प्रबन्ध सम्पादकमा आचार्य

nirmal k acharyaकाठमाडौँ, पुस २२ गते । गोरखापत्र दैनिकमा कार्यरत कार्यकारी सम्पादक निर्मलकुमार आचार्यलाई गोरखापत्र दैनिकको प्रबन्ध सम्पादकको जिम्मेवारी दिइएको छ ।
संस्थान व्यवस्थापनले पुस २१ गतेबाट लागू हुने गरी कार्यकारी सम्पादक आचार्यलाई ‘गोरखापत्र दैनिकको निमित्त प्रबन्ध सम्पादक भई कामकाज गर्न’ सो पदमा नियुक्त गरेको हो । विगत ३२ वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएका आचार्यले गोरखापत्रमा पत्रकारिता गर्नुभएको २७ वर्ष पूरा भएको छ । उहाँ २०४६ सालमा नेपाली पत्रकारिता सेवामा उपसम्पादक पदमा सेवा प्रवेश गर्नुभएको थियो ।
उहाँका प्रथम नेपाली महिला, १०१ प्रथम नेपाली महिला, अग्रणी महिला गर्गगोत्री आचार्य वंशावली (सम्पादन तथा सहलेखन), सांस्कृतिक सेरोफेरो, मनको ओखती, मेदिनीस्मृति लगायतका कृति प्रकाशित छन् ।
आचार्यले विगत २४ वर्षदेखि नियमित स्तम्भ लेखन तथा विभिन्न पत्रपत्रिकामा अनेक फुटकर रचना लेख्नुका साथै उहाँ गोरखापत्र पत्रकारिता पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, मातृभूमि पुरस्कार, कुलदीपक पदक लगायतबाट पुरस्कृत हुनुभएको छ ।
यसअघि गोरखापत्रको प्रबन्ध सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएका कार्यकारी सम्पादक श्रीओम श्रेष्ठलाई संस्थानको मधुपर्क मासिकको सम्पादकको जिम्मेवारी तोकिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना