औचित्यका आधारमा लेखनाथ

bam bdr jitaliडा. बमबहादुर जिताली

औचित्यवादका सापेक्षतामा लेखनाथको व्यक्तित्व स्थापित र मर्यादित रहेको छ ।  वास्तवमा पूर्वीय साहित्य–चिन्तनका परम्परामा अधिकांश आचार्य कुनै न कुनै प्रकारले औचित्यप्रति सचेत देखिन्छन् नीति, ध्वनि, रस, वक्रोक्ति र अलङ्कारमा औचित्य तìवको भूमिका प्रबल रहन्छ तर औचित्यलाई नै साहित्यका जीवन वा प्राणतìव मान्ने आचार्य क्षेमेन्द्र (एघारौँ शताब्दीका) हुन् ।  (सिग्द्याल, साहित्य प्रदीप २०१६) उनले आफ्नो ‘औचित्य–विचारचर्चा’ मा औचित्यविहीन छ भने त्यसमा प्रयुक्त सम्पूर्ण साहित्यिक तìवको अस्तित्व अस्ताउने यथार्थ औँल्याएका छन् र औचित्यको सर्वोपरिता बताएका छन् ।  उनका विचारमा उचितपना औचित्य हो, जहाँ जस्तो हुनुपर्छ त्यस्तै हुनु र जे हुनुपर्ने हो त्यही हुनु उचित हो ।  पद, वाक्य, प्रबन्ध, रस, गुण, अलङ्कार आदिका साथै देश, काल, परिस्थिति तथा स्वभाव र विचार आदिमा प्रयुक्त औचित्यका सत्ताइस भेद क्षेमेन्द्रले देखाएका छन् ।  (ऐजन)
कवि लेखनाथ क्षेमेन्द्रबाट अत्यन्त प्रभावित छन्, जुन प्रभाव औचित्य–धारणा, नीतितìव र सरल, मनोहर मर्यादावादी शैलीमा आधारित छ ।  साहित्य विवेचक र स्रस्टा क्षेमेन्द्रका संयुक्त प्रभावमा लेखनाथ परेका छन् ।  उनले आफ्ना ‘ऋतुविचार’, बुद्धिविनोद, सत्यकलि–संवाद, लालित्य’ प्रथम भाग जस्ता नीतिपरक प्रबन्ध र कविता सङ्ग्रहका भूमिकामा क्षेमेन्द्रको ‘औचित्य–विचारचर्चा’ बाट ‘सूक्तीना प्रतिभानाञ्च....’ सूक्ति बारम्बार उद्धरण गरेका छन् । ’ छन्द र शैलीको औचित्यप्रति नीतिकार लेखनाथले अङ्गीकार गरेका छन्् भने ध्वनि–अलङ्कारको चमत्कार पनि औचित्यपूर्ण भरिलो स्थायी भावप्रतिको आकर्षणलाई निम्नलिखित श्लोकले छर्लङ्ग पारेका छन्–
मिलेका छन् मात्र लघु गुरु मिलेको छ विरती
सबै छोटा लामा लय–मिलित छन् छन्द अझ ती ।
मिलेको शैली त्यो, मिलित पद–विन्यास रचना
अमिल्दो निस्कन्थ्यो कसरी उसको काव्य–कलना । ।
तरुण तपसी ः १७७
नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कार–सुषमा ।
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
कठै ! कस्ले जान्ने प्रथम कविको काव्य–पटुता ।  ।
ऐ. १७८
इन्द्रबहादुर राईद्वारा प्रस्तुत ‘टिपेका टिप्पणीहरू’ को लिखित अन्तर्वार्ताबाट पनि औचित्यप्रति लेखनाथको आकर्षण र सिर्जना–प्रक्रियाको सचेतता स्पष्ट हुन्छ ।  प्रस्तुतः लेखनाथ सोची–विचारी शब्द, उक्ति र सूक्तिलाई सकेसम्म केलाएर धैर्यपूर्वक प्रस्तुत गर्ने परिष्कार तथा परिमार्जनप्रति दत्तचित्त कवि हुनाले देवकोटाझैँ उनी अवचेतनाकै इसारामा नबहकिएर अवचेतनको स्फुरणलाई सचेतन मनद्वारा तौलिएर अड्कली–अड्कली प्रस्तुत गर्ने नीति र औचित्यमा आधारित मर्यादावादी कवि मानिएका छन् ।  
भाषिक भद्रगोलप्रति सतर्क र औचित्यप्रति सचेत हुँदै परिष्कृत–परिमार्जित साहित्य–सिर्जना गर्न सफल कवि–लेखकलाई प्रेरणा र लोसोपन, भद्दापन र कडा बन्धन जस्ता भाषिक दोष दूरदराजमा फाली नेपाली राष्ट्रभाषालाई परिपुष्ट पार्ने सन्देश पनि उनले दिएका छन्–
शैथिल्य भद्दापन दोष फाली
कुनै कडा बन्धनमा नहाली ।
यसलाई पारौँ परिपुष्ट राम्रो
कल्याण यस्मा छ अनन्त हाम्रो ।  ।
राष्ट्रभाषाको भविष्यउपर एक दृष्टि ः ६
खुशिसित बसि, मेरो लेख यो हेरि साफ
गुण जति लिनु होला दोषमा पाउँ माफ ।
भनि नुहिकन सारा मित्रमा प्रीति–साथ
गरदछ कर जोडी प्रार्थना लेखनाथ ।  ।
  – कवि–कवितालाप, ४५
उपर्युक्त उक्तिबाट के स्पष्ट भयो भने लेखनाथ मूलतः औचित्यवादी कवि हुन् ।  त्यसमा नीतिवाद र मर्यादावादी शैली समाहित भएको छ भने दोष र हित नेपाली भाषा, साहित्य, कला, संस्कृति र सनातनी परम्परामा उचित परिमार्जन चिताउने कविशिरोमणि लेखनाथका नीति, औचित्य र मर्यादाका आधारमा रचित कविताहरू नेपाली साहित्यको आकाशमा अजर–अमर रहेका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना