डिन कार्यालयको तालाबन्दी खुलाउन पहल

काठमाडौँ, पुस ७ गते  । शिक्षामन्त्री धनिराम पौडेलले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन कार्यालयमा जारी तालाबन्दी खुलाउन पहल गर्नुभएको छ । चिकित्सक डा गोविन्द केसीको मागपछि वरिष्ठताका आधारमा नवनियुक्त डिन जगदीश अग्रवालको राजीनामाको माग गर्दै असन्तुष्टको समूहले तालाबन्दी जारी राखेको छ ।

मन्त्री पौडेलले आइओएमका डिन अग्रवाललाई बुधबार राति आफ्नो निवासमा बोलाएर असन्तुष्ट पक्षको चित्त बुझाएर तालाबन्दी खोल्ने वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको हो । उहाँले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन डाक्टर गोविन्द केसीको समेत सहयोग खोजिने बताउनुभयो ।

डा. सुरेश उप्रेती संयोजकत्वको सङ्घर्ष समितिले डिन अग्रवालले राजीनामा नदिएसम्म तालाबन्दी नखोल्ने अडान लिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना