राष्ट्रिय एकता, सामाजिक सद्भाव, कायम गर्ने हाम्रो साझा कर्तव्य होःराष्ट्रपति

Bidya-Devi-Bhandariकाठमाडौँ,  पुस १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमुलगायत सम्पूर्ण दिदीबहिनी, दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गनुभएको छ ।
राष्ट्रपतिले आज शुभकामना सन्देश दिँदै नेपालका सांस्कृतिक सम्पदाको यथोचित संरक्षण र सम्वद्र्धन गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता एवम् सामञ्जस्यता कायम गर्ने हाम्रो साझा कर्तव्य रहेको बताउनुभएको छ ।

यस पर्वले तमु जातिलगायत समुदायमा उत्साह र उमङ्ग कायम गरी हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्धनमा योगदान पु¥याउन सकोस् तथा सबै नेपालीबीच आपसी एकता र सहिष्णुता कायम भई समृद्ध मुलुकको निर्माण गर्न सकियोस् भन्ने कामना पनि गर्नुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गुरुङ समुदायको महान् पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु (गुरुङ) दिीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

आज शुभकामना सन्देश दिँदै उहाँले यस्ताखाले मौलिक धार्मिक एवम् साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख बताउनुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना