा भएको यो नै पहिलो भेट थियो ।  त्यसैले त्यस भेटको महìव यसै पनि थियो नै तर भेटघाट मात्र भन्दा पनि अर्काे महìवको भावना झल्किएको थियो त्यो ।  यी दुई उच्च कूटनीतिज्ञले दुई देशबीचको कम्तीमा छ दशक पुरानो घटनाको स्मरण गरे ।  सन् १९५३ मा सगरमाथाको चुचुरोमा नेपाल र न्युजिल्याण्डको झण्डा एकसाथ फहराएको थियो ।  न्युजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले त्यस वर्षको मे २९ का दिन सगरमाथाको सफल आरोहण गरेका थिए र नेपाल र न्युजिल्याण्डको झण्डा एकसाथ पहिलो पटक विश्वको सर्वाेच्च शिखरमा फहराएको थियो ।  गत नोभेम्बर २८ को बिहान भएको सो भेटका क्रममा परराष्ट्रमन्त्री डा महतले सो प्रसङ्गको स्मरण गर्दा नगर्दै न्युजिल्याण्डका विदेशमन्त्री मुर्रेले हाँस्दै भन्नुभयो, हो हामी निकै पुरानो साथी हौँ ।  विश्वको सर्वाेच्च शिखरमा मानवको यो पहिलो पाइलाको प्रचार विश्वव्यापी रूपमा नै भएको थियो ।  त्यसपछि नेपालसँग यस देशको कूटनीतिक सम्बन्ध कहिले स्थापना भयो भन्नुभन्दा पनि यो नै विश्वको सामान्यज्ञानमा अङ्कित घटनाक्रम हो र यसले यी दुई देशलाई एकैपटक उच्चारण गर्न विश्वका सबै मानिसलाई बाध्य बनाएकै छ ।  तर यी दुई महìवपूर्ण देशका बीचमा निरन्तर भेटघाटको आदानप्रदान हुन सकेन र आज छ दशकभन्दा लामो समयपछि मात्र विदेशमन्त्रीस्तरको उच्च कूटनीतिक तहमा भेट हुनपुग्यो ।  यसले हाम्रो विस्तारित हुनुपर्ने कूटनीतिक सम्बन्धमा गति थप्न नसकेको हो कि भन्ने लाग्दछ ।   
त्यसै साता मन्त्री डा महतले अस्ट्रेलियाली विदेशमन्त्री जुली विसपसँग पनि भेटवार्ता गर्नुभयो ।  सरसर्ती हेर्दा यी दुई देशका यति उच्च कूटनीज्ञिले पनि धेरै समयपछि पहिलो पटक भेट गरेको सम्झना नेपाली कूटनीतिज्ञहरूसँग ।  विदेशमन्त्री तहमा यसरी भेट भएको समाचार केही दशकयता जानकारीमा छैन ।  विसं २०४१ मा नेपालका राजा वीरेन्द्र अस्ट्रेलिया भ्रमणमा गएका बेला त्यहाँका एकजना प्रोफेसरले राजालाई सिन्धुपाल्चोकको ठोकर्पा वनका बारेमा जिज्ञासा राख्दा राजा नाजवाफ भएछन् ।  वास्तवमा त्यो नागरिकले आफै हुर्काएको बन थियो ।  विसं २०३१ सालमा सिन्धुपाल्चोकका स्थानीय समाजसेवी निलप्रसाद भण्डारीको अगुवाइमा रोपिएको सो जङ्गल नेपालको निजी क्षेत्रमा हुर्काइएको पहिलो जङ्गलका रूपमा ती अस्ट्रेलियाली प्रोफेसरले अध्ययन गरेका थिए ।  पछि राजा वीरेन्द्रले नेपाल आई उक्त बनको भ्रमण गरेका थिए ।  पछि राजाले ठोकर्पामा गरिएको वनको मोडेल नेपालमा विकास गर्नु भन्ने परिपत्र जारी गरेपछि नेपालमा सामुदायिक वन विकासको आधार बनेको बताइन्छ ।  त्यस घटनाले गर्दा पनि नेपाल अस्ट्रेलिया वन परियोजनाको विकासमा थप सघाउ पुगेको थियो ।  नेपालमा अस्ट्रेलिया सरकारको अरू कैयौँ सहयोगका अतिरिक्त वनको विकास उल्लेखनीय छ ।  सामुदायिक बन नेपालको एक सफल विकास उदाहरण हो ।
गत डिसेम्बर २४ मा राजधानी क्यानबेरामा भएको यस भेटलाई नेपाली र अस्ट्रेलियाली कूटनीतिज्ञले अत्यन्त महìवपूर्ण र उपलब्धिमूलक भेटका रूपमा लिएका छन् ।  अस्ट्रेलिया विश्वको एक समृद्ध र विकसित राष्ट्र हो ।  नेपालका विभिन्न क्षेत्रको बृहत्तर विकासमा यस देशले सहयोग गर्दै आएको छ ।  छात्रवृत्तिका साथै अन्य सहयोगको नेपालले सराहना गर्दै आएको छ तर यति महìवपूर्ण देशसँग नेपालले परराष्ट्रमन्त्री स्तरमा पनि विगत निकै लामो समयदेखि कूटनीतिक भेटवार्ता गर्न सकेको थिएन ।  वार्ता सौहार्दपूर्ण र उपलब्धिमूलक रूपमा कम्तीमा ४० मिनेट भएको थियो ।  जुन कूटनीतिक क्षेत्रको एक महìवपूर्ण परामर्श पनि हो ।    
भेटमा मन्त्री डा. महतले नेपालको आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा अस्ट्रेलिया सरकारले पु¥याउँदै आएको सहयोगका लागि विशेष धन्यवाद दिनुभयो ।  साथै गतवर्ष नेपालमा आएको भूकम्पपछिको उद्धार र सहायताका लागि पु¥याएको सहयोगका लागि पनि मन्त्री डा.महतले अस्ट्रेलियाली सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिनुभयो ।  मन्त्री बिसपले नेपालको विकासका विभिन्न क्षेत्रमा अस्ट्रेलियाले गर्दै आएको आर्थिक तथा प्राविधि सहयोगबारे चर्चा गर्दै आगामी दिनमा थप के कस्ता क्षेत्रमा सहयोगको आदानप्रदान गर्न सकिन्छ भनेर आपूmले परामर्श गर्ने आश्वासन समेत दिनुभएको थियो ।  सो द्विपक्षीय वार्ताको एक सहभागीका रूपमा हेर्दा अस्ट्रेलियाली विदेशमन्त्री विसप लामो समयपछि यसरी नेपालसँग भेटवार्ता भएकोमा प्रसन्न हुनुहुन्थ्यो ।  उहाँले त्यस अवसरमा एसियाको राजनीतिक अवस्थाका साथै सार्कबारे पनि कुराकानी गर्नुभयो ।  त्योभन्दा पनि बढी उहाँको चासो भूकम्पपछिको पुनर्निर्माण र पुनः स्थापनामा नेपालले के कस्ता समस्या झेलिरहेको छ भन्नेबारे नै बढी थियो ।  भूकम्पपीडितलाई के कसरी सहयोग गरिररहेको छ र पीडित जनताको पुनः स्थापनामा के भइरहेको छ भन्नेबारे उहाँले निकै चासोपूर्ण रूपमा जिज्ञासा राख्नुभयो ।  त्यसै क्रममा मन्त्री डा.महतले अस्ट्रेलियाली सरकार र यहाँका जनताले नेपाल भूकम्पमा परेका बारेमा गरेको सहयोगका लागि धन्यवाद पनि दिनुभयो ।  सोही क्रममा मन्त्री डा. महतले नेपालमा अस्ट्रेलियाली दूतावास भए पनि भिसाका लागि नयाँदिल्ली जानुपर्ने भएकोले ठूलो सङ्ख्याका विद्यार्थीसहितका नेपालीलाई समस्या भएकोले नेपालमै भिसा सेक्सन राख्ने व्यवस्थाका लागि आग्रह गर्नुभएको थियो ।  नेपालको सो प्रस्ताव अत्यन्तै व्यावहारिक भएको भन्दै विदेशमन्त्री बिसपले यस विषयमा आफूले सम्बन्धित पक्षको ध्यानाकर्षण गराई समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको थियो ।  नेपालमा जलविद्युत्, लघु उद्यमशीलता, नागरिकको जीवनस्तरमा विकाससम्बन्धी आयआर्जनका कार्यक्रम, सामुदायिक वन, शिक्षा तथा प्रविधिलगायतका विभिन्न क्षेत्रमा अस्ट्रेलिया सरकारले सहयोग गर्दै आएको छ ।  सो भेटका क्रममा अन्य समसामयिक राजनीतिक विषयका साथै सार्कको वर्तमान अवस्थाका बारेमा पनि कुराकानी भएको थियो ।  मन्त्री डा महतले नेपाल र अस्ट्रेलियाका बीचमा विगत निकै लामो समयसम्म पनि उच्चस्तरमा द्विपक्षीय भ्रमण हुन नसकेको भन्दै सरकार र जनताको तहमा सम्बन्ध विकासका लागि आग्रह गर्नुभयो ।  मन्त्री डा महतले नेपालको भ्रमणका लागि विदेशमन्त्री बिसपलाई आमन्त्रण गर्दा उहाँ उत्सुकताका साथ आमन्त्रण स्वीकार गर्नुभयो र समय मिलाएर उपयुक्त समयमा आफूले नेपालको भ्रमण गर्ने बताउनुभयो ।  यसै भ्रमणका क्रममा नै अस्ट्रेलियाली अन्तर्राष्ट्रिय तथा प्यासिफिक विकासमन्त्री कनकाटा फारवेन्टी वेल्ससँग पनि भेट भएको थियो ।  भेटमा नेपालमा लगानी र सहयोगको वातावरण निर्माणका लागि आवश्यक छलफल भयो ।  उहाँले पनि जलवायु परिवर्तनको असर, नेपालले भूकम्पपछि गरेको पुनर्निर्माणको कार्य लगायतका क्षेत्रमा जिज्ञासा राख्नुभएको थियो ।  उता न्युजिल्याण्डका विदेशमन्त्री मुर्रे म्याककुल्लीसँग भएको भेटमा नेपालमा जलविद्युत् क्षेत्रमा लगानी, कृषिमा सहयोग र छात्रावृत्तिमा वृद्धि गर्नसक्ने विषयमा उहाँको चासो थियो ।  कृषिका क्षेत्रमा अहिले पनि हजारौँ नेपाली त्यहाँ कार्यरत छन् ।  नेपाल आर्थिक हिसाबमा बलियो वा अन्य कुनै शक्तिशाली राष्ट्र होइन ।  नेपालले आफ्नो राष्ट्रिय स्वार्थ पनि कूटनीतिक टेबलमा बसेर गरेको तर्कसङ्गत कुराकानीले मात्र सम्भव छ ।  यसका लागि नेपालको कूटनीतिक क्षमता नै दरिलो चाहिन्छ ।  अर्काे कुरा कसले कति सहयोग गर्छ भनेर गरिने हिसाब किताब मात्र पनि कूटनीति होइन ।  कूटनीतिमा भावना पनि हुन्छ ।  न्युजिल्याण्डसँगको छ दशक पुरानो भावनालाई पनि कूटनीतिमा समेट्न सकिन्थ्यो, जुन भेटघाटबाट मात्र पनि सम्भव छ ।  अघिल्लो सरकारको असफलता कूटनीतिक कमजोरीसँग जोडिएको हो ।  त्यसैले बलियो कूटनीति यस सरकारको प्राथमिकता हुनुपर्छ ।  नेपालले सबल र विस्तारित कूटनीतिका माध्यमबाट समृद्धि हासिल गर्न सक्नुपर्छ ।  यसपछि संविधान कार्यान्वयन, आन्तरिक राजनीतिक व्यवस्थापन र राष्ट्रिय विकास पनि सम्भव हुँदै जानेछ ।  त्यसैले अहिलेको आवश्यकता भनेको विस्तारित कूटनीति पनि हो ।  





थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना