लायन्स क्लबद्वारा वृद्धाश्रमलाई ट्याङ्की प्रदान

 

पोखरा, पुस ५ गते । पोखरा वृद्धाश्रममा रहेका वृद्धवृद्धाको सुविधाका लागि लायन्स क्लब पोखरा माछापुच्छे«ले खानेपानीको ट्याङ्की उपलब्ध गराएको छ ।वृद्धाश्रममा सोमबार आयोजित कार्यक्रममा एक हजार लिटर क्षमताको पानीट्याङ्की हस्तान्तरण गरिएको हो । 


क्लबका जोन चेयर पर्सन बाबुराम गिरीले खानेपानी जस्तो अत्यावश्यक क्षेत्रमा सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले समाजमा आर्थिक रुपमा सबल भएकाले कमजोर, असहाय एवम् अशक्तलाई सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा ट्याङ्की सौजन्य गर्ने क्लबका निर्देशक एवम् व्यवसायी कृष्ण लामिछाने, क्लबका अध्यक्ष सुदर्शन बाटाजुलगायतले समाजमा असहाय वर्ग एवम् समुदायलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना