पूर्वसभासद् सायमीको निधन

काठमाडौँ,  पुस ११ गते  । नेपाः पार्टीका नेता तथा पूर्वसभासद् बुद्ध सायमीको ७२ वर्षको उमेरमा निधन भएको छ । गत सोमबार अचानक बेहोस भई ढलेपछि उहाँलाई उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँको स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार साँझबाट उहाँलाई सघन उपचार कक्षमा राखी उपचार गरिराखिएकामा  निधन भएको हो । उहाँमा कलेजो, मिर्गौला र मधुमेहको समस्या रहेको थियो । उहाँका एक छोरा र एक छोरी रहेका छन् ।

नेपाल भाषामा विद्रोही धारका कविसमेत रहनु भएका सायमी विसं २०६४ को संविधानसभामा नेपाः पार्टीबाट सभासद् हुनुहुन्थ्यो । नेवाः देय् गु संस्थाको अध्यक्षसमेत हुनुहुन्थ्यो । विसं २०२० मा नेपाल भाषामा कविता लेख्न सुरु गर्नुभएका उहाँका नेपाल भाषाका दुई कविता सङ्ग्रहसहित चार कृति प्रकाशित छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना