‘अवरुद्ध संसद् चाँडै खुल्छ’

भवानी ऐर

कैलाली, पुस ७ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवरुद्ध संसद्् छिट्टै खुल्ने बताउनुभएको छ ।  बिहीबार धनगढीमा सात नम्बर प्रदेशका पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै उहाँले संविधान कार्यान्वयन गर्ने बेला संविधान जारी गरेका दलले नै अहिले संसद्् अवरुद्ध गरेकाले छलफलबाट असमझदारी हट्ने बताउनुभयो ।  
प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको क्रान्तिबाट आएको परिवर्तनलाई आत्मसात गर्न र उपलब्धिको रक्षार्थ आफैले जारी गरेको संविधानको कार्यान्वयनमा लाग्नुपर्ने बेला संसद् अवरुद्ध गरेर गैरजिम्मेवार नबन्न प्रतिपक्षसँग आग्रह गर्नुभयो ।  सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने तर, असन्तुष्ट प्रतिपक्ष एवम् आन्दोलनरत दलसँग छलफलका आधारमा परिमार्जन गरेर अगाडि बढ्न सकिने उहाँले बताउनुभयो ।
सरकारले संशोधन प्रस्ताव सबैलाई सहमति हुने किसिमले ल्याएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रस्तावमा नेपाली जनतालाई चोट पु¥याउने कुनै विषय नरहेको स्पष्ट पार्नुभएको पार्टी नेता तथा प्रदेश नम्बर ७ का इञ्चार्ज लेखराज भट्टले जानकारी दिनुभयो । Prachadna by shekhar2
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रचण्डले सीमाङ्कनको प्रस्ताव अहिलेको प्रतिपक्षले नै सत्तामा रहँदा अगाडि सारेको प्रस्ताव भएकाले विरोध गर्नुको औचित्य नरहेको बताउनुभयो ।  प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भट्टले भन्नुभयो, ‘आफूले गर्दा राष्ट्रवादी हुने, अर्कोले गर्दा राष्ट्रघाती हुने भन्ने हुँदैन । ’ सरकारका तर्फबाट छलफल अगाडि बढाएको बताउँदै उहाँले प्रतिपक्षलाई पनि लिएर संशोधन प्रस्ताव, महाअभियोग र निर्वाचन कार्यक्रम घोषणा प्रस्तावबारे प्याकेजमा सहमति गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
सरकारले सुरुमा स्थानीय तहको निर्वाचन गर्ने जानकारी गराउँदै उहाँले त्यसपछि प्रदेश र केन्द्रको निर्वाचन गर्ने बताउनुभयो ।  आन्दोलन रोकेर छलफलबाट समस्याको समाधान खोज्नु आवश्यक भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आन्दोलन बढ्दै जाँदा यसको फाइदा परिवर्तनका विरोधी शक्तिलाई पुग्नेतर्फ गम्भीर बन्न एमाले पार्टीसँग आग्रह गर्नुभएको थियो ।
‘सरकार संविधान कार्यान्वयनमा प्रतिबद्ध छ ।  हिमाल, पहाड र तराईलाई एकअर्कामा लडाएर होइन’, प्रधानमन्त्रीले भन्नुभयो, ‘एकताबद्ध गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिन्छ ।  सरकार राष्ट्रिय एकता हासिल गरेर निर्वाचनमा जाने तयारीमा छ ।  निर्वाचनको वातावरण नबनाई संविधान कार्यान्वयनको कुरा आदर्श त हुन सक्ला तर, वास्तविक समाधान हुन सक्दैन । ’ उहाँले स्थानीय तहको निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’ले सङ्गठनलाई व्यवस्थित बनाएर स्थानीय निर्वाचनको तयारी गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।  प्रशिक्षणमा ७ नम्बर प्रदेशअन्तर्गत सबै जिल्लाका संयोजकले जिल्लाको राजनीतिक र सङ्गठनात्मक अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना