गुरूङ समुदायले मनाए तमु ल्होसार, टुँडिखेलका १२ तस्वीर

  • शब्द: शिवा तामाङ
  • तस्वीर: विकाश द्वारे/माेहन भट्टरार्इ

काठमाडौं, पुस १५ गते । शुक्रवार गुरूङ समुदायले तमु ल्होसार पर्व मनाएका छन्। टुँडिखेलमा आयोजित तमु ल्होसार पर्वको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गर्नुभयाे।

tamu losar maulik drss_bikash dware

कार्यक्रममा जातीय भेषभुषा, गुरूङ नृत्य, विभिन्न मौलिक सामग्री सहितको गुरूङ समुदायको विशाल उपस्थिति थियाे ।

tamu losar pm_bikash dware

प्रधानमन्त्री प्रचण्डले नेपालमा बसोबास गर्ने सम्पूर्ण जातजाति, समुदायको पहिचान र अधिकारको सुनिश्चिततासँगै देशको राष्ट्रिय एकता मजबुत हुने बताउनुभयाे।  तमु ल्होसार मुल आयोजक समितिले टुँडिखेलमा अायाेजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालका जातीय समूहको आफ्नो भेषभूषा, संस्कृति धर्मप्रतिको उत्साह उमङ्गलाई दर्शाएको बताउनुभयाे । उहाँले नेपालको जातीय विविधतामा रहेका तिनै मौलिकताले नै मुलुकको गौरव बढ्ने स्पष्ट पार्नुभयाे। 

विविधताले भरिएको देशमा  विगतमा राज्यले थोपरेको विभेदको अन्त्य नभएसम्म मुलुकको समृद्धिको लागि आफूले देखेको सपनाहरू अझै पूरा भएका छैनन्, मेरै प्रस्तावमा थुप्रै राजनीतिक उपलब्धि हासिल भएको र अझै त्यस्ता परिवर्तन धेरै गर्नुछ र हुन्छ पनि भन्नुभयो ।

loshar_inauguration_mohan bhattarai2

सङ्घीय समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सङ्घीयताको सवालमा यत्तिबेला भूतपूर्व प्रधानमन्त्रीले नै गलत प्रचार गर्दै हिँड्नु निन्दनीय भएकाे बताउनुभयाे । उहाँले विविधताको देशमा एकताको प्रत्याभुति दिलाउनु वा खोज्ने हो भने सङ्घीयताको विकल्प छैन भन्नुभयो ।

उहाँले संविधानको धारा ४२ मा खस आर्य भन्नाले ब्राम्ह्ण क्षत्री भनेर बुझाउँदा अन्य जातिको परिचय खोई भन्ने प्रश्न गर्दै तमु ल्होसारमा तमुवानको सुनिश्चितताको लागि नैतिक बल जुटाउने अवसर पाओस् भन्ने शुभकामना दिनुभयो ।

काँग्रेस नेता गोपालमान श्रेष्ठले संविधान परिवर्तनशील हुन्छ, सबैले त्यसलाई अपनत्वको स्वामित्व ग्रहण गर्ने गरी संसोधन आवश्यक छ भन्नुभयो ।

माअाेवादी नेता देव गुरूङले सो पर्वको अवसरमा समुदायले चाहेको पहिचानसहितको सङ्घीयताको माग सम्बोधनका लागि जसरी टुँडिखेलमा ल्होसार मनाउन उर्लेका छन् त्यसैगरी राजनीतिक अधिकार लागि पनि हामी एकजुट हुन सकौं भन्नुभयो ।

मुल आयोजक समितिका अध्यक्ष टेकबहादुर गुरूङको सभापतित्वमा आयोजित कार्यक्रममा तमु ह्युल छोंजधि महिला सङ्घका अध्यक्ष भगवती गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा तमु छोंजधि राष्ट्रिय गुरूङ परिषदका अध्यक्ष रेशम गुरूङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो 

tamu losar smile_bikash dware

loshar rally_mohan bhattarai

 

loshar rally_mohan bhattarai(5)

 

loshar rally_mohan bhattarai (6)

 

loshar rally_mohan bhattarai (4)

 

loshar rally_mohan bhattarai (3)

 

loshar rally_mohan bhattarai (2)

 

loshar rally_mohan bhattarai (1)

 

gurung losar_bikash dware

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना