बसपार्कमा टावर बनाउने कम्पनी वेपत्ता

  • गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २० गते । काठमाडौँ महानगरपालिकाले निजी कम्पनीसँगको साझेदारीमा काठमाडौँको पुरानो बसपार्कमा बनाउने निर्णय गरेको भ्यू टावर निर्माणको काम अलपत्र परेर वेपत्ता भएको छ।

Buspark2 = rajendra

उपत्यकामा चल्ने बसहरुको केन्द्रीय टर्मिनलका रुपमा रहेको बसपार्कबाट खुलामञ्चमा बसपार्क सारेर गत वर्ष कात्तिकमा टावरको शिलान्यास गरिएको भए पनि निर्माण कम्पनी नै फरार रहेका कारण करिव एक वर्षदेखि निर्माण कार्य अलपत्र परेको हो।

काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्सबीच २०७२ सालको सुरूमै तीन वर्षभित्र बसपार्कमा २९ तले भ्यूटावर निर्माण गरेर सञ्चालनमा ल्याउने सम्झौता भएको थियो तर सम्झौता भएको २०/२१ महिनासम्म काम नै सुरू भएको छैन।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ भ्यूटावर निर्माणको जिम्मा लिएको कम्पनी भर्खर सम्पर्कमा आएको र छिट्टै निर्माण सुरू गर्न निर्देशन गरिसकिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘लामो समयसम्म सम्पर्कविहीन भएको निर्माण कम्पनी पुनःसम्पर्कमा आएको छ, निर्माणको अन्तिम मौका दिएका छौँ, अब पनि अटेर गरे सम्झौता रद्द गछौँ।’

वि.सं. २०७५ फागुनसम्म निर्माण सम्पन्न गर्नुपर्ने टावरको शिलान्यास  उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो ।     

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना