हिमालसँगै बढेको आशा

 ninamनिनाम लोवात्ती कुलुङ





पर्वतारोहण पर्यटन नेपाली पर्यटन उद्योगको मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । नेपाल पर्वतारोहण सङ्घले सन् २०११ मा आफ्नो मुखपत्र ‘नेपाल पर्वत’ मा प्रकाशन गरेको एक विवरण अनुसार नेपाल सरकारले ३३ वटा स–साना हिमाललाई नेपाल पर्वतारोहण सङ्घलाई रेखदेख गर्ने, परमिट बापत शुल्क उठाउने लगायतको जिम्मेवारी सुम्पेको छ । ती ३३ वटा ट्रेकिङ पिक आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूले मात्रै सन् २०११ को वसन्त ऋतुमा ७२ लाख नौ हजार तीन सय ५६ अमेरिकी डलर खर्च गरेका थिए । उक्त ऋतुमा चार सय ४७  वटा पर्वतारोही टोलीले सलामी दस्तुर बापत मात्रै नेपाल पर्वतारोहण सङ्घलाई एक लाख ८४ हजार नौ सय ७५ अमेरिकी डलर तिरेका थिए । जुन रकम तत्कालीन बजार भाउअनुसार सङ्घलाई एक करोड ३३ लाख १८ हजार दुई सय रुपियाँ प्राप्त भएको थियो । यसरी हेर्दा ३३ वटा ट्रेकिङ पिक (चुचुरा) बाट मात्रै नेपालले ५१ करोड ९० लाख ७३ हजार छ सय ५० रुपियाँ आय आर्जन गरेको देखिन्छ । हालसम्म नेपाल सरकारले पर्वतारोहणका लागि खुला गरेको लगभग चार सय हिमालमध्ये बाँकी हिमालको सलामी लिने, रेखदेख गर्ने काम भने नेपाल सरकारको मातहतमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आफैँले गर्छ ।
नेपाल भूगोल र जनसङ्ख्याको आधारमा विश्वका अन्य देशको तुलनामा मध्यम स्तरको भए पनि नेपालमा हिमरेखा भन्दा (५,५०० मिटर) माथिका १९ सय १३ वटाभन्दा बढी हिमाल रहेका छन् भने नेपाल सरकारले पटक–पटक गरेर लगभग तीन सय ५० वटा पाँच हजार ५० मिटरभन्दा अग्ला हिमाल (छुकुङ–री देखि लिएर ८,८४८ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा–एभरेस्टसम्म) पर्वतारोहणका लागि खुला गरेको छ । हालसम्म विश्वले मान्यता दिएका आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमशिखरमध्ये अधिकांश नेपालमा रहेका छन् भने केही नेपाल–चीन सिमाना (जस्तै सीसापाङमा) छन् भने केही नेपाल–भारत सिमानामा (जस्तै कञ्चनजङ्घा) छन् । यी आठ हजार मिटरभन्दा माथिका हिमालमध्ये आठ वटा (६० प्रतिशत) नेपालमै हुनु नेपालीका लागि सौभाग्य र गर्वको कुरो हो । त्यही अनुसार नेपालमा रहेका आठ हजार भन्दामाथिका हिमालको प्रचार प्रसार र आरोहण नहुनु अर्कै कुरो हो ।    
आठ हजार मिटरभन्दा माथिका ठूला हिमाललाई छाडेर नेपाल सरकारले नेपाल पर्वतारोहण सङ्घलाई सलामी दस्तुर असुली र रेखदेखको जिम्मा दिएको ३३ वटा स–साना “ट्रेकिङ पिक” आरोहण गर्न आएको २०५५÷०५६ देखि २०६७÷०६८ सम्मको ( स्रोतः नेपाल पर्वत, मे २०११ )े तथ्याङ्क हेर्दा २०५५÷०५६ मा ४ हजार तीन सय ३८ जनाले विभिन्न “ट्रेकिङ पिक” हरू आरोहणका लागि अनुमति लिएका थिए भने २०६७÷०६८ मा छ हजार चार सय २७ जनाले “ट्रेकिङ पिक” चढ्न अनुमित लिएको देखिन्छ । कतिसम्म भने, सन् २०११ को मार्च–अप्रिल–मे महिनाको रेकर्डलाई आधार मानेर हेर्दा नेपाल पर्वतारोहण सङ्घले मात्रै रोयल्टी बापत एक करोड तेत्तीस लाख अठार हजार दुई सय बाउन्न रुपियाँ आय आर्जन गरेको देखिन्छ ।     
विश्वमा रहेका आठ हजार मिटरमाथिका १४ वटा हिमालमध्ये बाँकी छ वटा आठ हजार मिटरभन्दा अग्ला हिम शिखरमा आठ जहार १३ मिटर अग्लो सिसापाङमा चीन–नेपाल सीमा र आठ हजार छ सय ११ मिटर अग्लो के–टु, पाकिस्तान, आठ हजार एक सय २५ मिटर अग्लो नाङ्गा पर्वत पाकिस्तान, आठ हजार ६८ मिटर अग्लो गासेर बु्रम–१ पाकिस्तान–चीन सिमाना, आठ हजार ५६ मिटर अग्लो ब्रोड पिक, पाकिस्तान–चीन सिमाना, आठ हजार ३४ मिटर अग्लो गासेर ब्रुम–२, पाकिस्तान–चीन सिमाना हो । चीन र पाकिस्तानमा पर्वतारोहीहरूले हिमाल चढ्दा लाग्ने सलामी शुल्क नेपालको दाँजोमा ज्यादै नै कम लिने गरिएको छ । त्यसैले नेपाल सरकारले पनि नेपालका हिमाल चढ्दा पर्वतारोहीहरूले तिर्ने शुल्क अर्थात् सलामी दस्तुर घटाउने लगायत अन्य कार्यालयीय झन्झटहरू हटाउनेतर्फ सोच्नै पर्ने देखिन्छ ।
नेपालको पर्वतारोहण पर्यटनमा अर्को महŒवपूर्ण घटना भनेको हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये आठ वटा नेपालमा थिए भने अब विश्वका आठ हजार मिटरभन्दा माथिका हिमाल २० वटा हुँदैछन् । थपिएका नयाँ छ वटा हिमाल पनि नेपालमै छन् । ती नयाँ हिमालमध्ये कञ्चनजङ्घा हिमालवरिपरि पाँच वटा र ल्होत्चे हिमाल क्षेत्रमा तीन वटा छन् । यी हिमालको घोषणा केही दिनपछि स्वीट्जरल्यान्डबाट आउने प्राविधिक टोलीले नापजाँच गरेपछि हुने नेपाल पर्वतारोहण सङ्घले बताएको छ । यससँगै नेपालको पर्वतारोहण पर्यटन अरू फस्टाउने आशा गर्न सकिन्छ ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना