निजामति कर्मचारी युनियन संघको अध्यक्षका लागि पोखरेलद्धारा उम्मेदवारी घोषणा

सिराजुद्दिन खान

नेपालगञ्ज, पुस ८ गते । नेपाल निजामति कर्मचारी युनियनका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद पोखरेलले आगामी फागुनको तेस्रो साता चितवनमा आयोजना गरिने नेपाल निजामति कर्मचारी युनियन संघको सातौं केन्द्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।
नेपाल निजामति कर्मचारी युनियन संघ बाँकेले विहिबार नेपालगञ्जमा आयोजना गरेको कर्मचारीहरुको भेलामा युनियनका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष र युनियन संघका हालका केन्द्रिय सदस्य पोखरेलले महाधिवेसनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै उहाँले आफु युनियन र संघको एकतालाई बलियो बनाउन दिनरात खटिएको जनाउँदै आगामी फागुन २३, २४ र २५ गते हुने केन्द्रिय महाधिवेसनलाई साच्चिकै एकताको अधिवेसन बनाउन लागि परेको बताउनु भयो । union leader

नेपाल निजामति कर्मचारी युनियन संघ बाँकेले आयोजना गरेको भेलामा कर्मचारी युनियनका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोपाल पोखरेल र अन्य कर्मचारी नेताहरु ।

कर्मचारीको भलो नचाहने, आवश्यक परेको बेला काम नगर्ने तर पदका लागि मरिहत्ते गर्नेहरुसंग सचेत रहन आग्रह गर्दै पोखरेलले कर्मचारीको हकहितका लागि दिनरात खटिनेहरुलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिनु भयो ।
आफु अध्यक्षमा विजयी भएमा सहकारीको स्थापना गर्ने प्रतिवद्धता जनाउँदै उहाँले आधिकारिक ट्रेड युनियनको निर्वाचनमा पनि आफ्नो युनियन संघलाई पहिलो बनाउन हरसम्भव प्रयास गर्ने बताउनु भयो ।
सो अवसरमा नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रिय सदस्य सुभाष कोइरालाले प्रजातन्त्रमा बिश्वास राख्ने कर्मचारीहरुको मनोबल माथि उठाउँदै संगठनलाई समेत बलियो बनाउने नेतृत्वको खाँचो रहेको जनाउँदै सो कार्य गर्न सक्ने नेतृत्व चयनमा जोड दिनु भयो ।
यस्तै कर्मचारी युनियन संघका अर्का केन्द्रिय सदस्य सुरेन्द्र अधिकारीले कर्मचारी युनियन संघलाई बलियो र क्रियाशिल बनाउनका लागि अनुभवी नेतृत्वको आवश्यकता औल्याउँदै महाधिवेसनपछि कर्मचारीको हकहितमा तिव्र गतिमा काम हुने बताउनु भयो ।
सो कार्यक्रममा कर्मचारी युनियन संघका केन्द्रिय सदस्यहरु विश्व दत्त रेग्मी, उत्तम कटुवाल, विनोद केसी, दसीराम चौधरी, शिवराज तिमिल्सेना लगायतले आफ्नो शुभेच्छुक पार्टी सरकारमा भएपनि कर्मचारी युनियन संघमा आवद्ध कर्मचारीहरुलाई त्यसको कुनै आभाष समेत हुननसकेकोमा दुख ब्यक्त गर्नु भएको थियो ।
नेपाल निजामति कर्मचारी युनियन संघ बाँकेका सहअध्यक्ष नवराज शाहको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा युनियन र संघका पूर्व केन्द्रिय सदस्यहरु गोकर्ण आचार्य, बहादुर केसी र युनियन संघ बाँकेका निवर्तमान सचिव राजेश कुमार सेन लगायतले युनियन र संघको एकतापछि महाधिवेसन नहुँदासम्म कर्मचारीहरुका काम गराउन कठिनाई भएको गुनासो गरेका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना