नमूना बन्दै ग्रामिण बचत तथा ऋण सहकारी

प्रतीक इच्छुक शर्मा

सल्यान, पुस ७ गते । शारदा नगरपालिका २ खलंगामा रहेको ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड नमूना सहकारी रुपमा विकास भएको छ । पाँच सय रुपैयाँ बचत गरेर सुरु भएको सहकारीले अहिले १० करोड बढिको कारोवार गरिरहेको छ । सहकारी स्थापना गर्दा पाँच सय रुपैया जम्मा गरेर सुरु गरेका थियौ सहकारीका अध्यक्ष केशब सिह श्रेष्ठले भन्नु भयो– सहकारीले यो वर्ष पटक एक्सलेन्स प्रोवेशन ब्राण्डको मान्यता पाएको छ ।
सहकारीले तीन पटक उत्कृष्ठ संस्थाका रुपमा पुरस्कृत समेत भएको छ । २०६६मा ने नेफस्कुन द्धारा मध्यपश्चिमा उत्कृष्ठ, २०६७ मा डिभिजन सहकारी कार्यालय दाङ्गद्धारा राप्ती अञ्चलमा उत्कृष्ट र २०७० मा राष्ट्रिय सहकारी संघ लिमिटेड काठमाण्डौवाट पुरस्कृत भएको हो ।
सहकारीले नियमित बचत, विभिन्न शिर्षकमा ऋण लगानी, जेष्ठ सदस्य सम्मान कार्यक्रम, महिला प्रोत्साहन कार्यक्रम, मुत्यु राहत र शैक्षिक पुरस्कार लगायतका काम सदस्यहरुका विचमा गर्दे आएको छ । सहकारी सदस्यले मासिक रुपमा ५ सय देखी १ हजार सम्म वचत गर्ने पाऊछन् भने संस्थाको सदस्य भएको छ महिना पश्चात आकस्मिक तथा औषधी उपचार, उद्योग व्यवसाय, घर जग्गा खरिद, सेवा व्यवसाय, घरायसी समान खदिरद, विशेष उद्यमी र शैक्षिक क्षेत्रमा लगानीका लागि ऋण लिन सक्ने व्यवस्था रहेको सहकारी अध्यक्ष केशव सिह श्रेष्ठले जानकारी दिनु भयो । उहाँले भन्नु भयो – सदस्यहरुको हितको साथै समाजीक कार्यसमेत सहकारीले काम गर्दे आएको छ ।

सहकारीले गतबर्ष देखि अन्तरराष्ट्रिय मापदण्ड आफ्ना काम सम्पादन गर्दे आएको छ । अहिले सम्म बचत तथा ऋण परिचालनको काम गर्दै आएको संस्थालाई छिटै बैंकि¨ कारोबारको आधारमा लैजाने गरी ब्यवस्था मिलाइएको प्रवन्धक शान्ता राईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो – संस्थामा आबद्ध सदस्यहरुले छिट्टै बैंकबाट पाउने सम्पुर्ण सुबिधा सस्थाबाट पाउनेछन ।
२०५१ मा स्थापना समयमा ३० जना सदस्य रहेको संस्थामा अहिले १ हजार ४७ सदस्य आवद्ध रहेका छन् । यस्तै २ सय ९५ जनाले बाल बचत समेत गरेका छन् । संस्थामा कुल बचत ७ करोड ६३ लाख ७७ हजार , कुल बजेट १० करोड ६८ लाख ५९ हजार रहेको छ भने ८करोड ८८ लाख ४५ हजार ऋण प्रबाह गरेको सहकारीका कोषाध्यक्ष लक्ष्मण कुमार राईले वताऊनु भयो । उहाँलेभन्नु भयो – आर्थिक बर्ष २०७३÷०७४ को अनुमानित बजेट १० करोड बढि रहेको छ ।
आरम्भमा खलंगा र कजेरी कार्यक्षेत्र बनाएको संस्थाले विगत तिन वर्ष देखी संस्थाले आफनो कार्यक्षेत्र बिस्तार गरी काम गरिरहेको छ । खलंगा, सेजवालटाकुरा , मार्के ,हिवल्चा र कुपिण्डेलमा सेवा दिदै संचालनमा आएको सस्थाले शारदा नगरपालिका भित्रका सबै गाबिस समेट्ने संस्थाका सचिव धिरेन्द्र शाक्यले वताऊनु भयो । उहाले भन्नु भयो– नगरपालिका वने पछि सर्वसाधारणलाई सहयोग पुगोस् भनेर क्षेत्र विस्तारको आवश्यकता भएको हो ।
शारदा नगरपालिका भित्र अहिले खलंगा , सेजवालटाकुरा , मार्के , कजेरी , डाडागाउ, स्यानिखाल , हिवल्चा गाबिस पर्छन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना