मंगलबारदेखि मुग्लिन सडक साढे चार घण्टा वन्द


शालिग्राम नेपाल
चितवन, पुस १९ गते । नारायणगढ मुग्लिन सडकमा मंगलवारदेखि बिहान १०ः३० बजेदेखि ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिने भएको छ ।  

यस अघि विहान ११ बजेबाट बन्द गरिदै आएकोमा त्यसलाई बढाएर साढे १० बजेबाटै बन्द गरेर काम गर्न लागिएको हो । विहान ११ बजे सवारी साधन बन्द गरेर काम गर्दा साधनको चाप कमी नभएको भन्दै प्रभावकारी काम गर्नको लागि समय वृद्धि गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनु भयो ।

‘११ बजे बन्द गर्दा त्यस साधनले सडक पार गर्दा लामो समय लाग्ने गर्दछ’ उहाले भन्नुभयो ‘एक स्थानबाट अर्को स्थानसम्म जानको लागिनै समय लाग्ने भएकाले बन्दको समय वढाउन वाध्य भयौ ।’ आधा घण्टा समय वढाउदा पनि काममा प्रभावकारीता देखिने भएकाले यस्तो निर्णय गरिएको हो । यो समय पुस १९ गते विहानदेखि लागु गरिने प्रजिल भट्टले जानकारी दिनु भयो ।

अत्यावश्यक सवारी साधन, भिआइपीहरुको साधन, पर्यटक वस अन्य कुटनीतिक नियोगका साधन जस्ता सवारी साधन चलाउनाले पनि सडक मर्मतमा समस्या आएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सडक सुधार आयोजनाका प्रतिनिधि लगायतका व्यक्तिले काम भइरहेको स्थानको अवलोकन गरेका थिए । अवलोकन पश्चात् अत्यावश्यक सवारी साधनलाई पनि सो समयमा वैकल्पिक मार्ग प्रयोग गर्नको लागि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
१९ गतेदेखि अत्यावश्यक सवारी साधनले पनि सो समयमा वैकल्पिक सडकको प्रयोग गर्नुपर्ने प्रजिअ भट्टले भन्नु भयो । सवारी साधनको चापले गर्दा काममा ढिलाइ भएको आयोजनाका इन्जिनियर शिव खनालले बताउनु भयो ।  

दासढु्ङ्गामा सडकको सतह मिलाउने काम भइरहेको छ । आयोजनाले आठ घण्टा सवारी रोक्न माग गरेको भए पनि स्थानीय प्रशासनले चार घन्टा मात्रै अनुमति दिएको थियो । सडकको कामको अवस्थालाई हेरेर अव थप आघा घण्टा वढाएर वन्द गर्दै छ । सो सडकको ५० प्रतिशत काम सम्पन्न हुनुपर्ने अहिलेको समयमा ३३ प्रतिशतमात्रै काम भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना