व्यावसायिक पत्रकारितामा जोड दिनुपर्छः मन्त्री पाण्डे

bikram pandey minister land and reformरत्ननगर (चितवन), पुस १५ गते  । भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले पत्रकारले व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा सञ्चारिका समूहको आयोजनामा भएको तीन दिने लङ्गिक पत्रकारिता तालिमको समापन कार्यक्रममा उहाँले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न पत्रकारलाई सुझाव दिनुभयो ।

मन्त्री पाण्डेले पत्रकारितासँगै समाजसेवामा समेत अगाडि बढ्न महिला पत्रकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले महिला पत्रकारको क्षमता विकास तथा गुणात्मक सहभागितामा सरकारले ध्यान दिन नसकेको बताउँदै वैदेशिक अध्ययन, तालिम, भ्रमण तथा साजनीतिक नियुक्तिका सवालमा समेत महिला प्राथमिकतामा नपर्ने गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा सञ्चारिका समूहकी केन्द्रीय सदस्य जया लुइँटेलले महिला पत्रकारको सहभागिता गुणात्मक र सङ्ख्यात्मक बनाउन विगत २१ वर्षदेखि सञ्चारिका समूह लागि परेको बताउनुभयो ।

सञ्चारिका समूहको अध्ययन अनुसार नेपालको पत्रकारितामा २५ प्रतिशत महिला सहभागिता भएको पाइए पनि निर्णायक तहमा भने महिला कमै पुगेका छन् ।

पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले सिकेका कुरा व्यवहारमा लागू हुने क्रम न्यून भएको भन्दै अहिले तालिम लिएका पत्रकारलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । चितवनलगायत विभिन्न जिल्लाका १२ जना महिला पत्रकारलाई यहाँ तालिम दिइएको हो ।

सो क्रममा सहभागी पत्रकारले तालिममा लैङ्गिक समानताका विषयमा आफू महिला भएर पनि थाहा नभएको बताउँदै आगामी दिनमा सिकेका कुरा व्यवहारमा देखाउने प्रतिबद्धता जनाएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना